default_image

4 years ago

August 15, 2021

इपिएल खेल्ने खेलाडीको तलब बढ्यो

259 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा स्वदेशी खेलाडीको तलब २० प्रतिशतले बढ्ने भएको छ । आयोजकले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्वदेशी खेलाडीको तलब २० प्रतिशतले बढेको जनाएको छ । इपिएल आगमी असोज ९ देखि २३ (सेप्टेम्बर २५ देखि अक्टोबर ९) सम्म टियु मैदानमा चल्ने छ ।

कोरोना महामारीको कारण खेलाडीहरुको आर्थिक चुनौतिलाई ध्यानमा राख्दै २० प्रतिशतले तलब बढाएको इपिएलले जनाएको छ । इपिएलको अन्तिम संस्करण २०१८ मा भएको थियो । इपिएल अक्सन २०१७ मा भएको थियो । इपिएलको नियम अनुसार एक पटक अक्सन भएपछि तीन वर्ष त्यहिँ आधारमा चल्ने छ । सिजन सुरु हुनुअघि खेलाडी रिलिज र रिटेन (फुकुवा र अनुबन्ध) साथै किनबेच भने गर्न पाइन्छ । अक्सनको चार वर्षपछि आयोजकले २० प्रतिशत तलब बढाएका हो । २०१७ को अक्सनमा न्युनतम मूल्य ५० हजार देखि खेलाडी अधिक्तम १ लाख ७५ हजार रुपैयाँ सम्म पाएका थिए ।

चौथो संस्करण २०१९ मा हुनुपर्ने थियो । तर नेपाली क्रिकेटको ब्यस्त अन्तर्राष्ट्रिय कार्यतालिका कारण हुन सकेन । त्यसपछि लगातार स्थगित हुँदै आएको थियो । गतवर्ष चैतमा गर्ने तयारी गरेपनि कोरोना महामारीको कारण अन्तिम समयमा स्थगित भएको थियो । यस पटक भने आयोजकले समयमै आयोजना गर्ने गरि तयारी अघि बढाएको छ ।

फ्रेन्चाइज टोलीले पनि विदेशी खेलाडी अनुबन्ध गर्न थालेका छन् । काठमाडौं किंग्स ११ ले पाकिस्तानका स्टार पूर्वअलराउन्डर शाहिद अफ्रिदीलाई अनुबन्ध गरि सकेको छ । भैरहवा ग्ल्याडियटर्सले श्रीलंका विकेटकिपर दीनेश चान्डिमल, चितवनले पाकिस्तानका डानिस अजिजको नाम सार्वजनिक गरि सकेको छ ।

 प्रतियोगिताम विराटनगर वारियर्स, काठमाडौं किंग्स ११, चितवन टाइगर्स, ललितपुर प्याट्रियट्र्स, भैरहवा ग्ल्याडियटर्स र पोखरा राइनोज गरि ६ सहरका ६ फ्रेन्चाइज टोली छन् । पछिल्लो पटक २०१८ को इपिएलको फाइनलमा ललितपुरले भैरहवालाई १४ रनले हराउँदै उपधि जितेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.