4 years ago
August 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटका समर्थकहरुको आधिकारीक संस्था नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) का दाङ जिल्लाबाट आबद्ध संस्थाका सदस्यहरुको अग्रसरतामा नेपाली क्रिकेट समर्थक समाज दाङ जिल्ला समन्वय समिति गठन भएको छ ।

श्रावण २३ गते दाङ जिल्लाका क्रिकेट प्रेमीहरु घोराइ बजारमा विकास भट्टराईको संयोजकत्वमा ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको थियो । जिल्लाका नेपाली क्रिकेट समर्थकलाई एकत्रित गर्दै समग्र दाङ जिल्लाको योगदान गर्ने उदेश्यका साथ एनसिएसएस दाङको गठन भएको हो । समितिको सहसंयोजकमा पुरन सोति मगर , सचिव गुरु विश्वकर्मा , कोषाध्यक्ष अभिषेक अधिकारी, सदस्यहरुमा अबिन कार्की ,दीपक सर्मा हेमराज शर्मा , मधुसूदन गिरि र ललित कुमार बिष्ट रहेका छन् । सल्लाहकारमा हिमाल महरा छन् ।
दाङ आधिकारीक रुपमा समन्वय समिति गठन हुने १० औं जिल्ला हो । एनसिएसएसका केन्द्रिय अध्यक्ष नारायण पराजुलीका अनुसार बिगदमा केहि जिल्लाहरुमा गठन भएपनि निरन्तरता दिन नसकेको बताउँछन् । यसअघि चितवन, रुपन्देही, झापा, मोरङ, सुनसरी, कास्की, प्यूठान, अर्घाखाँची र पाल्पा रहेका थिए ।
नेपाली क्रिकेट विकासमा ठूलो योगदान पुर्याएको एनसिएसएसले सम्वन्धित निकायलाई लगातार गलत कामको विरुद्ध आवज उठाउँदै आएको छ । कमजोर आर्थिक अवस्था भएको खेलाडी र क्रिकेटमा योगदान दिएकालाई आर्थिक सहयोग पनि गर्दै आएको छ । नेपाली क्रिकेटमा एनसिएसएस उदाहरणीय संस्था (ग्रुप) र विश्वसनियको रुपमा स्थापित भएको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]