default_image

4 years ago

August 9, 2021

सकिबले रचे इतिहास

120 views

0 Bookmark

एजेन्सी – बंगलादेशका सर्वाधिक सफल अलराउन्डर सकिब अल हसनले टि२० आई क्रिकेटमा नयाँ इतिहास रचेका छन् । सकिब टि२० आईमा एक हजार बढी रन बनाउने र एक सय विकेट लिने पहिले खेलाडी बनेका छन् ।

सोमबार अष्ट्रेलियाविरुद्ध पाँचौं तथा अन्तिम टि२० आई खेलमा सकिबले उत्कृष्ट प्रदर्शनका साथ प्लेयर अफ द सिरिज चुनिएका छन् । सकिब टि२० आईमा एक सय विकेट पूरा गर्ने दोस्रो खेलाडी हुन् । टि२० आईमा एक सय विकेट लिने पहिलो स्पिनर पनि बनेका छन् । अष्ट्रेलियाविरुद्ध पाँचौं टि२० आई खेलमा सकिबले चार विकेट लिँदै इतिहास रचेका थिए । सकिबले ३.४ ओभरमा १ मेडन सहित ९ रन खर्चेर ४ विकेट लिएपछि अष्ट्रेलिया आफ्नो टि२० आई इतिहासकै सर्वाधिक कम ६२ रनमा अल आउट भएको थियो ।

टि२० आई मा एकसय विकेट लिने पहिलो खेलाडी श्रीलंका लासिथ मलिङ्गा हुन् । मलिङ्गाले ८४ खेलमा १ सय ७ विकेट लिएक छन् । सकिबले समान खेलम १ सय २ विकेट लिएका छन् । सकिबपछि तेस्रो स्थानमा रहेका न्युजिल्यान्डका तीव्र गतिका बलर टिम साउथीले ८३ खेलमा ९९ विकेट लिएका छन् । पूर्व पाकिस्तानका कप्तान शाहिद अफ्रिदीले ९९ विकेट लिदै चौथो स्थानमा छन् । अफगानिस्तानका स्पिनर राशिद खानले मात्र ५१ खेलमा ९५ विकेटका साथ पाँचौ स्थानमा छन् ।

सकिबले टि२० आईमा ९ अर्धशतक सहित १ हजार ७ सय १८ रन बनाएका छन् । सर्वाधिक रन बनाउने टि२० आई खेलाडीको सूचिमा सकिब २३ औं स्थानमा छन् । हालसम्म टि२० आईमा एक हजार माथि रन ७० खेलाडीले बनाएका छन् । बंगलदेशले इतिहासमा पहिलो पटक अष्ट्रेलियाविरुद्ध सिरिज जित्न सफल भएको छ । उक्त ऐतिहासिक सिरिज जिताउन सकिबले पाँच खेलमा ७ विकेट लिनुको साथै ब्याटिङको लागि निकै कठिन मानिएको पिचमा कुल १ सय १४ रन बनाएका थिए ।

सकिब बंगलादेशका सर्वाधिक सफल खेलाडी हुन् । पूर्व कप्तान सकिब तीनै शैलीमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । ब्याटिङतर्फ सकिब बंगलादेशबाट टि२० आईमा सर्वाधिक, ओडिआईमा दोस्रो र टेस्टमा तेस्रो स्थानमा छन् । सकिबले ५८ टेस्टमा ५ शतक र २५ अर्धशतक सहित ३ हजार ९ सय ३३ रन बनाएका छन् । सकिब अघि तमिम इकबाल शीर्ष र मुश्फिकुर रहिम दोस्रो स्थानमा छन् । ओडिआईमा सकिबले २ सय १५ खेलमा ९ शतक र ४९ अर्धशतक सहित कुल ६ हजार ६ सय रन बनाएका छन् । टेस्टमा २ सय १५ र ओडिआईमा २ सय ७७ विकेट लिएका छन् ।

३४ वर्षिय सकिबलाई २०१९ अक्टोबरमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सकिबलाई सट्टेबाजसँगको प्रस्तावलाई जानकारी नदिएर भ्रष्टाचार विरोधी संहिताको उंल्लघन गरेको अरोपमा एक वर्ष प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध १५ महिनापछि सकिबले गत माघमा घरेलु मैदानमा वेस्टइन्डिजसँगको ३ ओडिआई खेलको सिरिज मार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रर्दशनका साथ पूनरागमन गरेका थिए।

सकिब वेस्टइन्डिजसँगको ३ ओडिआईमा सिरिजमा ‘प्लेयर अफ द सिरिज’ का साथ पूनरागमन गरेका थिए । इंग्ल्यान्डमा जुलाईमा सम्पन्न एकदिवसिय विश्वकपमा सर्वोत्कृष्ट प्रर्दशन गर्दै कीर्तिमानी प्रर्दशन गरेका थिए । सकिबले विश्वकपमा ८ खेलमा २ शतकका साथ ६ सय ६ रन बनाउनुको साथै ११ विकेट लिएका थिए ।

सकिब एकै विश्वकपमा ५ सयमाथि रन र १० भन्दामाथि विकेट लिने पहिलो खेलाडी थिए । सकिबले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । वर्तमान समयमा विश्व क्रिकेटका एक उत्कृष्ट अलराउन्डर हुन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.