4 years ago
August 12, 2021
एजेन्सी – भारतसँगको दोस्रो टेस्ट खेलमा घरेलु टोली इंग्ल्यान्डले तीन परिवर्तन गरेको छ । लर्ड्स क्रिकेट मैदानमा इंग्ल्यान्डका कप्तान जो रुटले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् ।

इंग्ल्यान्डले तीव्र गतिका बलर स्टुअर्ट ब्रोड, युवा ब्याट्सम्यान ज्याक क्रली र ड्यान लरेन्स दोस्रो खेलमा बेन्चमा बसेका छन् । तीव्र गतिका बलर मार्कवुड, स्पिन अलराउन्डर मोईन अली र युवा ब्याट्सम्यान हसिब हमिदले पाँच वर्षपछि प्लेइङ-११ मा मौका पाएका हुन् ।
ब्रोड चोटका कारण बाहिरिनु परेको हो । क्रली र लरेन्स पहिलो खेलमा कमजोर ब्याटिङ गर्दा बेन्चमा बसेका छन् । हसिबले भारतविरुद्ध अभ्यास खेलमा काउन्टी सेलेक्ट ११ बाट शतक प्रहार गरेका थिए । २०१६ मा भारतविरुद्धनै टेस्टमा डेब्यू गरेका हसिबले त्यस सिरिजपनि मौका पाएका थिएनन् ।
उनले त्यस वर्ष नोभेम्बरमा भारतविरुद्ध राजकोटमा डेब्यू गर्दा मोहालीमा अन्तिम खेल खेलेका थिए । तीन टेस्ट खेलका हसिब चोटका कारण केहि समय बाहिरि रहेका थिए । त्यसपछि उनलाई पूनरागमन गर्न कठिन परेको थियो । भारतीय मुलका हसिब राम्रो ब्याटिङको क्षमता राख्छन् । उनले क्रलीको स्थानमा तेस्रो नम्बरमा ब्याटिङ गर्ने छन् । अली स्पिनसँगै तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् ।

भारतले टोलीमा एक परिवर्तन गरेको छ । घाइते तीव्र गतिका बलर शार्दूल ठाकुरको स्थानमा ईशान्त शर्मालाई मौका दिएको छ । अनुभवी स्पिनर रविचन्द्र आश्विन दोस्रो खेलमा पनि बेन्चमा छन् । पहिलो टेस्ट बराबरीमा सकिएको थियो । दुबै टोली सिरिजमा अग्रता लिन चाहन्छन् ।
इंग्ल्यान्डको प्लेइङ ११ : रोरी बन्र्स, डोमिनिक सिब्ले, हसिब हमिद, जो रुट (कप्तान), जोनी बेयरस्टो, जस बटलर (विकेटकिपर), मोईन अली, साम करन, ओली रोबिन्सन, मार्कवुड र जेम्स एन्डरसन ।
भारतको प्लेइङ ११ : रोहित शर्मा, लोकेश राहुल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिक्या रहाणे, ऋषभ पन्त(विकेटकिपर), रविन्द्र जडेजा, मोहम्मद शामी, ईशान्त शर्मा, जस्प्रित बुमराह र मोहम्मद शिराज ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]