default_image

4 years ago

August 13, 2021

कोहलीपछि यू-१९ विश्वकप जिताएका कप्तानले लिए सन्न्यास

232 views

0 Bookmark

एजेन्सी – यू१९ विश्वकप विजेता कप्तान तथा शीर्षक्रमका ब्याट्सम्यान उन्मुक्त चन्दले २८ वर्षकै उमेरमा भारतीय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । भारतीय सिनियर टोलीमा लामो प्रतिक्षा गरिरहँदा पनि मौका नपाएपछि चन्दले सन्न्यासको घोषणा हुन् ।

एक समय चन्दलाई भारतीय क्रिकेटको ब्याटिङको भविष्य मानिएको थियो । तर भारतीय क्रिकेटमा तीव्र प्रतिस्पर्धामा उनले आफ्नो स्थान बनाउन सकेनन् । चन्दको कप्तानीमा भारतले सन् २०१२ मा यू१९ विश्वकप जितेको थियो । त्यसअघि २००८ मा विराट कोहलीको कप्तानीमा भारतले फाइनलमा दक्षिण अफ्रिकालाई डकवर्थ लेविस पद्धतिको आधारमा १२ रनले हराउँदै यू१९ विश्वकप जितेको थियो ।

चन्दले फाइनलमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै भारतलाई उपाधि जिताउँदा १ सय ३० बलमा ७ चौका र ६ छक्का सहित कुल १ सय ११ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए ।

चन्दले उच्च स्तरको क्रिकेट खेल्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । अब उनलाई अन्य देशबाट क्रिकेट खेल्न बाटो खुलेको छ । चन्द अमेरिकाबाट क्रिकेट खेल्ने तयारीमा छन् । उनले आइपिएल दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबाट खेलेका छन् । सुरुवाती समय दिल्लीबाट घरेलु क्रिकेट खेलेका उनले त्यहाँ राम्रो मौका नपाएपछि पछिल्लो समय उत्तरखण्डबाट खेलेका थिए । चन्दले ७७ प्रथम श्रेणी, १ सय २० लिष्ट ए र ७७ टि२० आई खेलेका छन् ।

प्रथम श्रेणीमा ८ शतक र १६ अर्धशतक सहित कुल ३ हजार ३ सय ७९ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन १ सय ५१ रन छ । लिष्ट ए मा ७ शतक र ३२ अर्धशतक सहित कुल ४ हजार ५ सय ५ रन बनाएका छन् । लिष्ट ए मा ३ शतक र ५ अर्धशतक सहित कुल १ हजार ५ सय ६५ रन जोडेका छन् ।

अमेरिकाले पछिल्लो समय टेस्ट टोलीबाट खेलाडी ल्याउँदै नयाँ टिम निर्माण गर्न लागेको छ । जसमा भारत सहित थुप्रै टेस्ट देशका खेलाडी अमेरिकाले केहि महिना अघि परिक्षणको लागि गएका थिए । न्युजिल्यान्डका स्टार अलराउन्डर कोरी एन्डरसन र इंग्ल्यान्डका विश्वकप विजेता लियाम प्लन्केटले पनि अमेरिकाबाट क्रिकेट खेल्दै छन् ।

अघिल्लो महिना प्रतिबन्धमा परेको श्रीलंका स्टार क्रिकेटर कुसल मेन्डिस, निरोशन डिक्वेला र दानुश्का गुणाथिलका पनि अमेरिकाबाट क्रिकेट खेल्ने चर्चा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.