default_image

4 years ago

August 19, 2021

टि२० विश्वकपमा भारतको सम्भावित टोली

158 views

0 Bookmark

भारत आगामी अक्टोबर-नोभेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा हुने टि२० विश्वकप उपाधिको बलियो दाबेदार टोली हो । भारतले सन् २००७ को पहिलो संस्करणको टि२० विश्वकप उपाधि जितेको थियो । यस पटक भारत दोस्रो टि२० विश्वकप उपाधि जित्ने सोचमा छ ।

विश्व क्रिकेटमा भारतले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । २०१३ पछि आइसिसीको प्रतियोगिता जित्न नसकेको भारतलाई उपाधि दबाब पनि छ । भारतमा खेलाडीबीच टोलीमा स्थान बनाउन उच्च प्रतिस्पर्धा छ । त्यसैले कप्तान, प्रशिक्षक र छनोट समितिलाई विश्वकप खेल्ने टोली निर्धारण गर्न सहज हुने छैन ।

विश्वकप अघि आइपिएल २०२१ को बाँकी खेल सेप्टेम्बर १९ देखि अक्टोबर १५ सम्म चल्नेछ । टि२० विश्वकप अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म चल्ने छ । भारतले आइपिएल सुरु हुनुअघि वा आइपिएल प्रदर्शन हेरेर अन्तिम टोली घोषणा गर्ने अन्यौल छ । भारत सुपर १२ को समूह बी मा छ । भारतसँगै न्युजिल्यान्ड, पाकिस्तान, अफगानिस्तान, पहिलो चरणको समूह बी को विजेता र समूह एको उपविजेता रहने छन् । भारतले सेमिफाइनलमा स्थान बनाउन न्युजिल्यान्ड र पाकिस्तान मध्य एकलाई पछि पार्नुपर्ने हुन्छ । यूएई पाकिस्तानको घरेलु मैदान हो । न्युजिल्यान्ड शक्तिशाली टोली हो ।

आइसिसीको प्रतियोगितामा १५ खेलाडी भन्दा बढी टोलीमा राख्न पाइदैन । पछिल्लो समय खेलाडीको लय, अनुभव, अन्तर्राष्ट्रिय, घरेलु, आइपिएलको प्रदर्शन, क्षमता, रणनीति लगायत सबै पक्षलाई हेर्दा भारतको टि२० विश्वकप खेल्ने अन्तिम टोली यस्तो हुन सक्छ ।

ओपनर :

रोहित शर्मा

रोहित भारतीय टोलीका एक सर्वोत्कृष्ट ब्याट्सम्यान हुन् । रोहितको विश्वकपमा स्थान पक्का छ । रोहित टि२० आईमा चार शतक प्रहार गर्ने विश्वको एक्लो ब्याट्सम्यान हुन् । ओडिआईमा तीन दोहोरो शतक प्रहार गर्ने दुर्लभ कीर्तिमान रोहितको नाममा छ । उनी आक्रामक र ठूलो इनिङका लागि विश्व प्रसिद्ध ब्याट्सम्यान हुन् । टि२० आईका सर्वाधिक रन बनाउने तेस्रो खेलाडी हुन् ।

रोहितले १ सय ११ टि२० आई खेलमा चार शतक र २२ अर्धशतक सहित कुल २ हजार ८ सय ६४ रन बनाएका छन् । कतिपय क्रिकेट विज्ञले रोहित टि२० आईमा दुई सय रन बनाउन सक्ने क्षमता भएको खेलाडी पनि बताउछन् । रोहित भारतको सिमित ओभरको उपकप्तान हुन् । आइपिएलका सर्वाधिक सफल कप्तान रोहित भारतीय ब्याटिङका खम्बा हुन् । रोहित जमेपछि हतपत आफ्नो विकेट गुमाउँदैनन् ।

लोकेश राहुल (केएल)

भारतीय क्रिकेटमा राहुलले ओपनर देखि तल्लोक्रमसम्म उच्च प्रदर्शन गरि रहेका छन् । विश्वकपमा उनको स्थान पक्का छ । पन्जाब किंग्सका कप्तान राहुलले २०२० का आइपिएलमा ६ सय ७० रनका साथ ओरेन्ज क्याप जितेका थिए । राहुलले टि२० आईमा इंग्ल्यान्ड र वेस्टइन्डिज जस्ता बलिया टोलीविरुद्ध शतक प्रहार गरेका छन् । राहुल ओडिआई डेब्यूमै शतक प्रहार गर्ने पहिलो भारतीय क्रिकेटर हुन् । उनको प्रदर्शनमा जिम्मेवारी पाइन्छ । पाएका अवसरमा उत्कृष्ट प्रदर्शनका साथ स्थान पक्का गरेका राहुल विश्वकपमा पनि उच्च प्रदर्शन गर्न चाहन्छन् ।

