default_image

4 years ago

August 13, 2021

राहुलको उत्कृष्ट शतकमा भारत बलियो अवस्थामा

177 views

0 Bookmark

एजेन्सी – ओपनर लोकेश राहुल (केएल) को उत्कृष्ट शतकको सहयोगमा भारतले इंग्ल्यान्डसँगको दोस्रो टेस्ट खेलमा सानदार सुरुवात गरेको छ । लर्ड्स क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले पहिलो दिनको समाप्तिमा ९० ओभरमा ३ विकेट गुमाउँदै २ सय ७६ रन बनाएको छ ।

भारतका ओपनर लोकेश राहुल २ सय ४८ बलमा १२ चौका र १ छक्का सहित १ सय २७ रनमा अविजित छन् । राहुलले आफ्नो टेस्ट करीअरको छैटौं शतक २ सय १२ बलमा पूरा गरेका थिए । राहुलले मार्कवुडलाई चौका प्रहार गर्दै शतक प्रहार गरेका थिए ।

भारतलाई ओपनर रोहित शर्मा र लोकेश राहुलले ४३.४ ओभरमा १ सय २६ रनको शतकीय साझेदारीका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर जेम्स एन्डरसनले रोहितलाई ८३ रनमा बोल्ड आउट गर्दै पहिलो विकेट लिन सफल भए । रोहितले १ सय ४५ बलमा ११ चौका र १ छक्का प्रहार गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

एन्डरसनलेनै चेतेश्वर पुजारालाई ९ रनमा जोनी बेयरस्टोबाट क्याच आउट गराए । तेस्रो विकेटका लागि विराट कोहली र राहुलले १ सय १७ रनको साझेदारी गरेपछि बलियो अवस्थामा पुगेको थियो । दिनको अन्तिम समयमा विराट कोहली ओली रोबिन्सनको बलमा जो रुटबाट ४२ रनमा क्याच आउट भए । कोहलीले १ सय ३ बलमा ३ चौका प्रहार गरे । अजिक्या रहाणे १ रनमा अविजित छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.