default_image

4 years ago

August 14, 2021

कप्तान ब्रेथवेट चम्कँदा वेस्टइन्डिजको अग्रता

133 views

0 Bookmark

एजेन्सी – कप्तान क्रेग ब्रेथवेट चम्कँदा वेस्टइन्डिजले पाकिस्तानसँगको पहिलो टेस्ट खेलमा अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा वेस्टइन्डिजले ३४ रनको अग्रता लिएको छ ।

वेस्टइन्डिज ८७ ओभरमा ८ विकेट गुमाउँदै २ सय ५१ रन बनाएको छ । कप्तान क्रेग बेथवेटले २ सय २१ बलमा १२ चौका सहित सर्वाधिक ९७ रनको योगदान दिए । हसन अलीको डाइरेक्ट थ्रो मा रन आउट भएपछि उनी शतक बनाउन मात्र तीन रनले चुकेका थिए ।

पहिलो दिन किरन पोवेल र नक्रुमाह बोनर दुबै खाता नखोली आउट भएका थिए । मध्य गतिका बलर मोहम्मद अब्बासले तेस्रो ओभरको दोस्रो र तेस्रो बलमा लगातार विकेट लिएका थिए ।

रोश्टन चेश २१ र जर्मेन ब्ल्याकवुड २२ रनमा आउट भए । काईस मेयर्स खाता खोल्न सकेनन् । जेसन होल्डरले तल्लोक्रममा १ सय ८ बलमा १० चौका सहित ५८ रनमा क्याच आउट भए । जोशुवा डि सिल्भा २० रनमा अविजित हुँदा केमार रोच १३ रनमा आउट भए ।

पाकिस्तानका मोहम्मद अब्बासले सर्वाधिक तीन विकेट लिएका छन् । शाहिन अफ्रिदीले दुई, हसन अली र फहिम अशरफ एक एक विकेट लिएका छन् ।

त्यसअघि सबिना पार्क जामिकामा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान पहिलो इनिङमा ७०.३ ओभरमा २ सय १७ रनमा अल आउट भयो । पाकिस्तानका फवाद आलमले १ सय १७ बलमा ६ चौका सहित सर्वाधिक ५६ रनको योगदान दिए ।

कप्तान बाबर आजम ३०, फहिम अशरफ ४४, मोहम्मद रिजवान २३, अजहर अली १७, हसन अली १४, इमरान बुट १७ र आबिद अली ९ रनमा आउट भए । वेस्टइन्डिजका जेसन होल्डर र जयडेन शेल्सले समान ३–३ विकेट लिए । केमार रोच २ र काइल मेयर्सले १ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.