default_image

4 years ago

August 12, 2021

इंग्ल्यान्ड र भारत भिड्दै

203 views

0 Bookmark

एजेन्सी – पाँच टेस्ट सिरिज अन्तर्गत भारत र इंग्ल्यान्डबीचको दोस्रो खेल आजदेखि सुरु हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ पछि लर्ड्स क्रिकेट मैदानमा सुरु हुने छ । पहिलो टेस्ट बराबरीमा सकिएको थियो । दुबै टोली सिरिजमा अग्रता लिन चाहन्छन् ।

पहिलो खेलबाट दुबै टोलीमा खेलाडी परिवर्तन निश्चित छ । भारतीय तीव्र गतिका बलर शार्दूल ठाकुर र इंग्ल्यान्डका स्टुअर्ट ब्रोडले चोटका दोस्रो खेल गुमाउने छन् । शार्दूको स्थानमा भारतीय स्पिनर रविचन्द्रन आश्विनले खेल्ने सम्भावना छ । ब्रोडको स्थानमा मार्कवुड खेल्ने सम्भावना देखिन्छ । इंग्ल्यान्डका अर्का प्रमुख बलर जेम्श एन्डरसन पनि चोटका कारण अनिश्चित बनेको छ ।

पहिलो खेलमा शून्य र १८ रनमा आउट भएका ओपनर रोरी बन्र्सको स्थानमा हसिब हमिदलाई मौका दिन सक्छ । भारतविरुद्ध अभ्यास खेलमा हसिबले शतकीय इनिङ खेलेका थिए । ज्याक क्रलीबाट ठूलो इनिङ चाहन्छ । कप्तान जो रुट मुख्य हतियार हुन् । पहिलो टेस्टको दोस्रो इनिङमा उत्कृष्ट शतकका साथ बराबरीतर्फ टोलीलाई अगाडि बढाएका थिए ।

जोनी बेयरस्टो र जस बटलरलाई उत्कृष्ट प्रदर्शन गर्न आवश्यक देखिन्छ । बेयरस्टोको स्थानमा ओली पोपलाई मैदान उतार्न सक्ने सम्भावना छ । ड्यान लरेन्सको स्थानमा स्पिन अलराउन्डर मोइन अली खेल्ने निश्चित जस्तै छ । अली तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । तीव्र गतिका बलरमा साम करन र ओली रोबिन्सन निश्चित छ । जेम्श एन्डरसन चोटका कारण खेल्ने नखेल्ने अनिश्चित छ । एन्डरसन उपलब्ध नभए सकिब मोहम्मद खेल्ने छन् । स्टअर्ट ब्रोडको स्थानमा मार्कवुडको सम्भावना छ ।

भारतको ब्याटिङ लाइनअपमा परिवर्तनको सम्भावना कम छ । तर ठाकुरको स्थानमा आश्विनले खेल्ने सम्भावना देखिन्छ । कप्तान विराट कोहली पहिलो खेलमा गोल्डेन डक आउट भएका थिए । कोहलीलाई ठूलो इनिङ खेल्नुपर्ने दबाब छ । प्रमुख ब्याट्सम्यान चेतेश्वर पुजारा लयमा नहुनु अर्को चिन्ताको विषय बनेको छ । पहिलो खेलमा उत्कृष्ट बलिङ गरेका जस्प्रित बुमराह दोस्रो खेलमा पनि घातक बन्न सक्छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.