default_image

4 years ago

August 8, 2021

भारत र इंग्ल्यान्डबीचको पहिलो टेस्ट बराबरी

132 views

0 Bookmark

एजेन्सी – भारत र इंग्ल्यान्डबीचको पहिलो टेस्ट खेल बराबरीमा सकिएको छ । अन्तिम तथा पाँचौं दिन वर्षाको कारण खेल हुन नसक्दा पहिलो टेस्ट बराबरीमा सकिन पुगेको हो । पाँचौं दिन लगातार वर्षा हुँदा एक बल पनि हुन सकेन । जितको लागि भारतलाई अन्तिम दिन १ सय ५७ रन बनाउन आवश्यक पर्दा हातमा ९ विकेट थियो । इंग्ल्यान्डलाई जितको लागि १ सय ५७ रन अघिनै भारतको नौ विकेट लिनुपर्ने हुन्थ्यो । तर वर्षा बाधक हुँदा नजिता बिहिन हुन पुग्यो ।

त्यसअघि चौथो दिनको खेल सकिँदा जितकोे लागि २ सय ९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको भारत १४ ओभरमा ५२–१ को अवस्थामा थियो । त्यसअघि इंग्ल्यान्ड दोस्रो इनिङमा चौथो दिन अन्तिम सेसनमा ८५.५ ओभरमा ३ सय ३ रनमा अल आउट भएको थियो । पहिलो इनिमा ९५ रनले पछि परेको इंग्ल्यान्डले समग्रमा २ सय ८ रनको अग्रता लिएको थियो । इंग्यान्डका कप्तान जो रुटले १ सय ७२ बलमा १४ चौका सहित सर्वाधिक १ सय ९ रनको योगदान दिए । रुटले ७५ औं ओभरको चौथो बलमा शार्दूल ठाकुरलाई चौका प्रहार गर्दै आफ्नो टेस्ट करीअरको २१ औं शतक पूरा गरेका थिए ।

ओपनर रोरी बन्र्स र डोम सिब्लेले पहिलो विकेटका लागि १५.१ ओभरमा ३७ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर मोहम्मद सिराजले बन्र्सलाई १८ रनमा विकेटकिपर ऋषभ पन्तबाट क्याच आउट गराउँदै साझेदारी तोडेका थिए । जस्प्रित बुमराहले १७ औं ओभरको अन्तिम बलमा ज्याक क्रलीलाई ६ रनमा पन्तबाट क्याच आउट गराए । तेस्रो विकेटका लागि सिब्ले र रुटले १ सय ७४ बलमा ८९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । सिब्लेलाई बुमराहले पन्तबाटनै २८ रनमा क्याच गराए । सिब्लेले १ सय ३३ बलमा २ चौका प्रहार गरे ।

जोनी बेयरस्टो ५० बलमा ४ चौका सहित मोहम्मद शिराजको बलमा रविन्द्र जडेजाबाट ३० रनमा क्याच आउट भए । शार्दूल ठाकुरले ड्यान लरेन्सलाई २५ रनमा एलबिडब्लू आउट गरे । विकेटकिपर जस बटलरलाई ठाकुरले १७ रनमा बोल्ड गरे । साम करनले ४५ बलमा ४ चौका सहित ३२ रन जोडे । ओली रोबिन्सन १५ रनमा आउट भए । भारतका तीव्र गतिका बलर जस्प्रित बुमराहले सर्वाधिक पाँच विकेट लिए । शार्दूल ठाकुर र मोहम्मद शिराजले दुई दुई विकेट लिए । मोहम्मद शामीको नाममा एक विकेट रह्यो ।

त्यसअघि भारत पहिलो इनिङमा ८४.५ ओभरमा २ सय ७८ रनमा अल आउट हुँदै ९५ रनको अग्रता लिएको थियो । ओपनर लोकेश राहुलले २ सय १४ बलमा १२ चौका सहित सर्वाधिक ८४ रनको योगदान दिए । रविन्द्र जडेजाले तल्लोक्रममा ८६ बलमा ८ चौका र १ छक्का सहित ५६ रनको इनिङ खेले ।भारतलाई ओपनर रोहित शर्मा र केएलले पहिलो विकेटका लागि ३७.३ ओभरमा ९७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर त्यसपछि भारतले थप १५ रन जोड्न प्रमुख चार विकेट गुमाएको थियो ।

