default_image

4 years ago

August 20, 2021

इपिएलको प्रायोजक र ब्रोडकास्ट पार्टनर सार्वजनिक

218 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना आयोजना हुने बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपिएल) को देश भित्र प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने भएको छ । कीर्तिपुरस्थित टियू मैदानमा असोज ९ देखि २३ गते सम्म इपिएलको चौथो संस्करण आयोजना हुँदैछ ।

इपिएलको साझेदार एडप्याडले प्रसारण अधिकारमा हिमालय टेलिभिजनसहित अन्य प्रायोजकसँग शुक्रबार सम्झौता पत्र आदान प्रदान गरेको छ । एडप्याडका सुरज गिरी र हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले सम्झौता पत्र आदान प्रदान गरे । डिजिटल प्लाटफर्ममा प्रत्यक्ष प्रसारणका लागि भने इपिएलले यसअघि नै ओएसआर स्पोर्टस्सँग सम्झौता गरिसकेको छ ।

हिमालय टेलिभिजनले यसअघि दुई पटक पोखरा प्रिमियर लिग (पिपिएल) को प्रत्यक्ष प्रसारण गरेको थियो । त्यस्तै नेपाल, नेदरल्यान्ड्स र मलेसियासम्मिलित त्रिकोणात्मक श्रृखंलाको पनि प्रत्यक्ष प्रसारण गरेको थियो । एडप्याडले इपिएल संस्थापक आमिर अख्तरसँग पनि सम्झौता पत्र आदान प्रदान गर्यो ।

त्रिवेणी ग्रुपका निर्देशक आदित्य सांघाई, अ‍ोएसआर स्पोर्ट्सका प्रबन्ध निर्देशक अ‍ोम अग्रवाल, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, डाबर नेपालका बजार व्यवस्थापन प्रमुख अभय गोर्खाली र एड रिलिजका दीपक कोइरालाले सम्झौता पत्र आदान प्रदान गरेका थिए ।

इपिएलको यसपटकको सिजनमा पाकिस्तानी क्रिकेट खेलाडी शाहिद अफ्रिदि काठमाडौँ किंग्स–११ र श्रीलंकाका पूर्वकप्तान दिनेश चण्डीमाल भैरहवा ग्ल्याडिएटर्सबाट खेल्ने सम्बन्धित टोलीले यसअघि नै जानकारी गराइसकेका छन् । पाकिस्तानी दानीश अजिज चितवन टाइगर्सबाट खेल्दैछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.