4 years ago
August 13, 2021
एजेन्सी – वेस्टइन्डिजले पाकिस्तानसँगको पहिलो टेस्ट खेलमा ब्याटिङमा कमजोर सुरुवात गरेको छ । उत्कृष्ट बलिङका साथ पहिलो दिन पाकिस्तानलाई मध्यम योगफलमै रोकेको वेस्टइन्डिज पहिलो दिनको समाप्तिमा ४ ओभरमा २–२ को कमजोर अवस्थामा छ । पहिलो इनिङमा वेस्टइन्डिज २ सय १५ रनले पछि छ ।

दोस्रो दिन वेस्टइन्डिजका कप्तान क्रेग ब्रेथवेट एक र रोश्टन चेश शून्यबाट सुरुवात गर्ने छन् । किरन पोवेल र नकु्रमाह बोनर दुबै खाता नखोली आउट भए । मध्य गतिका बलर मोहम्मद अब्बासले तेस्रो ओभरको दोस्रो र तेस्रो बलमा लगातार विकेट लिएका थिए ।
त्यसअघि सबिना पार्क जामिकामा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान पहिलो इनिङमा ७०.३ ओभरमा २ सय १७ रनमा अल आउट भयो । पाकिस्तानका फवाद आलमले १ सय १७ बलमा ६ चौका सहित सर्वाधिक ५६ रनको योगदान दिए ।
कप्तान बाबर आजम ३०, फहिम अशरफ ४४, मोहम्मद रिजवान २३, अजहर अली १७, हसन अली १४, इमरान बुट १७ र आबिद अली ९ रनमा आउट भए । वेस्टइन्डिजका जेसन होल्डर र जयडेन शेल्सले समान ३–३ विकेट लिए । केमार रोच २ र काइल मेयर्सले १ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]