4 years ago
August 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटको पहिलो र सर्वाधिक सफल फ्रेन्चाइज क्रिकेट लिग एभरेस्ट प्रिमियर लिग (इपिएल) ले नेपाली खेलकुद इतिहासकै सर्वाधिक ठूलो प्रायोजन पाएको छ । सोमबार बजाज पल्सर र इपिएलबीच सम्झौता भएको थियो ।

बजाज र इपिएलबीच सोमबार एक वर्षका लागि सम्झौता भएको छ । स्रोतका अनुसार बजाजले इपिएललाई यस संस्करणका लागि २ करोड ५० लाख रुपैयाँ प्रदान गर्नेछ । बजाजसँगै पेय पदार्थ कम्पनि पेप्सीले पनि इपिएलसँग प्रायोजनको इच्छा देखाएकोमा बजाजले सम्झौता गर्न सफल भएको हो । सन् २०१६ मा सुरु भएको इपिएलको यो चौथो संस्करण हो ।
सम्झौता आदानप्रदान कार्यक्रममा नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द कम्पनि प्रालि प्रबन्ध निर्देशक शेखर गोल्छाले बजाज सधैं नेपाली खेलकुदको प्रवर्द्धनमा सकारात्मक रहेको बताए । ‘ हामी नेपाली खेलकुदको साथमा नै छौं । लामो समयदेखि बजाज पल्सर स्पोर्ट्स अवार्ड गर्दै खेलाडीका लागि निरन्तर साथ दिएका छौं,’ उनले भने, ‘ कोरोनाको यो कठिन परिस्थितिमा हामीलाई खेलकुदमा लाग्दा प्रश्न गर्ने पनि थिए । तर खेलकुद अघि बढ्न हाम्रो साथ अपरिहार्य छ भन्दै इपिएलसँग साझेदारी गरेका हौं ।’
इपिएलका संस्थापक आमिर अख्तरले यस पटक विश्वभरका टेलिभिजन दर्शकलाई लक्षित गर्दै इपिएल गर्ने लक्ष्य राखेको बताए । ‘हामीले यो कठिन परिस्थितिमा पनि प्रतियोगिता आयोजना गर्ने निर्णय गरेका छौं । हामी टेस्ट नखेल्ने राष्ट्रमध्ये सबैभन्दा सफल लिग गर्ने लक्ष्यमा अघि बढेका छौं । यो यात्रामा प्रायोजकहरुको भूमिका महत्त्वपूर्ण छ,’ उनले भने ।

‘ पहिलो संस्करणदेखि नै हामीले राम्रो साथ पाएका छौँ । यसअघि वाईवाई र टिभीएसको योगदानलाई बिर्सनु हुँदैन । यसपटक बजाज हामीसँग जोडिएको छ । यसपटक विश्वभरका १ सय ५० राष्ट्रमा इपिएल प्रत्यक्ष प्रसारण हुँदैछ । स्वास्थ्य मन्त्रालयले राखेको मापदण्ड पूरा गरेर दर्शकमाझ पनि गराउने प्रयास हुनेछ । आशा गरौं त्यसबेला कोरोनाको अवस्था साम्य हुनेछ’, अख्तरले थपे ।
बजाज र इपिएलबीच भएको २ करोड ५० लाखको साझेदारी नेपाली खेलकुदको सर्वाधिक ठूलो प्रायोजन हो । यसअघि नेपाली खेलकुदमा कतार एअरलाइन्सले ए डिभिजन लिग फुटबल गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) सँग ठूलो सम्झौता गरेको थियो । कतारले एक सिजनका लागि १ लाख ५० हजार अमेरिकी डलर (झन्डै १ करोड ७५ लाख रुपैयाँ) प्रायोजन गरेको रकम नै सर्वाधिक थियो । यसअघि इपिएलको संस्करणमा भने प्रायोजन रकम खुलाइएको थिएन ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]