default_image

4 years ago

August 11, 2021

नेपालले यू१९ विश्वकप खेल्न नपाउने सम्भावना

219 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको यू१९ राष्ट्रिय क्रिकेट टोलीले आगमी वर्ष वेस्टइन्डिजमा हुने एकदिवसिय विश्वकप खेल्न नपाउने सम्भावना बढेको छ । आगमी सेप्टेम्बरमा हुने भनिएको यू१९ एसिया छनोटको समयमै आइपिएल २०२१ का बाँकी खेलहरु र लगत्तै टि२० विश्वकप आयोजना हुने भएपछि छनोट प्रतियोगिता नहुने निश्चित जस्तै भएको छ ।

यू१९ एसिया छनोट नहुने भएको अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले निश्चित नियम र मापदण्ड बनाउँदै पछिल्लो पाँच विश्वकप छनोटको आधारमा आगमी वर्ष हुने विश्वकपको लागि एसियाबाट टोली निर्धारण गर्ने व्यहोरासहितको सूचना एक महिना अघिनै सदस्य राष्ट्रलाई पठाएको थियो । एसिया कप छनोट नहुने संकेत देखेपछि आइसिसीले पछिल्ला पाँच यू१९ विश्वकप छनोटको प्रदर्शन हेर्ने जनाएको छ ।

आयोजना हुने भनिएको एसिया छनोटमा नेपाल, यूएई, कुवेत, मलेसिया, सिंगापुर र ओमान थिए । कोरोना महामारीसँगै उक्त समयमा आइपिएल भएको हुँदा प्रतियोगता हुने सम्भावना पनि छैन । यसकारण पनि प्रतियोगिताका लागि कुनैपनि टोलीले तयारी पनि थालेका थिएनन् ।

यू१९ विश्वकप एसिया छनोट नहुने नै भनेर आइसिसीले औपचारिक रुपमा हालसम्म कुनै जानकारी भने दिएको छैन । तर पछिल्ला केहि सूचनालाई आधार मान्ने हो भने छनोट हुने सम्भावना नभएपछि पछिल्ला पाँच विश्वकप छनोटको आधार मानेर एक टोलीलाई विश्वकप खेल्न दिने प्रस्ताव नै अघि बढ्ने देखिन्छ ।

आइसीसीको यस प्रस्तावलाई क्यानले भने असन्तुष्टि जनाउँदै इमेल पठाएको क्यान स्रोतले हाम्रो खेलकुदलाई जानकारी दियो । ‘आइसिसीले पछिल्ला पाँच विश्वकप छनोटको आधार मानेर स्वत: छनोट गर्ने प्रस्ताव राखेको छ । त्यसमा पनि च्याम्पियनसिप जसले बढी जितेको छ त्यसले खेल्न पाउने जनाएको छ । आइसिसीले एसिया कप र एसिसी ट्रफीको प्रदर्शनलाई आधार नमान्दा नेपालले विश्वकप गुमाउने अवस्था आएको हो’, स्रोतले भन्यो ।

‘पछिल्ला पाँच संस्करणमा यूएई र नेपालले दुई दुई पटक विश्वकप सहभागिता जनाएका छन् । यो अवस्थामा च्याम्पियनसिप कसले बढी जित्यो भन्ने छ । नेपाल २०१३ छनोटमा युएईसँग सेमिफाइनलमा पराजित भएको थियो । अन्तिम पटक नेपाललाई एक रनले हराउँदै यूएई च्याम्पियन बनेको थियो । जसले गर्दा यूएई विश्वकपमा पुग्ने बलियो आधार बनेको छ’, स्रोतले भन्यो । युएईसँग खेलेका कुल १० खेलमा नेपालले ८ खेलमा जित्दा २ खेलमा पराजित भएको छ । तर २ हार भने महत्त्वपूर्ण मोडमा रहेका थिए ।

