default_image

4 years ago

August 19, 2021

टि२० स्टार मलान टेस्ट टोलीमा फर्किए

175 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका चर्चित टि२० स्टार ब्याट्सम्यान डेविड मलानले तीन वर्षपछि टेस्ट क्रिकेटमा पूनरागमन गरेका छन् । भारतसँग हुने तेस्रो टेस्ट सिरिजको लागि इंग्ल्यान्डले मलानलाई टोलीमा बोलाएको छ ।

३३ वर्षिय बायाँ हाते ब्याट्सम्यान मलानले अन्तिम पटक २०१८ अगष्टमा भारतविरुद्धनै टेस्ट खेलेका थिए । आइसिसी टि२० वरीयता शीर्षक्रमका ब्याट्सम्यान मलानले इंग्ल्यान्डबाट १५ टेस्ट खेलि खेलेका छन् । २०१७ मा दक्षिण अफ्रिकाविरुद्ध डेब्यू गरेका थिए । उनले टेस्टमा एक शतक र ६ अर्धशतक सहित कुल ७ सय ४० रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन २०१७ मा अष्ट्रेलियाविरुद्ध १ सय ४० रन छ ।

कमजोर शीर्षक्रम ब्याटिङ सुधारको कारण इंग्ल्यान्डले मलानलाई टोलीमा बोलाएको हो । मलानले टि२० क्रिकेटमा लगतार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले ३० टि२० खेलमा एक शतक र ११ अर्धशतक सहित १ हजार १ सय २३ रन बनाएका छन् । २ सय ४६ टि२० खेलमा ५ शतक र ४० अर्धशतक सहित ६ हजार ६ सय ४५ रन बनाएका छन् । मलानबाट इंग्ल्यान्डले शीर्षक्रममा उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको छ ।

इंग्ल्यान्डले खराब लयमा रहेका डोम सिब्लेलाई टोलीबाट ड्रप गरेको छ । त्यस्तै युवा ब्याट्सम्यान ज्याक क्रली पनि टोलीबाट बाहिरिएका छन् । सिमित ओभरमा राम्रो छाप छाडेका तीव्र गतिका बलर सकिब मोहम्मदलाई पनि टेस्ट टोलीमा बोलाएको छ ।

पछिल्लो समय इंग्ल्यान्ड टेस्टमा कप्तान जो रुटमा ब्याटिङमा धेरै निर्भर छ । दोस्रो टेस्टको पहिलो इनिङमा रुटले १ सय ८० रनको उत्कृष्ट अविजित शतकीय इनिङ खेलेका थिए । तर दोस्रो इनिङमा कमजोर ब्याटिङका साथ १ सय ५१ रनले पराजित हुन पुगेको थियो । मलानले ओपनर रोरी बन्र्सका साथ ओपनिङ गर्ने सम्भावना छ । ओपनिङ नगरे तेस्रो नम्बर निश्चित छ । तेस्रो नम्बरमा हसिब हमिदको स्थानमा ओली पोपलाई मैदान उतार्ने सम्भावना छ ।

पाँच वर्षपछि टेस्टमा पनूरागमन गर्दै दोस्रो टेस्ट खेलका हमिद पहिलो इनिङमा गोल्डेन डक र दोस्रोमा ९ रनमा आउट भएका थिए । पाँच टेस्ट सिरिजमा भारतले १–० को अग्रता लिएको छ । पहिलो टेस्ट बराबरीमा सकिएको थियो । तेस्रो टेस्ट २५ अगष्ट देखि लिड्समा सुरु हुने छ ।


इंग्ल्यान्डको टोली : जो रुट (कप्तान), मोईन अली, जेम्श एन्डरसन, जोनी बेयरस्टो, रोरी बन्र्स, जस बटलर, साम करन, हसिब हमिद, ड्यान लरेन्स, सकिब मोहम्मद, डेविड मलान, क्रेग ओभरटन, ओली पोप, ओली रोबिन्सन र मार्क वुड ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.