default_image

3 years ago

August 21, 2021

नेपाली क्रिकेटमा हराएको ‘रातो बल र सेतो जर्सी’

भुपेन्द्र जि.सी., काठमाडौं पछिल्लो एक दशकमा नेपाली क्रिकेटमा मैदान भित्र र बाहिर धेरै परिवर्तनहरु भए । मैदानभित्र टि२० विश्वकप देखि ओडिआई मान्यता सम्मका ऐतिहासिक उपलब्धि हात पार्यो । मैदानबाहिर क्यानले केहि वर्ष अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्बन भोग्दै फुकुवापछि नयाँ नेतृत्व आयो । नेपालको अबको लक्ष्य टेस्ट मान्यता प्राप्त गर्नु हो । टेस्ट खेल्ने सपना देखेको […]

80 views

0 Bookmark

भुपेन्द्र जि.सी., काठमाडौं

पछिल्लो एक दशकमा नेपाली क्रिकेटमा मैदान भित्र र बाहिर धेरै परिवर्तनहरु भए । मैदानभित्र टि२० विश्वकप देखि ओडिआई मान्यता सम्मका ऐतिहासिक उपलब्धि हात पार्यो । मैदानबाहिर क्यानले केहि वर्ष अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्बन भोग्दै फुकुवापछि नयाँ नेतृत्व आयो ।

नेपालको अबको लक्ष्य टेस्ट मान्यता प्राप्त गर्नु हो । टेस्ट खेल्ने सपना देखेको नेपालमा त्यसका लागि आधारभूत आवश्यकता लामो शैलीको प्रतियोगिता नै छैन, घरेलु होस् या अन्तर्राष्ट्रिय । नेपालको टेस्ट खेल्ने अवस्था ‘जग बिनाको छत’ बनाउने जस्तो छ । टेस्ट मान्यता दाबेदारी प्रस्तुत गर्न घरेलु संरचनासँगै ठूला टोलीलाई हराउने सक्ने क्षमता देखाउने आधार हुनुपर्छ । टेस्ट मान्यता प्राप्त गर्न घरेलु क्रिकेटमा मान्यताप्राप्त डे राष्ट्रिय प्रतियोगिता अनिवार्य छ ।

नेपालले १० वर्षपछि टेस्ट मान्यता पाउने हो भनेपनि अहिले देखि नै तीव्र तयारी र योजनाका साथ अगाडि बढ्नुपर्ने हुन्छ । तर नेपालमा त्यसबारे सोच पनि शून्यप्राय छ । क्यानको त्यसतर्फ कुनै ध्यान र चासो छैन । केहि सिनियर खेलाडीलाई छाड्ने हो भने अन्यलाई डे क्रिकेटको अनुभव छैन । सबै सिमित ओभर खेलेर हुर्किएका छन्, त्यो पनि टि२० । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट शतक विरलै देखिनु डे क्रिकेटको अभाव मुख्य कारक मानिन्छ ।

आइसिसीले इन्टरकन्टिलेन्टल (अन्तरमहादेशीय) कप पुन सुचारु गर्ने सोच बनाएको छ । जुन एसोसिएट देशबीचको दोस्रो श्रेणीको टेस्ट नाम दिने चर्चा छ । पहिला प्रथम श्रेणीको मान्यता पाउँथ्यो । तर डे क्रिकेटनै खेलाडी को सपना बनेको छ । गाउँदेखि केन्द्रसम्म टि२० शैली निकै लोकप्रिय छ । टि२० को मात्र लोकप्रियता बढ्दै जाँदा टेस्ट शैलीलाई भने दीर्घकालिन घाटा पुग्ने देखिन्छ ।

प्रतिभा देखाउन र प्रदर्शनमा निखार ल्याउन टि२० शैली राम्रो विकल्प होइन । छोटो शैलीको क्रिकेट नतिजामुखी हुन्छ तर लामो श्रेणीको क्रिकेटले खेलाडीलाई परिपक्व बनाउन सहयोग गर्छ । यसले खेलाडीको प्रदर्शनमा निखार ल्याउन पनि ठूलो भूमिका खेल्छ ।

