default_image

4 years ago

August 24, 2021

राष्ट्रिय टोलीमा पूनरागमन गरेका चार खेलाडी

185 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले यसै महिना ओमानमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान, अमेरिकासँग खेल्ने त्रिकोणात्मक ओडिआई सिरिज र पपुवा न्युगिनीविरुद्ध हुने दुई ओडिआई खेलको लागि टोली घोषणा गरेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले युवा तीव्र गतिका बलर गुलशन झालाई पहिलो पटक समेट्दै अन्तिम १७ सदस्य टोली घोषणा गरेको छ ।

त्रिकोणात्मक सिरिज अघि तयारीको लागि नेपालले पपुवा न्युगिनी (पिएनजी) सँग दुई ओडिआई खेल्ने छ । नेपाली टोली भदौ आठमा ओमानतर्फ लाग्ने छ । नेपालले पिएनजीसँग पहिलो ओडिआई खेल भदौ २० (सेप्टेम्बर पाँच)मा खेल्नेछ । दोस्रो ओडिआई भदौ २३ सेप्टेम्बर (आठ) मा खेल्नेछ । त्यसपछि खेलाडीले चार दिन विश्राम गर्नेछ । नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज भदौ २८ देखि असोज ४ (सेप्टेम्बर १३ देखि २०) सम्म खेल्ने छ । खेल तालिका भने सार्वजनिक भएको छैन ।

घोषणा टोलीमा चार खेलाडीले पूनरागमन गरेका छन् । नेपाली टोलीमा अनुभवी ब्याट्सम्यान शरद भेषावकर, युवा ब्याट्सम्यान रोहित कुमार पौडेल, तीव्र गतिका बलर विक्रम सोब र अलराउन्डर पवन सरार्फले पूनरागमन गरेका हुन् । त्यस्तै आसिफ शेख र कुशल भुर्तेल पहिलो पटक ओडिआई टोलीमा परेका छन् । गत वैशाखमा घरेलु मैदान टियुमा भएको नेदरल्यान्ड्स र मलेसियाविरुद्ध टि२० त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका आसिफ र कुशल भुर्तेलले ओडिआईमा स्थान बनाएका हुन् ।

राष्ट्रिय टोलीमा पूनरागमन गरेका चार खेलाडीबारे छोटकरीमा जानकारी

शरद भेषावकर (ब्याट्सम्यान)

सर्वाधिक अनुभवी ब्याट्सम्यान शरदले नेपालबाट अन्तिम पटक २०२० फेब्रुअरीमा आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्ध टियु क्रिकेट मैदानमा खेलेका थिए । ओमानविरुद्ध पहिलो खेलमा ५५ रन जोडेका शरद बायाँ हिपको मांशपेशीको दुखाईको कारण त्यसपछि त्रिकोणात्मक सिरिज गुमाएका थिए ।

लगत्तै नेपालले एसिसी इस्टर्न रिजनको लागि थाईल्यान्ड भ्रमण गर्दा टोलीमा पर्न सकेनन् । गत वैशाखमा नेपालमा भएको त्रिकोणात्मक टि२० आई सिरिजमा पनि शरद थिएनन् । गत माघमा भएको प्रधानमन्त्री कपमा नेपाल एपिएफ क्लबको कप्तानी गर्दै ६ खेलमा ७५ रन जोडेका थिए । पूर्व कप्तान पारसको सन्न्याससँगै मध्यक्रममा शरदको जिम्मेवारी र प्रर्दशन निकै महत्वपूर्ण हुने छ ।

विक्रम सोब (बलर)

तीव्र गतिका बलर विक्रम सोब लामो समयदेखि नेपाली टोलीमा डेब्यूको प्रतीक्षामा छन् । विक्रम घरेलु प्रतियोगितामा राम्रो प्रदर्शनको साथ चार वर्षपछि पूनरागमन गरेका हुन् । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशिप २०१५–१७ अन्तर्गत २०१६ मा उनी नेदरल्यान्ड्स भ्रमण गरेका थिए ।

२०१७ मा विक्रम यूएई भ्रमणमा गएका थिए । तर खेल्ने मौका पाएनन् । गत माघमा त्रिभुवन आर्मी क्लबलाई प्रधानमन्त्री कप उपाधि दिलाउन विक्रमले उत्कृष्ट प्रदर्शन गरेका थिए । २९ वर्षिय विक्रम तल्लोक्रममा ब्याटिङको क्षमता पनि राख्छन् । विक्रम यस पटक नेपाली टोलीमा डेब्यू गर्ने सोचमा छन् ।

पवन सरार्फ (अलराउन्डर)

युवा स्टार पवन सरार्फले नेपाली टोलीमा झण्डै डेढ वर्षपछि पूनरागमन गरेका हुन् । पवनले पछिल्लो पटक नेपालबाट २०२० मार्चमा थाईल्यान्डमा भएको एसिसी इस्टर्न रिजन टि२० छनोट प्रतियोगिता खेलेका थिए । त्यसपछि कोरोना कारण लामो समय अन्तर्राष्ट्रिय खेल भएन ।
गत वैशाखमा घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजमा पवनले अन्तिम टोलीमा स्थान बनाउन सकेका थिएनन् ।

पवन स्पिन बलिङसँगै राम्रो ब्याटिङको क्षमता राख्छन् । गत प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबबाट लुम्बिनी प्रदेशविरुद्ध पवनले १३ बलमै अर्धशतक बनाउँदै घरेलु क्रिकेटको सर्वाधिक छिटो ५० रन पूरा गर्ने कीर्तिमान बनाएका थिए । पवनले घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन् । पवनको भूमिका नेपाली टोलीमा स्पष्ट छैन । यस पटक पारस खड्काले सन्न्यास लिएको हुँदा उनको स्थानमा मौका पाउने सम्भावना छ ।

रोहित कुमार पौडेल (ब्याट्सम्यान)

युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले नेपाली टोलीमा डेढ वर्षपछि पूनरागमन गरेका हुन् । रोहितले पछिल्लो पटक गतवर्ष फेब्रुअरीमा नेपालमा भएको त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत ओमानविरुद्ध खेलेका थिए । तर त्यसपछि उनले नेपाली टोलीमा मौका पाउन सकेननन् ।

युवा खेलाडीका भरपर्दा ब्याट्सम्यान रोहित कुशल मल्ल अघि ओडिआईमा सर्वाधिक कम उमेरमा अर्धशतक प्रहार गर्ने ब्याट्सम्याान थिए । रोहित २०१९ जनवरीमा यूएईविरुद्ध दोस्रो ओडिआईमा ५५ रनको इनिङ खेल्दै उक्त कीर्तिमान बनाएका थिए । नेपाललाई ओडिआई मान्यता दिलाउन रोहितको डिभिजन टु मा प्रदर्शन निकै महत्वपूर्ण छ । त्रिभुवन आर्मी क्लबबाट घरेलु क्रिकेट खेल्ने औसत प्रदर्शन गर्दै आएका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.