default_image

4 years ago

August 8, 2021

पाकिस्तानका अजिजले चितवनबाट खेल्ने

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानका अन्तर्राष्ट्रिय खेलाडी दानिश अजिजले एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइगर्सबाट खेल्ने भएका छन् । यस सिजनको इपिएल असोज ९ गते देखि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुँदैछ ।

अजिज चितवनले घोषणा गरेको पहिलो विदेशी खेलाडी हुन् । देव्रे हाते युवा ब्याट्सम्यानले यसैवर्ष पाकिस्तानबाट क्रमश दक्षिण अफ्रिका र जिम्बावेविरुद्ध खेल्दै एकदिवसीय र टि२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । टोलीले यसअघि नै सोमपाल कामीलाई टोलीको कप्तानको जिम्मेवारी दिइसकेको छ । सोमपाल यसै सिजनका लागि काठमाडौं किंग्स ११ बाट चितवन आएका हुन् ।

अजिजको आगमनले टोलीको ब्याटिङ बलियो हुने चितवनकी निर्देशक विनिता चौधरीले बताइन् । ‘ अजिजलाई विदेशी खेलाडीको रुपमा भित्र्याउँदा हामी उत्साहित छौं । पाकिस्तानको भविष्यको ब्याट्सम्यानको रुपमा उनलाई हेरिएको छ । उनको बिग हिटिङ र फिनिसिङ क्षमताले हाम्रो युवा ब्याटिङ लाइनअपलाई नायाँ आयाम दिनेछ,’ चौधरीले भनिन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त इपीएल २०२१ को आयोजना मितिलाई नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत गरिसकेको छ । यसअघि कोरोना संक्रमणका कारण स्थगित प्रतियोगिता यसपटक भने समयमा नै गर्ने इपिएलको लक्ष्य छ । चितवनले यसअघि विदेशी खेलाडीमा टिम डेविड, जेम्स फुलर लगायतलाई अनुबन्ध गरेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.