पछिल्लो एक दशकमा राष्ट्रिय टोलीमा डेब्यू गरेपछि टोलीमा निरन्तर स्थान बनाउने सकेका एक दुई खेलाडी मात्र छन् । डेब्युपछि खेलिरहन नसक्नुमा मुख्य कारण कमजोर घरेलु संरचना पनि हो । कुनै पनि खेलाडीले आफूलाई राष्ट्रिय टोलीमा नियमित राख्न घरेलु प्रतियोगिताबाट निखारिएको हुनुपर्छ । नेपालमा भने एक दुई घरेलु प्रतियोगितामा राम्रो गरेपछि सिनियर टोलीमा स्थान बन्छ । सिनियर टोलीमा निखारिन खोज्दा प्रदर्शन राम्रो हुँदैन ।

पछिल्लो पटक नेपाल २०१९ मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) सँग १४ वर्षपछि प्रथम श्रेणी मान्यता खेलमा रातो बल र सेतो जर्सीमा मैदान उत्रेको थियो । घरेलु मैदान टियुमा कप्तान ज्ञानेन्द्र मल्ल सहित नौ खेलाडीले डेब्यू गरेका थिए । वर्तमान टोलीका अनुभवी ब्याट्सम्यान शरद भेषावकरमा सर्वाधिक पाँच प्रथम श्रेणीको अनुभव छ । सोमपाल कामीले तीन प्रथम श्रेणी खेलेका छन् । अन्य सात आठ जनामा एक एक प्रथम श्रेणीको अनुभव छ । क्रिकेटको असली मज्जा नेपाली खेलाडीले उठाउन पाएका छैनन् ।

रंगिन कलरको जर्सीको संसारमा छिरेको नेपाल २००८ देखि हो । त्यसअघि नेपाल सेतो जर्सीमा सबै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्थ्यो । अहिले नेपाली क्रिकेटमा स्कुलदेखि क्बल, जिल्ला देखि राष्ट्रिय, गल्ली देखि फ्रेन्चाइज लिग सबैमा रंगिन जर्सीमा मात्र देख्न सकिन्छ । टेस्टको झल्को दिने डे क्रिकेट लोप भएको छ । सिमित एकडेमीले विद्यालय स्तरमा खेलाएको प्रतियोगिता बाहेक नेपाली क्रिकेटबाट रातो बल र सेतो जर्सीको खेल हराइसकेको छ । रंगिन कलर र सेतो बलको संसारमा भुलेको नेपाली क्रिकेटमा असली शैली भेट्न मुश्किल पर्छ ।

नेपालले पहिलो पटक २००४ मा अन्तरमहादेशीय कप मार्फत प्रथम श्रेणीमा प्रतियोगितामा डेब्यू गरेको थियो । त्यसबेला नेपालले मलेसिया र यूएईसँग खेलेको थियो । सन् २००५ मा हङकङ र यूएईसँग खेल्यो । त्यसपछि नेपालले उक्त प्रतियोगितामा स्थान बनाउन सकेन ।

जसको नतिजा प्रथम श्रेणी खेल १४ वर्ष कुर्नुपर्यो । एमसिसीविरुद्ध खेलपछि कप्तानले ज्ञानेन्द्रले नेपालले प्रथम श्रेणीको खेलनै बिर्सीसकेका जवाफ दिएका थिए । टियु मैदानमा एमसिसीविरुद्ध सेतो जर्सी, रातो बल अनि फिल्डिङ सजावटले टेस्ट झल्को दिन्थ्यो । टेस्ट खेल भन्दा कुनै कम देखिदैन थियो ।

डे क्रिकेटको राष्ट्रिय प्रतियोगिता सुरुवात नभएको पनि होईन । क्यानले विंस.२०६४ सालमा पहिलो पटक टु डे (दुइ दिने) राष्ट्रिय प्रतियोगिता सञ्चालन गरेको थियो । त्यो समय ६ क्षेत्रबीच प्रतिस्पर्धा हुन्थ्यो । तर तत्कालिन मधेश आन्दोलन र तराईमा चर्को गर्मीको कारण प्रतियोगिता पूरा हुन पाएन । प्रतियोगिता एक टोलीले अर्को टोलीको मैदानमा गएर खेल्थे ।

क्षेत्र नम्बर चारबाट खेल्दै पूर्व क्रिकेट शक्ति गौचनले क्षेत्र नम्बर छ बैतडीविरुद्ध घरेलु मैदान भैरहवामा शतकीय इनिङ खेलेका थिए । शक्ति क्रिकेट विकास गर्न डे क्रिकेट अनिवार्य हुनुपर्ने बताउँछन् । ‘डे क्रिकेट त हुनैपर्छ । डे क्रिकेट बिना टेस्ट मान्यता सपना धेरै टाढा छ । टि२० र एकदिवसिय अफ्नो ठाउँमा छ । यू१२ देखिनै डे क्रिकेट हुनुपर्छ । यो त संघ र संस्थामा भएको ब्यक्तिले सोच्नु र बुझ्नु पर्ने कुरा हो,’ गौचनले भने ।

