4 years ago
August 14, 2021
एजेन्सी – भारतसँगको दोस्रो टेस्ट खेलमा घरेलु टोलीले मध्यम प्रदर्शन गरेको छ । दोस्रो दिनको समाप्तिमा इंग्ल्यान्डले पहिलो इनिङमा ४५ ओभरमा ३ विकेट गुमाउँदै १ सय १९ रन बनाएको छ । इंग्ल्यान्ड २ सय ४५ रनले पछि छ ।

इंग्ल्यान्डका कप्तान जो रुट ७५ बलमा ६ चौका सहित ४८ रनमा अविजित छन् । रुटलाई जोनी बेयरस्टोले ६ रनबाट साथ दिने छन् । ओपनर डोम सिब्ले ११ र हसिब हमीद गोल्डेन डक आउट भए । मोहम्मद शिराजले १५ औं ओभरमा लगातार दुई विकेट लिएका थिए । तेस्रो विकेटका लागि रुट र रोरी बन्र्सले ८५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । दोस्रो दिनको अन्तिम समयतिर बन्र्सलाई मोहम्मद शामीले ४९ रनमा एलबिडब्लू आउट गरे । उनले १ सय ३६ बलमा ७ चौका प्रहार गरे ।
त्यसअघि लर्ड्स क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारत १२६.१ ओभरमा ३ सय ६४ रनमा अल आउट भएको थियो । भारतका ओपनर लोकेश राहुलले २ सय ५० बलमा १२ चौका र १ छक्का सहित सर्वाधिक १ सय २९ रनको योगदान दिए । राहुलले यो टेस्ट करीअरको छैटौं शतक हो ।
भारतलाई ओपनर रोहित शर्मा र लोकेश राहुलले ४३.४ ओभरमा १ सय २६ रनको शतकीय साझेदारीका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर जेम्स एन्डरसनले रोहितलाई ८३ रनमा बोल्ड आउट गर्दै पहिलो विकेट लिन सफल भए । रोहितले १ सय ४५ बलमा ११ चौका र १ छक्का प्रहार गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

एन्डरसनलेनै चेतेश्वर पुजारालाई ९ रनमा जोनी बेयरस्टोबाट क्याच आउट गराए । तेस्रो विकेटका लागि विराट कोहली र राहुलले १ सय १७ रनको साझेदारी गरेका थिए। दिनको अन्तिम समयमा विराट कोहली ओली रोबिन्सनको बलमा जो रुटबाट ४२ रनमा क्याच आउट भए ।
दोस्रो दिन इंग्ल्यान्डले बलिङमा उत्कृष्ट पूनरागमनका साथ भारतलाई मध्यम योगफलमै रोकेको थियो । एक समय २७८–३ को अवस्थामा रहेको भारतले बाँकी ८६ रन जोड्न ७ विकेट गुमाउँदै अल आउट भएको थियो ।
दोस्रो दिनको दोस्रो बलमै राहुललाई रोबिन्सनले सिब्लेबाट क्याच गराएका थिए । अजिक्या रहाणे जेम्श एन्डरसनको बलमा एक रनमा जो रुटबाट क्याच आउट हुन पुगे । पन्तले ५८ बलमा ५ चौका सहित ३७ रन जोडे । रविन्द्र जडेजाले १ सय २० बलमा ३ चौका सहित ४० रनको योगदान दिए ।

पन्त र जडेजा दुबै मार्कवुडको बलमा क्याच आउट भएका थिए । ईशान्त शर्मा ८ रनमा आउट हुँदा मोम्मद शामी, जस्प्रित बुमराह र मोहम्मद शिराजले खाता खोल्न सकेनन् ।
इंग्ल्यान्डका तीव्र गतिका बलर जेम्श एन्डरसनले सर्वाधिक पाँच विकेट लिए । ओली रोबिन्सन र मार्कवुडको नाममा दुई दुई विकेट रह्यो । स्पिनर मोईन अलीले एक विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]