default_image

9 years ago

November 6, 2016

नेपालले यू १९ एसिया कप क्रिकेटमा भाग लिने, तयारी शून्य

144 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – अर्को महिना श्रीलंकामा हुने यू–१९ एसिया कप क्रिकेटमा नेपालले भाग लिने भनिएपनि तयारी अहिले सम्म सुरु भएको छैन । एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनमा हुन लागेको एसिया कपमा टेष्ट मान्यता प्राप्त राष्ट्रसँगै नेपालले पनि सहभागिता जनाउन लागेको हो ।

acc-u-19-asia-cup
मंसिर २२ देखि पुस ७ ( डिसेम्बर १० देखि २२) हुने प्रतियोगितामा टेष्ट मान्यता प्राप्त राष्ट्र र अन्य आईसीसीका एसोसियट राष्ट्र गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागि टोलीलाई दुई समूहमा विभाजन गरी राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गराइनेछ । एक दिवसीय प्रतियोगितामा टेष्ट मान्यता प्राप्त आयोजक श्रीलंका, पाकिस्तान, भारत र बंगलादेशसहित एसोसियट राष्ट्रहरु नेपालसहित अफगानिस्तान, सिंगापुर र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् ।
केही महिना अघि एसिसी पुनः अस्तित्वमा आएपछि एसिसी कप आयोजनाले निरन्तरता पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) माथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले प्रतिबन्ध लगाएपछि अन्तर्राष्ट्रिय सहभागिताका लागि भने खुला गरेको छ । आइसिसीका प्रतियोगिता भाग लिनका लागि नेपालको खर्च आइसिसीले नेपाललाई दिदै आएको अनुदानबाट कटाउने गरेको छ । तर, एसिया कपमा हुने खर्च कसले गर्नेअहिले सम्म टुंगो लागेको छैन । जसका कारण नेपालले बन्द प्रशिक्षण त कता हो कता खेलाडी छनोट समेत पनि गर्न सकेको छैन ।
नेपालमा क्यानको दोहोरो अस्तित्व रहेपनि आइसिसीले प्रतिबन्ध लगाएको थियो । आइसिसीको टोलीले नेपालको पछिल्लो अवस्था बुझेर समाधानका लागि एउटा समिति बनाएपनि क्रिकेट विवाद समाधान भएको छैन । जसको असर नेपालको अन्र्राष्ट्रिय र घरेलु प्रतियोगितामा पर्दै आएको छ । एसीसी यू–१९ एसिया कप तेस्रो पटक आयोजना हुन लागेको हो । सन् २०१३/१४ मा युएइमा आयोजना भएको पछिल्लो संस्करण भारतले जितेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.