default_image

4 years ago

August 9, 2021

अष्ट्रेलिया मात्र ६२ रनमा अल आउट

183 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलिया बंगलादेशसँगको पाँचौं तथा अन्तिम टि२० आई खेलमा मात्र ६२ रनमा अल आउट भएको छ । अष्ट्रेलियालाई अन्तिम खेलमा ६० रनले पराजित गर्दै घरेलु टोली बंगलादेशले पाँच टि२० आई सिरिज ४–१ ले जितेको छ ।

जितको लागि १ सय २३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया १३.४ ओभरमा ६२ रनमा अल आउट भयो । अष्ट्रेलिया ये टि२० आई इतिहासकै सवैभन्दा कम योगफल हो । यसअघि अष्ट्रेलिया टि२० आईमा सबैभन्दा कम योगफल इंग्ल्यान्डविरुद्ध २००५ मा ७९ रन थियो ।
अष्ट्रेलिया कप्तान म्याथ्यु वेडले २२ बलमा २ छक्का सहित सर्वाधिक २२ रनको योगदान दिए । बेन म्याकडेरमोट १६ बलमा १ छक्का सहित १७ रनमा आउट भए । अन्य ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओपनर ड्यानियल क्रिष्टिउन ३, मिचेल मार्श ४, एलेक्स केरी र मोइजेस हेनरिक्स ३–३ रनमा आउट भए । तल्लोक्रमका एश्टन टर्नर १ र एश्टन अगर २ रनमा आउट भए । बंगलादेशका स्पिनर सकिब अल हसन ३.४ ओभरमा १ मेडन सहित ९ रन खर्चेर ४ विकेट लिए । तीव्र गतिका बलर मोहम्मद सैफुद्दिनले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । नासुन अहमद २ र कप्तान महमुदूल्लाह रियादले १ विकेट लिए ।

त्यसअघि शेरे बंगला राष्ट्रिय स्टेडियम ढाकामा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २२ रन बनायो । बंगलादेशका ओपनर मोहम्मद नईमले २३ बलमा १ चौका र १ छक्का सहित सर्वाधिक २३ रन बनाए । माहेदी हसन १३, सकिब ११, सौम्य सरकार १६, महमुदूल्लाह १९, नुरुल हसन ८ र अफिफ हुसैन १० रनमा आउट भए ।

अष्ट्रेलिया नाथन एलिस र ड्यानियल क्रिष्टियन २–२ विकेट लिए । एश्टन टर्नर, एश्टन अगर र एडम जाम्पाले १–१ विकेट लिए । प्रमुख ब्याट्सम्यान डेविड वार्नर, स्टिभ स्मिथ, आरोन फिन्च, ग्लेन म्याक्सवेल र मार्कस स्टोइनिस बिनानै बंगलादेश भ्रमण गरेको अष्ट्रेलियाले इतिहासकै खराब प्रदर्शन गर्न पुगेको छ ।

बंगलादेश पहिलो खेलमा २३ रन, दोस्रो खेलमा पाँच विकेट र तेस्रो खेलमा १० रनले विजयी हुँदै अष्ट्रेलियाविरुद्ध इतिहासकै पहिलो सिरिज जित्न सफल भएको थियो । चैथो खेलम बंगलादेश तीन विकेटले पराजित भएको थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.