पृथ्वी शा

युवा ओपनर शाले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरि रहेका छन् । भारतलाई यू१९ विश्वकप जिताएका कप्तान शाले आइपिएलको सुरुवाती खेलमा उत्कृष्ट लयका साथ ८ खेलमा ३ सय ८ रन जोडेका थिए । दिल्लीबाट आइपिएलमा राम्रो प्रदर्शन गर्दै आएका छन् ।

शा आक्रामक ब्याटिङका लागि चर्चित युवा ब्याट्सम्यान हुन् । श्रीलंका भ्रमणमा शाले आक्रामक ब्याटिङ गर्दै विश्वकपमा आफ्नो सम्भावना अझ सहज बनाएका छन् । आइपिएलमा कोरोना कारण स्थगित हुनुअघि कोलकाताविरुद्ध ८२ रनको इनिङ खेल्नेक्रममा शिवम माभीलाई एकै ओभरमा ६ चौका प्रहार गरेका थिए ।

निडर स्वभावका शा आक्रामक ब्याटिङ गर्न रुचाउँछन् । पावर प्लेमा भरपुर फाइदा उठाउँदै टोलीलाई उत्कृष्ट सुरुवात दिन सक्छन् । शिखर धवन आक्रामक ब्याटिङ कमै गर्छन् । त्यसैले शाको सम्भावना बढी छ ।

मध्यक्रम :

विराट कोहली

कोहली जब सम्म क्रिजमा रहन्छन् तब सम्म हरेक विपक्ष्य टोलीलाई डर हुन्छ । हतपत कोहली हार मान्दैनन् । कोहली तीनै शैलीका वर्तमान समयका एक सर्वोत्कृष्ट ब्याट्सम्यान हुन् । टि२० आई इतिहासमा सर्वाधिक धेरै रनको कीर्तिमान कोहलीको नाममा छ । कोहलीले ९० खेलमा ३ हजार १ सय ५९ रन जोडेका छन् ।

प्रमुख ब्याट्सम्यान कोहलीको उत्कृष्ट प्रदर्शन विना भारतलाई उपाधिको लागि कठिन देखिन्छ । कोहलीको प्रदर्शनसँगै कप्तानी पनि महत्वपूर्ण रहने छ । कोहली आफ्नो उत्कृष्ट प्रदर्शनमा उपाधि खडेरी तोड्ने सोचमा छन् ।

सूर्यकुमार यादव

विश्वकपमा सूर्यको स्थान निश्चित जस्तै छ । सूर्यलाई भारतीय क्रिकेटका एवि डिभिलियर्स पनि भनिन्छ । उनी आक्रामक ब्याटिङको लागि चर्चित भारतीय खेलाडी हुन् । आइपिएलमा मुम्बई इन्डियन्समा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । गत मार्चमा भारतीय टि२० टोलीमा डेब्यू गर्दै इंग्ल्यान्डविरुद्ध ५७ रन जोड्दै प्लेयर अफ द म्याच चुनिएका थिए ।

भारतबाट उनले टि२० आईमा खेलेको तीन मध्य दुईमा अर्धशतक छ । केहि साता अघि श्रीलंका भ्रमणमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । ओडिआई सिरिजमा प्लेयर अफ द सिरिज चुनिएका थिए । भारतको मध्यक्रममा सूर्य सर्वाधिक ठूलो आशा र विपक्ष्यलाई घातक खेलाडी हुन् ।

श्रेयस ऐर वा ईशान किशन

श्रेयस ऐर

युवा ब्याट्सम्यान श्रेयस ऐर वा ईशान किशन मध्य एकको विश्वकप टोलीमा सम्भावना छ । चोटका कारण ऐरले यस सिजनको आइपिएल सुरुवाती खेलेका थिएनन् । उनी पछिल्लो दुई वर्षदेखी भारतीय मध्यक्रम ब्याटिङ समाधानको रुपमा उभिदै आएका छन् । दिल्ली क्यापिटल्सका कप्तान ऐर राम्रो पूनरागमनको साथ विश्वकप टोलीमा पर्न चाहन्छन् । भारतीय क्रिकेटमा फिटनेश निकै महत्वपूर्ण रुपमा लिइन्छ । उनको लय र फिटनेश विश्वकपमा स्थान निर्भर रहने छ ।

