default_image

4 years ago

August 10, 2021

टि२० विश्वकप खेल्ने न्युजिल्यान्डको बलियो टोली घोषणा

264 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डले आगमी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएई र ओमानमा हुने टि२० विश्वकपको लागि आफ्नो १६ सदस्य बलियो टोली घोषणा गरेको छ । उपाधिको दाबेदार न्युजिल्यान्डले सोमबार राती केन विलियम्सनको कप्तानीमा विश्वकप खेल्ने टोली घोषणा गरेको छ । आगमी विश्वकपको लागि टोली घोषणा गर्ने न्युजिल्यान्ड पहिलो टोली हो ।

घोषणा टोलीमा अनुभवी ब्याट्सम्यान रस टेलर, अलराउन्डर कोलिन डिग्रान्डहोम, ओपनर कोलिन मुनरो र युवा ब्याट्सम्यान फिन एलेन भने अटाएका छैनन् । २०१४ र २०१६ को टि२० विश्वकप हङकङबाट खेलेका बायाँ हाते अलराउन्डर मार्क च्यापम्यानलाई विश्वकप टोलीमा समेटेको छ । पछिल्लो समय लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका ब्याट्सम्यान ग्लेन फिलिप्स र डेभन कन्वे टोलीमा हुँदा ब्याटिङ युनिट बलियो बनेको छ ।

तीव्र गतिका बलर एडम मिल्ने विश्वकप टोलीमा छन् । तर उनी कुनै खेलाडी घाइते भएमा टोलीमा समेटिने छन् । ३४ वर्षिय स्पिनर टोड एश्टल पनि विश्वकप टोलीमा समेटिएका छन् । यूएईको पिच स्पिनर सहयोगी हुँदा मिचेल सान्टनार र ईस सोधीसँगै एश्टललाई पनि टोलीमा समेटेको हो । ट्रेन्ट बोल्ट, टिम साउथी, लोकी फर्गुसन र काइल जेमिसन तीव्र गतिका बलरको रुपमा छन् । न्युजिल्यान्डको ब्याटिङ र बलिङ दुबै सन्तुलित र बलियो रहेको छ ।

ओपनर कोलिन मुनरोले पनि टोलीमा स्थान बनाउन सकेनन् । न्युजिल्यान्डका खेलाडीले आइपिएलमा सहभागीता जनाउने भएका छन् । जसको कारण बंगलादेश र पाकिस्तान सेप्टेम्बर अक्टोबरमा हुने ओडिआई र टि२० आई सिरिजको लागि न्युजिल्यान्डले आइपिएल खेलेका खेलाडी टोलीमा समेटेको छैन । टम लाथमको कप्तानीमा विश्वकप टोलीमा नपरेका खेलाडी बंगलादेश र पाकिस्तानविरुद्ध सिरिज खेल्ने छन् ।

न्युजिल्यान्ड टि२० विश्वकपको सुपर १२ को ग्रुप बी मा छ । ग्रुप बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान साथै पहिलो चरणबाट आउने समूह ए को उपविजेता र समूह बीको विजेता रहने छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा स्थान बनाउने छन् । न्युजिल्यान्डलाई केहि सहज पनि देखिएको छ ।

सुपर १२ को समूह ए मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अष्ट्रेलिया, वेस्टइन्डिजसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बीको उप विजेता रहने छन् । पहिले चरणको समूह एमा श्रीलंक, नेदरल्यान्ड्स, आयरल्यान्ड र नामिबिया छन् । समूह बी मा बंगलादेश, पपुवा न्युगिनी, स्कटल्यान्ड र ओमान छन् ।


न्युजिल्यान्डको विश्वकप खेल्ने टोली :

केन विलियम्सन (कप्तान), टोड एश्टल, ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभन कन्वे, लोकी फर्गुसन, मार्टिन गुप्टिल, काईल जेमिसन, ड्र्याल मिचेल, जिमी निशम, ग्लेन फिलिप्स, मिचेल सान्टनर, टिम सिफर्ट (विकेटकिपर), ईस सोधी, टिम साउथी र एडम मिल्ने (चोट कभर)

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.