तीव्र गतिका बलर ओली रोबिन्सनको सर्ट बलमा रोहित स्क्वायर लेगमा साम करनबाट ३६ रनमा क्याच आउट हुन पुगेका थिए । रोहितले १ सय ७ बलमा ६ चौका प्रहार गरे । इंग्ल्यान्डका सर्वाधिक सफल तीव्र गतिका बलर जेम्स एन्डरसनको ४१ औं ओभरको तेस्रो बलमा कप्तान विराट कोहली एज लागेर विकेटकिपर जस बटलरबाट क्याच आउट हुँदै गोल्डेन डकमै पेभिलिएन फर्किएका थिए । कोहली पहिलो बलमै आउट भएपछि भारत थप दबाबमा परेको थियो ।

कोहली अघिको बलमा चेतेश्वर पुजरा ४ रनमा बटलरबाटनै क्याच आउट हुन पुगेका थिए । अजिक्या रहाणे ५ रनमा आउट भए । तल्लोक्रममा ऋषभ पन्त २५, मोहम्मद शामी १३ र जस्प्रित बुमराह २८ रनमा आउट भए । इंग्ल्यान्डका तीाव्र गातिका बलर ओली रोबिन्सनले सर्वाधिक पाँच विकेट लिए । जेम्स एन्डरसनको नाममा चार विकेट रह्यो ।

त्यसअघि ट्रेन्ट ब्रिज नोटिङ्घममा टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्ड पहिलो दिन अन्तिम सेसनमा ६५.४ ओभरमा १ सय ८३ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका कप्तान जो रुटले १ सय ८ बलमा ११ चौका सहित सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले । रुटलाई शार्दूल ठाकुरले एलबिडब्लू आउट गरेका थिए । रुट इंग्ल्यान्डबाट अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

तीव्र गतिका बलर जस्प्रित बुमराहले पहिलो ओभरको पाँचौं बलमा ओपनर रोरी बन्र्सलाई शून्यमा एलबिडब्लू आउट गरेका थिए । २१ औं ओभरको अन्तिम बलमा ज्याक क्रली मोहम्मद सिराजको बलमा विकेटकिपर ऋषभ पन्तबाट २७ रनमा क्याच आउट हुन पुगे । क्रलीले ६८ बलमा ४ चौका प्रहार गरे । ओपनर डोम सिब्ले ७० बलमा २ चौका सहित १८ रनमा क्याच आउट भए ।

चौथो विकेटका लागि रुट र जोनी बेयरस्टोले १ सय ४० बलमा ७२ रनको सर्वाधिक साझेदारी गर्दै खेलमा इंग्ल्यान्डलाई फर्काउन खोजेका थिए । ५१ औं ओभरको दोस्रो बलमा मोहम्मद शामीले जोनी बेयरस्टोलाई २९ रनमा एलबिडब्लू आउट गरेपछि भारतले खेलमा पुन पकड जमाएको थियो । बेयरस्टो ७१ बलमा ४ चौका प्रहार गरे ।

ड्यानियल लरेन्स र जस बटलर शून्यमा आउट भए । तल्लोक्रमका ओली रोबिन्सन शून्य र स्टुअर्ट ब्रोड ४ रनमा आउट भए । साम करन ३७ बलमा ४ चौका र १ छक्का सहित २७ रनमा अविजित रहे । तीव्र गतिका बलर जस्प्रित बुमराहले २०.४ ओभरमा ४६ रन खर्चेर ४ विकेट लिए । मोहम्मद शामीले ३ र शार्दूल ठाकुरले २ विकेट लिए । मोहम्मद शिराजले एक विकेट लिए । पाँच टेस्ट सिरिज अन्तर्गत दोस्रो खेल बिहिबार देखि लर्ड्स क्रिकेट मैदानमा सुरु हुने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.