default_image

4 years ago

August 9, 2021

ब्रेथवेट र शोएब मलिकले इपिएल खेल्ने

209 views

0 Bookmark

एजेन्सी – वेस्टइन्डिजका स्टार अलराउन्डर कार्लोस ब्रेथवेट र पाकिस्तानका अनुभवी ब्याट्सम्यान शोएब मलिकले आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग(इपिएल) खेल्ने भएका छन् ।

आगमी असोज ९ देखि टियु मैदानमा सुरु हुने प्रतियोगितामा विश्वकप विजेता ब्रेथवेट र मलिकलले इपिएल खेल्ने पक्का भएको आयोजकले जनाएको छ । आयोजकले सोमबार एक पत्रकार सम्मेलन गर्दै ब्रेथवेट र मलिक इपिएल खेल्ने पक्का भएको जनाएको छ । कुन टोलीबाट भने सार्वजनिक गरेको छैन । वेस्टइन्डिजका ब्रेथवेट २०१६ को टि२० विश्वकप जिताउँदा नायक हुन् ।

उक्त फाइनलमा अन्तिम ओभरमा १९ रन चाहिँएको अवस्थामा इंग्ल्यान्डका बेन स्टोक्सलाई लगातार चार छक्का प्रहार गर्दै ब्रेथवेटले टि२० विश्वकप जिताएका थिए । मलिक पाकिस्तानका सर्वाधिक सफल टि२० खेलाडी हुन् ।

तीव्र गतिसँगै ब्रेथवेट राम्रो ब्याटिङको क्षमता राख्छन् । सन् २०१९ को एकदिवसिय विश्वकपमा ब्रेथवेटले न्युजिल्यान्डविरुद्ध सानदार शतकीय इनिङ खेलेका थिए । ब्रेथवेटले वेस्टइन्डिजबाट तीन टेस्ट, ४४ ओडिआई र ४१ टि२० आई खेलेका छन् ।


मलिक पाकिस्तानका पूर्व कप्तान हुन् । २००९ को टि२० विश्वकप पाकिस्तानलाई जिताउन मलिकको प्रदर्शन उच्च थियो । उनले पाकिस्तानबाट ३५ टेस्ट, २ सय ८७ ओडिआई, १ सय १६ टि२० आई र ४ सय २५ टि२० खेल खेलेका छन् । मलिक टि२० आई सर्वाधिक धेरै खेल खेल्ने विश्वका खेलाडी हुन् । मलिकपछि भारतीय क्रिकेट टोलीका ओपनर रोहित शर्माले १ सय १३ खेल खेलेका छन् । मलिक राम्रो पार्टटाइम स्पिनर समेत हुन् ।

पाकिस्तानका शाहिद अफ्रिदीले काठमाडौं किंग्स ११ बाट खेल्ने यसअघिनै औपचारिक रुपमा सार्वजनिक भई सकेको छ । चितवनले पाकिस्तानका डानिश अजिजको नाम सार्वजनिक गर्ने भएको छ । चौथो संस्करणको इपिएलको मुख्य प्रयोजक बजाज पल्सर रहने भएको छ । चौथो संस्करणको इपिएल असोज ९ देखि २३ सम्म टियु मैदानमा हुने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.