टेस्ट टोलीले उमेर समूहमा डे क्रिकेटलाई बढी प्राथमिकतामा राख्छन् । ‘टि२० शैली त निषेध जस्तै हुन्छ । तर नेपालमा उमेर समूहमा यू१९ राष्ट्रिय प्रतियोगिता नभएको सात आठ वर्ष भई सक्यो । यू१२, यू१३ र यू१५ र यू१६ लोप भइसके,’ उनले थपे ।

क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे नेपालले टेस्ट मान्यता पाउने सुनौलो अवसर यसअघि गुमाइसकेको बताउँछन् । ‘हामीले कार्यक्रम बनाउने समयमा टेस्ट मान्यता टोली बन्न के के आवश्यकता हुन्छ भनेर एउटा खाका थियो । त्यो अनुसार कम्तिमा दुइ दिने र चार दिने राष्ट्रिय क्रिकेट प्रतियोगिता हुनै पर्थ्यो,’ उनले भने ।

‘म अध्यक्ष हुँदा तीन कुराले टेस्ट मान्यता पाउन सकेका थिएनौं । पहिलो कुरा हामी डिभिजन फोरमा थियौ र टेस्टको लागि डिभिजन टु मा हुनुपर्थ्यो । अर्को दुइ दिने र चार दिने राष्ट्रिय प्रतियोगिता अनिवार्य थियो । तर हामीसँग थिएन’, पाण्डेले भने ।

क्रिकेटबारे राम्रो नबुझ्ने व्यक्ति हावी हुँदा नेपाल धेरै पछि परेको उनी बताउँछन् । ‘जुन समय अफगानिस्तान र आयरल्यान्डले टेस्ट मान्यता पाए, त्यो समय संघ भद्रगोल नभएको भए नेपालले पनि टेस्ट मान्यता पाउँथ्यो । किनभने हामीले विश्वकप छनोटमा स्थान बनाएका थियौं । ओडिआई मान्यता पाएका थियौं । त्यसले गर्दा टेस्ट मान्यता पाउन कठिन थिएन, तर हामीसँग क्यान थिएन र अवसर गुमायौं’, उनले भने ।

नेपालको पनि केन्या जस्तो अवस्था आउन सक्ने भन्दै समयमै सोच्न उनी सुझाव दिन्छन् । ‘सन् २००३ को विश्वकपमा सेमिफाइनल पुग्दै भारतसँग पराजित भएको केन्या अहिले डिभिजन फोरमा छ । बंगलादेश र केन्यासँगै टेस्ट मान्यता प्रस्ताव गरेका थिए । केन्याले त्यो बेला पाएन । त्यसपछि केन्याको अवस्था देखिरहेका छौं,’ उनले भने ।

‘नेपालको पनि त्यहि नहोला भन्न सकिन्न । सुधार गर्दै जानुपर्छ । डे क्रिकेट अहिले देखि नै राम्रोसँग अगाडि बढाउँदै जाने हो भने १५/२० वर्षमा टेस्ट मान्यता पाउन सकिन्छ । नत्र आगामी पाँच दश वर्षमा टेस्ट मान्यता टोली बन्छौं भन्नु मुर्खता हो’, पाण्डेले भने ।

२०१९ मा वाई वाई ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) ले ६ एकेडेमीबीच यू१९ टु डे प्रतियोगिता गराएको थियो । निजी क्षेत्रबाट भएको त्यो एकमात्र डे प्रतियोगिता हो । तर कोरोना कारण अर्को संस्करणले निरन्तरता पाउन सकेन । उक्त प्रतियोगितामा युवा ओपनर तथा विकेटकिपर आसिफ शेखले जिएचसिएको कप्तानी गदै खेलेका थिए ।

‘हामीले अहिले ओडिआई खेलिरहेका छौं । घरेलुमा दुई तीन वटा एकदिवसिय प्रतियोगिता हुँदा टि२० खेल्न निकै सहज भयो । त्यस्तै डे क्रिकेट खेल्न सक्यौं भने ओडिआई खेल्न निकै सजिलो हुन्थ्यो,’ आसिफले भने ।

