4 years ago
August 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना ओमानमा खेल्ने त्रिकोणात्मक सिरिजको मिति तय भएको छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान, नेपाल र अमेरिकाबीच त्रिकोणात्मक ओडिआई सिरिज भदौ २८ देखि असोज ४ (सेप्टेम्बर १३ देखि २०) सम्म हुने भएको छ ।

टाइमस अफ ओमानले ओमान क्रिकेट बोर्डका मुख्य विकास अधिकारी दुलिप मेन्डिसको भनाई राख्दै मिति पक्का भएको जनाएको छ । ओमानले अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म चल्ने टि२० विश्वकप तयारीको लागि नेपाल, अमेरिका त्यस्तै स्कटल्यान्ड तथा पपुवा न्युगिनीसँग त्रिकोणात्मक सिरिज र मुम्बईको टोलीसँग टि२० र एकदिवसिय खेलको आयोजना गर्न लागेको हो ।
ओमानले रणजी ट्रफी खेल्ने मुम्बईको टोलीसँग समान तीन टि२० आई र एकदिवसिय सिरिज खेल्ने पक्का भएको छ । मुम्बईको टोली २० अगष्टमा ओमान पुगि सक्ने छ । ओमान र मुम्बईबीचको सिरिज अगष्ट अन्तिममा सुरु हुने छ । मुम्बई रणजी ट्रफी सर्वाधिक ४१ पटक जित्ने टोली हो ।
ओमानले नेपाल र ओमानसँगको त्रिकोणात्मक सिरिज १३ सेप्टेम्बर देखि २० सम्म आयोजना गर्ने छ । त्यस लगत्तै ओमानले आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड र पपुवा न्युगिनीसँग सेप्टेम्बर २५ देखि अक्टोबर २ सम्म खेल्ने छ । नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्नुअघि पपुवा न्युगिनीसँग दुई वा तीन ओडिआई सिरिज खेल्ने तयारी गरि रहेको छ । नेपाल त्यसैले अगष्ट अन्तिममा ओमान भ्रमणमा निस्कने देखिन्छ । त्रिकोणात्मक सिरिज लगत्तै सेप्टेम्बर २५ देखि एभरेष्ट प्रिमियर लिग (इपिएल) सुरु हुने कार्यक्रम छ ।

‘मुम्बईको ओमान भ्रमण पक्का भएको छ । म पक्का छु की उनीहरु उत्कृष्ट टोली ल्याउने छन् । सेप्टेम्बरमा विश्वकप लिगका दुई त्रिकोणात्मक सिरिज पनि हुने छन् । मुम्बई निकै बलियो टोली हो र अभ्यास पनि धेरै राम्रो हुने छ’, दुलिप मेन्डिसले टाइम्स अफ ओमानसँग भनेका छन् । ओमानका प्रशिक्षक माजहर खानले मुम्बईविरुद्ध केहि नयाँ खेलाडीले मौका पाउने जनाएका छन् । नेपालले पनि गत हप्तादेखि ओमान भ्रमणको लागि बन्द प्रशिक्षण सुरु गरि सकेको छ ।
टि२० विश्वकप अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएई र ओमानमा हुने छ । ओमानले पहिलो चरणका केहि खेलहरु आयोजना गर्ने छ । ओमान समूह बी मा छ । ओमानसँगै, बंगलादेश, पपुवा न्युगिनी र स्कटल्यान्ड छन् । शीर्ष दुई टोलीले सुपर १२ मा स्थान बनाउने छन् ।
नेपालले गतवर्ष माघमा ओमान र अमेरिकासँग खेल्दै विश्वकप लिग-२ मा डेब्यू गरेको थियो । कोरोना कारण ओमानले त्यसपछि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । नेपालले भने घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसियासँग वैशाखमा टि२० आई त्रिकोणात्मक सिरिज खेलेको थियो ।

नेपाल सहित, ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र यूएई गरि ७ टोलीले २०२३ सम्म प्रतिस्पर्धा गर्ने छन् । होम अवे त्रिकोणात्मक सिरिज हुँदा एक टोलीले कुल ३६ ओडिआई खेल खेल्ने छन् । जसबाट शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।
विश्वकप लिग २ अंक तालिका
ओमान १० खेलमा ८ मा जित र २ मा हार सहित १६ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १२ खेलमा ६ मा जित र ६ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड ८ खेलमा ४ मा जित र ३ मा हार सहित ९ अंकका साथ तेस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो ।
नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंक सहित चौथो स्थानमा छ । युएई ७ खेलमा समान ३ मा जित र ३ मा हार सहित ७ अंक जोड्दै पाँचौं स्थानमा छ । एक खेल रद्ध हुन पुगेको थियो । नेपाल ४ खेलमा २ मा जित र २ मा हार सहित ४ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ८ खेलमानै हारका साथ अंक विहिन हुँदै पुछारमा छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]