अहिलेको अवस्थामा क्यान पनि आइसिसीको निर्णय पर्खेर बसेको छ । प्रतियोगिता हुन नसकेर आइसीसीकै प्रस्ताव अघि बढेको अवस्थामा नेपालले यू-१९ विश्वकप खेल्न पाउने छैन । छनोट अन्तर्गत नेपाल सधैं अफगानिस्तानसँग पराजित हुँदै उप विजेतामा सिमित रह्यो । अफगानिस्तान सिधै छनोट भएपछि पाएको अवसरमा नेपाल यूएईसँग १ रनले पछि पर्दै दोस्रो हुनु दुर्भाग्य रह्यो । नेपालले प्रतियोगिता नहुँदा आफूहरुलाई ठूलो घाटा लाग्ने हुँदा एसिया छनोट गराउन आइसिसी र सबै सहभागी एसोसियट टोलीहरु र एसिसीलाई मेल कहि साता अघिनै पठाएको थियो ।

२०१९ मा मलेसियामा भएको यू१९ विश्वकप एसिया छनोटमा यूएई ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान बनाएको थियो । नेपाल उक्त प्रतियोगिता यूएईसँग वर्षाको कारण डकवर्थ लेबिस पद्धतिको आधारमा एक रनले पराजित भएपछि दोस्रो स्थानमा रहँदै बाहिरिएको थियो । उक्त एक रनको हार २०२२ को विश्वकपमा पनि बाधक बन्ने देखिएको छ ।

२०१७ को एसिया कप छनोटमा नेपाल अफगानिस्तानसँग पराजित हुँदै दोस्रो स्थानमा रहेको थियो । उक्त छनोटमा यूएईले सहभागितानै जनाएको थिएन । २०१४ को यू१९ विश्वकपको लागि मलेसियामा भएको यू१९ इलिट कपको सेमिफाइनलमा नेपाल यूएईसँग ७६ रनले पराजित भएको थियो । फाइनलमा अफगानिस्तानसँग युएई १० विकेटले पराजित भएको थियो । तर विश्वकप आयोजकको रुपमा यूएईले पहिलो पटक यू१९ विश्वकप खेलेको थियो ।

नेपाल २०१२ मा १३ औं र २०१६ को यू१९ विश्वकपमा आठौं स्थानमा रहँदै बाहिरिएको थियो । २०१४ मा यूएईले घरेलु मैदानमा आयोजना गरेको हुँदा स्वतः छनोट भएको थियो । २०२० को विश्वकप नेपाललाई पछि पार्दै खेलेको थियो । यूएईले दुई पटक मात्र यू१९ विश्वकपमा सहभागिता जनाउँदा नेपालले ७ पटक खेलेको छ ।

नेपालले २००० देखि ८ सम्म पाँच संस्करण विश्वकप लगातार खेलेको थियो । २००६ मा न्युजिल्यान्डलाई हराउँदै प्लेट च्याम्पिन नै बनेको थियो । २००८ मा प्लेट च्याम्पियनसिपको फाइनलमा वेस्टइन्डिजसँग पराजित भएको थियो । नेपालले २०१६ पछि यू१९ विश्वकप खेलेको छैन । पुरै यू१९ विश्वकप इतिहास, एसिया कप, एसिया छनोट र नेपाली क्रिकेटको क्रेजलाई देखेर प्रतियोगिता गराउन सक्छ कि भनेर झिनो आशामा क्यान छ । २०२२ मा नेपालको यू१९ विश्वकप खेल्ने उच्च सम्भावना थियो ।

पछिल्लो समय घरेलु क्रिकेटमा देखिएका नयाँ अनुहारनै झनै उत्साह, खुसी र सम्भावना देखाएका थिए । तर छनोटनै नहुने अवस्थाम पुगेपछि पुन निराशा छाएको छ । क्यान भदौ अन्तिम वा असोजमा यू१९ राष्ट्रिय प्रतियोगिता गर्ने तयारीमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.