ऐर फिट नभए किशनको सम्भावना छ । मुम्बईका स्टार विकेटकिपर ब्याट्सम्यान किशनले भारतीय टोलीबाट गज्जवको प्रदर्शन गर्दै अएका छन् । गतवर्ष बेंगलोरविरुद्ध उनले खेलेको ९९ रनको इनिङ आइपिएलको यादगार प्रदर्शन थियो । विकेटकिपर ब्याट्सम्यान भएको हुँदा उनी रणनीतिमा पनि अघि पर्न सक्छन् ।

उनी भारतबाट टि२० आई र ओडिआई डेब्यू खेल दुबैमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । बायाँ हाते ईशान विकेटकिपरसँगै ओपनिङ देखि तल्लोक्रमसम्म प्रयोग गर्न सक्ने क्षमता भएका खेलाडी हुन् । विकेटकिपरमा राम्रो विकल्प पनि हुन् ।

तल्लोक्रम वा फिनिसर :

ऋषभ पन्त

विश्वकपमा पन्त टोलीको पहिलो रोजाईको विकेटकिपर र फिनिसर हुन् । पन्त आक्रामक र ठूला सटको लागि विश्व चर्चित युवा ब्याट्सम्यान हुन् । बायाँ हाते ब्याट्सम्यान पन्तले एकै ओभरमा खेललाई मोड्न सक्ने सम्मको क्षमता राख्छन् । एक हातले छक्का प्रहारको क्षमता राख्छन् । पन्त टि२० विशेष ब्याट्सम्यान हुन् । पन्त विना भारतको टि२० विश्वकप टोलीको कल्पना गर्न सकिदैन । उपाधि जित्ने सोचमा रहेको भारत पन्त आफ्नो शैलीको प्रदर्शन चाहन्छ ।

हार्दिक पान्ड्या

हार्दिक वर्तमान समयका एक उत्कृष्ट अलराउन्डर हुन् । कठिन र दबाबमा पनि ठूला सर्टको साथ खेललाई मोड्न सक्छन् । हार्दिक पछिल्लो समय बलिङ नगरेको कारण भारतीय टोलीबाट टेस्ट च्याम्पियनसिप फाइनल खेल्न पाएनन् । हार्दिकले बलिङ गर्न सुरु गरि सकेका छन् । मध्यगतिमा बलिङ गर्ने हार्दिक टोलीमा भरपर्दा अलराउन्डर र फिनिसर हुन् । हार्दिक ठूला ठूला सटले विपक्ष्यलाई दबाबमा राख्ने गर्दछ । जस्तो सुकै कठिन अवस्थामा पनि छक्का प्रहार प्रयास गर्छन् ।

स्पिनर :

रविन्द्र जडेजा

जडेजा स्पिन अलराउन्डरको रुपमा विश्वकप खेल्ने निश्चित छ । उनी भारतीय टोलीका पहिलो रोजाईका स्पिन अलराउन्डर हुन् । जडेजामा ब्याटिङ, बलिङसँगै फिल्डिङ मार्फत पनि खेल जिताउन सक्ने खुबी छ । आक्रामक ब्याटिङका लागि परिचित जडेजा स्पिन पनि त्यतिनै राम्रो गर्दछन् । जडेजामा राम्रो अनुभव पनि छ । उनले ५४ टेस्ट, १ सय ६८ ओडिआई र ५० टि२० आई खेलेका छन् । युएईको पिच स्पिनर सहयोगी हुँदा जडेजा अझ बढी प्रभावकारी हुन सक्छन् ।

युजभेन्द्र चहल

चहलले विश्वकप खेल्ने निश्चित छ । लेगस्पिनर चहल म्याच विनर खेलाडी हुन् । भारतका पहिलो रोजाईका स्पिनर चहलले ४९ टि२० आईमा ६३ विकेट लिएका छन् । उत्कृष्ट प्रदर्शन ६–२५ छ । चहलले आफ्नो गुगली र लेगस्पिनमा विपक्ष्य टोलीको मध्यक्रम धरासय बनाउने गर्दछन् । मध्यक्रमका उनले लगातार विकेट लिदै दबाबमा राख्ने गर्दछन् ।

राहुल चाहर

राहुल चाहरको दोस्रो स्पिनरको रुपमा सम्भावना बढी छ । कुलदीप यादवको प्रदर्शन पछिल्लो समय राम्रो हुन नसकेपछि चाहरको सम्भावना प्रबल छ । चाहरले श्रीलंका भ्रमणमा पनि राम्रो प्रभाव छाडे । आइपिएल २०२१ चाहरले ७ खेलमा ११ विकेट लिएका थिए । चाहरले वासिन्टन सुन्दर, बरुण चक्रवर्ती, कुलदीप यादव लगायत खेलाडीलाई पछि पार्दै विश्वकपमा स्थान बनाउन सक्छन् ।

