default_image

4 years ago

August 14, 2021

पारसको प्रधानमन्त्री देउवासँग भेट

201 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । पारसले शनिवार प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् ।

देउवाले दुई दशकमा नेपाली किकेटले हासिल गरेका सफलता, कहिल्यै नभुल्ते ती रोमाञ्चक जित र नेपाललाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेको भन्दै पारसलाई धन्यावाद दिएका छन् । ‘नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफता मिलोस् । सरकारको साथ र सहयोग सधैं रहने छ’, देउवाले भेटपछि सामाजिक सञ्जालमा भनेका छन् ।

प्रधानमन्त्रीबाट आगामी दिनमा नेपाली क्रिकेट विकास र सहयोगको आश्वासन पाएको पारसले जनाएका छन् । २०१९ मा नेपाली क्रिकेटको कप्तानी छाडेका पारसले दुई साताअघि खेलाडी जीवनबाट सन्न्यास लिएका थिए ।

नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी र कप्तान पारसले आफ्नो नेतृत्वमा नेपाललाई डिभिजन फाइभ देखि ओडिआई मान्यता तथा टि२० विश्वकप सम्मको ऐतिहासिक सफलता दिलाएका थिए । पारसले अव क्यान नेतृत्वमा जाने लक्ष्य राखेका छन् । त्यसको लागि पारसले तयारी थाल्न लागेका छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.