4 years ago
August 22, 2021
काठमाडौं (हाम्रो खेलकुद)– अफगानिस्तानका विष्फोटक ब्याट्सम्यान मोहम्मद शाहजादले आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । चितवन टाइगर्सबाट गतवर्षनै विदेशी खेलाडीको रुपम घोषणा भएका शाहजदले इपिएल खेल्ने पक्का भएको हो ।

अफगानिस्तानका विष्फोटक ओपनर तथा विकेटकिपर मोहम्मद शहजादले एकै दिनमा टि ट्वान्टीमा २ अर्ध शतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेका छन् । सन् २०१७ उनले को जनवरीमा विहान ओमान र बेलुका आयरल्यान्डसँग फाइनलमा अर्ध शतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेका थिए ।
शाहजादले विष्फोटक ब्याटिङको लागि विश्व क्रिकेटमा परिचित छन् । अफगानिस्तानलाई टेष्ट मान्यता दिलाउन उनको योगदान महत्वपूर्ण छ । उनले २ टेष्टमा ६९, ८४ ओडीआईमा ६ शतक र १४ अर्ध शतक सहित कुल २ हजार ७ सय २७ तथा ६५ टि ट्वान्टीमा १ शतक सहित १ हजार ९ सय ३६ रन बनाएका छन् ।
शहजादको टि ट्वान्टीआईमा स्टाइक रेट १३४ छ । सन् २०१६ मा शाहजादले जिम्बावेसँगको टि ट्वान्टी खेलमा ६७ बलमा १० चौका र ८ छक्का १ सय १८ रनको शतकीय इनिङ खेलेका थिए । शाहजादले अफगानिस्तान क्रिकेट बोर्डसँग तितो सम्बन्धको कारण २०१९ को एकदिवसिय विश्वकपदेखि प्रतिबन्धको कारण टोलीमा छैनन् ।

चितवनमा सोमपाल कामीसँगै दिलिप नाथ, सन्दीप सुनार, साहब आलम, ललित भण्डारी, कमल सिंह ऐरी, भीम सार्की, सागर ढकाल, आदिल खान, ईशान पाण्डे र खडक बोहरा स्वदेशी खेलाडी रहेका छन् । यसअघि विदेशी खेलाडीको रुपमा पाकिस्तानमा दानिश अजिजको नाम पनि चितवनले सार्वजनिक गरेको छ । उनले बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, अबुधावी ट्वान्टी–१० लिग, अफगानिस्तान प्रिमियर लिग लगायत विदेशी लिग खेलेका छन् ।
‘काठमाडौंमा छक्का वर्षा गर्नलाई आत्तुर छु । नेपालका प्रशंसकहरु विश्वकै धैर्यवान प्रशंसक हुन् । चितवनबाट खेलेर सबैलाई मनोरञ्जन प्रदान गर्न तयार छु,’ मोहम्मद शाहजादले चितवनम अनुबन्धपछि प्रेस विज्ञप्तिमा भनेका छन् ।
‘गत वर्ष जहा टुंगिएको थियो, त्यहीबाट शाहजादलाई निरन्तरता दिन पाउँदा हामी निकै उत्साहित छौं । उनी एक स्थापित अन्तर्राष्ट्रिय क्रिकेटर रहेकाले उनको अनुभवलेटाइगर्सको युवा ब्याटिब लाइनअपलाई उत्साह र अनुभव प्रदान गर्नेछ,’ चितवन टाइगर्सकी अप्रेसन डाइरेक्टर विनिता चौधरी भट्टराईले भनेकि छिन् ।
इपिएल आगमी असोज ९ देखि २३ सम्म टियु मैदानमा हुने छ । सोमपाल कामीले चितवनको कप्तानी गर्ने छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]