‘क्रिकेटको साँच्चै आनन्द आउने शैली नै टेस्ट हो । टेस्टमा खेल्न सकियो भने जुनसुकै फम्यार्टमा आफूलाई ढाल्न सकिन्छ । आफ्नो क्षमता र प्राविधिक ज्ञानले धेरै प्रभाव पार्छ । मलाई साँच्चै भन्ने हो भने लामो शैलीको खेल खेल्न निकै रमाईलो लाग्छ । म घरेलु क्रिकेटमा यस्तै प्रतियोगिता खेल्न उत्साहित छु आसिफले भने ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द तत्काल कुनैपनि डे राष्ट्रिय प्रतियोगिता गर्ने तयारी नभएको बताउँछन् । चन्दले यसबारे क्यानले सोच भने राखेको बताए ।

नेपाली क्रिकेटमा लामो शैलीको क्रिकेट बिरानो भएको छ । तत्काल सामान्य लाग्ला तर दीर्घकालिन रुपमा यसले नेपाली क्रिकेट विकासमा ठूलो असर पर्छ । अझ टेस्ट मान्यता सपना देखेको नेपालको लागि डे घरेलु र अन्तर्राष्ट्रिय खेल निकै आवश्यक छ । सम्भावना नभएको पनि होईन ।

नेपालले चाहेको खण्डमा प्रथम श्रेणी र डे अभ्यास खेल्न सक्छ । टेस्ट टोलीको ए र बी टोलीसँग खेल्दै राम्रो अनुभव बटुल्न सक्छ । नेपालकै स्तरमा रहेको नामिबियाले टेस्ट मान्यता प्राप्त गर्ने सोचका साथ दक्षिण अफ्रिका घरेलु प्रतियोगिता खेल्दै राम्रो फाइदा उठाइरहेको छ ।

नेपाल, स्कटल्यान्ड, ओमान, नेदरल्यान्ड्स र युएई अबका टेस्ट मान्यता दाबेदार एसोसियट टोली हुन् । स्कटल्यान्ड र नेदरल्यान्डमा प्रथम श्रेणी, डे क्रिकेट मात्र होईन त्यहाँका खेलाडी इंग्ल्यान्डको विश्व प्रतिष्ठित काउन्टी प्रतियोगिता खेल्छन् । पाकिस्तानको सिनियर टोलीमा मौका नपाएपछि ओमानमा गएर खेल्ने खेलाडीहरु धेरै छन् । ओमान पनि अब घरेलु संरचना सुधार गर्दै त्यसतर्फ अग्रसर हुने सोचमा छ । ओमान पूर्वाधारको हिसाबमा टि२० विश्वकप आयोजना गर्ने स्तरमा पुगिसकेको छ । युएईको घरेलु संरचना टेस्ट टोलीको भन्दा कम छैन ।

नेपाल सम्भावनामा सबैभन्दा अघि तर कार्यान्वयनको पक्षमा पछि पर्दै आएको छ । आइसिसीको नयाँ योजना अनुसार दोस्रो श्रेणीको टेस्ट सम्भावना छ । तर दुःख को कुरा नेपालको घरेलु संरचनामा त्यो शैलीनै हराएको छ । त्यसैले नेपालको क्रिकेट विकास गर्ने हो भने हराएको रातो बल र सेतो जर्सीको संस्कार फर्किन निकै आवश्यक देखिन्छ ।

March 29, 2024

इण्डो–नेपाल टि ट्वान्टी- मधेश र तालतला फाइनल भिड्ने

चितवन (हाम्रो खेलकुद)- मधेश प्रदेश र भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाता चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टि‌ ट्वान्टी च्याम्पियनसिप क्रिकेटको‌ फाइनलमा भिड्ने भएका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा शुक्रबार भारतको क्षेत्रीय टोली पिएसआरए ग्रुप लखनउलाई २ विकेटले पराजित गर्दै मधेश फाइनलमा पुगेको हो। जितको लागि लखनउले दिएको १ सय ४८ रनको लक्ष्य मधेशले १९.४ […]

March 29, 2024

लोकेशको शतकका बाबजुद नेपाल ‘ए’ पराजित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर लोकेश बमको आक्रामक शतकका बाबजुद नेपाल ‘ए’ ले टि२० सिरिजको पहिलो खेलमा आयरल्यान्ड वल्भ्ससँग २१ रनले पराजित भएको छ । आयरल्यान्डले प्रस्तुत गरेको २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ३ बल अगावै २ सय १ रनमा अलआउट भयो । यससँगै वल्भ्सले सिरिजमा १-० को अग्रता लिएको […]

March 29, 2024

नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्धको टि२० सिरिज अन्तर्गत पहिलो खेलमा २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो । […]

Success

Thank you for your time.