default_image

4 years ago

August 12, 2021

‘सुन्दर देश नेपालमा खेल्न निकै उत्साहित छु’ – चान्डिमल

218 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकाको राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान तथा विश्वकप च्याम्पियन दीनेश चान्डिमलले सुन्दर देश नेपालमा चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने निकै उत्साहित रहेको बताएका छन् । चान्डिमलले शरद भेषावकर कप्तान रहेको भैरहवा ग्ल्याडियटर्सबाट इपिएल खेल्ने छन् ।

भैरहवाले बिहिबार औपचारिक रुपमा चान्डिमलले खेल्ने जानकारी दिएको छ । चान्डिमलले पनि सुन्दर देश नेपालमा खेल्न निकै उत्साहित रहेको बताएका छन् । ‘नमस्ते नेपाल । म दिनेश चान्डिमल । म इपिएल खेल्ने घोषणा गर्न पाउँदा निकै खुसी छु’, उनले खुसी हुँदै भनेका छन् ।

त्यसैमा उनले थपेका छन, ‘म भैरहवा ग्ल्याडियटर्सबाट २०२१ को इपिएल प्रतिनिधित्व गर्नेछु । सहभागिता जनाउने घोषणा गर्न पाउँदा म खुसी छुँ । म निकै उत्साहित छु, सन्दर देश नेपालमा खेल्न आउन । नेपालमा चाँडै भेटौंला ।’

३१ वर्षिय चान्डिमल श्रीलंका टि२० आई टोलीमा कप्तानी गर्ने सर्वाधिक कम उमेरका खेलाडी हुन् । सन् २०१३ मा चान्डिमलले बंगलादेशविरुद्ध २३ वर्ष १ सय ३३ दिनको उमेरमा कप्तानी गर्दै श्रीलंकाबाट टि२० आईमा नेतृत्व गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए ।

२०१४ को टि२० विश्वकप उपाधि श्रीलंकाले जित्दा चान्डिमल टोलीका महत्वपूर्ण सदस्य थिए । उक्त विश्वकप श्रीलंकाले फाइनलमा भारतलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । चान्डिमलले २०१५ को एकदिवसिय विश्वकपमा अष्ट्रेलियाविरुद्ध २२ बलमा अर्धतक प्रहार गर्दै श्रीलंकाबाट विश्वकपमा सर्वाधिक छिटो ५० रन पूरा गर्ने कीर्तिमान कायम गरेका थिए । चान्डिमल ओडिआईमा पनि श्रीलंकाबाट कम उमेरमा कप्तानी गर्ने खेलाडी हुन् । उनले २०१३ मा दक्षिण अफ्रिकाविरुद्ध ओडिआईमा कप्तानी गरेका थिए ।

चान्डिमलले श्रीलंकाबाट ६२ टेस्ट, १ सय ४९ ओडिआई र ५७ टि२० आई खेल खेलेका छन् । टि२० आईमा चान्डिमलले ५ अर्धशतक सहित कुल ८ सय ६८ रन जोडेका छन् । चान्डिमलले राजस्थान रोयल्सबाट आइपिएल खेलिसकेका छन् । चान्डिमल श्रीलंका वर्तमान टोलीका प्रमुख ब्याट्सम्यान हुन् । चान्डिमलले श्रीलंका टेस्ट, ओडिआई र टि२० तीनै शैलीमा कप्तानी गरेका छन् ।

भैरहवा ग्ल्याडिएटर्सको प्रशिक्षकको रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रमुख प्रशिक्षक पुबुदु दसानायकेले निरन्तरता दिएको पनि पुष्टि गरेको छ । भैरहवाले गत वर्ष ओमानका बायाँ हाते तीब्र गतिका बलर बिलाल खान, श्रीलंका स्पिनर जीवन मेन्डिस र बायाँ हाते अलराउन्डर मिलिन्डा श्रीवार्दानालाई अनुबन्ध गरेको थियो । भैरहवाले गतवर्ष वेस्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान ड्वेन स्मिथको पनि नाम सार्वजनिक गरेको थियो । बिलाल खान टि२० विश्वकपको कारण इपिएल नखेल्ने निश्चित छ । अन्य खेलाडीको बारे भैरहवाले छलफल भई रहेको हुँदा आगमी केहि दिनमा सार्वजनिक गर्ने सम्भावना छ ।

तर टि२० विश्वकपको कारण चान्डिमलले इपिएल खेल्नेमा भने शंका देखिन्छ । श्रीलंकाले पछिल्लो समय लगातार खराब प्रदर्शन गरि रहेको छ । चान्डिमल प्रमुख ब्याट्सम्यान हुन् । उनी टि२० विश्वकप टोलीमा पर्ने उच्च सम्भावना छ । विश्वकप अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म ओमान र यूएईमा चल्ने छ ।

भैरहवामा शरद भेषवाकर, प्रदीप ऐरी, मोहम्मद आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, दीपेश श्रेष्ठ, रोहित कुमार पौडेल, हरि शंकर झा, अभिनाश बोहरा, कुशल मल्ल, विकास आग्री र हिमान्शु दत्त स्वदेशी खेलाडीको रुपमा रहेका छन् । इपिएल असोज ९ देखि २३ सम्म टियु मैदानमा हुँदैछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.