तीव्र गतिको बलिङ युनिट :

जस्प्रित बुमराह

जस्प्रित बुमराह भारतका प्रमुख बलर हुन् । योर्करका लागि माहिर बुमराह बलमा धेरै ब्याट्सम्यान रन बनाउन भन्दा पनि विकेट बचाउन ध्यान दिन्छन् । स्टार ब्याट्सम्यानलाईनै उनको बल खेल्न धौ धौ पर्छ । बुमराह वर्तमान समयमा विश्वका उत्कृष्ट डेथ ओभर स्पेलिष्ट बलर हुन् ।

एकल उत्कृष्ट प्रदर्शनमा उनले टोलीको जित सहज बनाउन सक्छन् । उनको आइपिएल र भारतीय टोलीमा प्रदर्शन गज्जव छ । उनले २२ टेस्टमा ९५, ६७ ओडिआईमा १ सय ८ र ४९ टि२० आईमा ५९ विकेट लिएका छन् ।

दीपक चाहर

तीव्र गतिका बलर दीपक चाहरको पनि विश्वकपमा सम्भावना बलियो छ । दीपकले पावर प्लेमा नयाँ बलको साथ राम्रो स्वींग गराउने गर्दछन् । दीपक टि२० आई इतिहासमा एकै खेलमा सर्वोत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन् । दीपकले भारतबाट १४ खेलमा २० विकेट लिएका छन् । उत्कृष्ट प्रदर्शन ३.२ ओभरमा ७ रन खर्चेर ६ विकेट छ । जुन टि२० इतिहासकै सर्वोत्कृष्ट प्रदर्शन हो ।

मोहम्मद शामी वा टि नटराजन

बायाँ हाते तीव्र गतिका बलर मोहम्मद शामी स्वींग र योर्करका लागि परिचित छन् । शामी भारतीय क्रिकेटमा तीव्र गतिका सर्वाधिक अनुवभी खेलाडी हुन् । २०२० को आइपिएलमा पन्जाबबाट मुम्बईबिरुद्ध डबल सुपर ओभरमा पुर्याउन शामी नायक बनेका थिए । पहिलो सुपर ओभरमा मुम्बईलाई पाँच रनमा रोक्दै दोस्रो सुपर ओभर गराउन शामीले ६ बलनै योर्करका साथ मात्र पाँच रन खर्चेका थिए ।

तर टि२० आई क्रिकेटमा उनले १२ खेलमा १२ विकेट लिएका छन् । इकोनमी झण्डै दशको छ । जसको कारण शामीको स्थानमा भारतले टि नटराजलाई पनि मौका दिन सक्छ । नटराजन योर्करका लागि चर्चित बलर हुन् । नटराजन ६ बलमा ६ नै योर्कर राख्ने क्षमता राख्छन् ।
सनराइजर्स हैदराबादबाट आइपिएल हुँदै गत वर्ष डिसेम्बरमा टि२० आईमा डेब्यू गरेका थिए ।

उनी चोटका कारण गत मार्चमा इंग्ल्यान्ड भ्रमणको बेला बाहिरिएका थिए । केहि महिना अघि नटराजनले खुट्टाको घोडा (केन) सर्जरी गरेका थिए । जसको कारण उनको विश्वकप सहभागिता फिटनेश र लयमा निर्भर रहने छ ।

भुवनेश्वर कुमार

भुवनेश्वर कुमारको सम्भावना पनि बलियो छ । भुवनेश्वर पावर प्लेमा राम्रो बलिङ गर्ने गर्दछन् । राम्रो अनुभवी बलर समेत हुन् । उनी स्वींगका लागि चर्चित छन् । दबाबमा अनुभवी खेलाडीले आफ्नो अनुभवको फाइदा उठाउँदै राम्रो प्रदर्शन गर्छन् । श्रीलंका भ्रमणमा भुवनेश्वरले राम्रो प्रदर्शन गर्दै विश्वकपमा स्थान थप सहज बनाएका थिए ।

विश्वकपमा सम्भावित भारतको टिम : रोहित शर्मा (उपकप्तान), लोकेश राहुल , पृथ्वी शा, विराट कोहली (कप्तान), सूर्यकुमार यादव, श्रेयस ऐर/ईशान किशन, हार्दिक पान्ड्या, ऋषभ पन्त (विकेटकिपर), रविन्द्र जडेजा, दीपक चाहर, राहुल चाहर, युजभेन्द्र चहल, जस्प्रित बुमराह, भुवनेश्वर कुमार, मोहम्मद शामी/टि नटराजन

(एजेन्सीको सहयोगमा)

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.