default_image

4 years ago

August 22, 2021

धादिङ जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन

160 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धादिङ जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन भएको छ । आईतबार धादिङ बेसीमा भएको भेलाले दीपेश कँडेलको अध्यक्षतामा तदर्थ समिति गठन गरेको । योसँगै नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय सदस्यता प्राप्तको लागि धादिङलाई बाटो खुलेको छ ।

लामो समयदेखि धादिङ क्रिकेट विकासमा सक्रिय रुपमा लागि परि रहेका युवा क्रिकेटप्रेमी दीपेश निर्विरोध रुपमा अध्यक्षमा चयन भएका थिए । दीपेशको अध्यक्षतामा १५ सदस्य जिल्ला तदर्थ समिति गठन भएको छ । ‘राजधानीको नजिकै भएर पनि धादिङ क्रिकेट संघ नभएको अवस्थामा धेरै गाह्रो थियो । आज तदर्थ समिति गठन भएको छ । हामीले क्यानबाट मान्यता नपाएपनि विभिन्न प्रतियोगिता यहि समितिबाट जिल्ला खेलकुदमा दर्ता गर्ने, सञ्चालन तथा सक्रिय रुपमा सञ्चालन गर्ने र्छौ’, अध्यक्ष दीपेशले हाम्रो खेलकुदसँग कुरा गर्दै भने ।

‘प्रतियोगिता आयोजना गर्ने । सबै स्थायिनतहहरुसँग आफ्नो माग राख्ने र विभिन्न योजनाहरु लैजाने निर्णय गरेका छौं । हामीले धादिङका सबै स्थानियतह ११ गाउँपालिका र दुई नगरपालिकासँग एकेडेमी सञ्चालन देखि प्रतियोगिता आयोजना गर्नसम्म समन्वय र सहकार्य गर्दै अगाडि बढ्नेछौं’, दीपेशले भने । चाँडैनै प्रदेश हुँदै केन्द्रमा दर्ता गराउँदै बैधानिकतातार्फ लैजाउने उनले सुनाए । ‘एउटा राम्रो टिम निर्माण गरेका छौं । यो टिमले आगमी दिनमा धेरै राम्रो काम गर्ने छ’, उनले भने ।


उक्त कार्यक्रममा धादिङ खेलकुद विकास समितिका अध्यक्ष प्रताप तामाङ, जिल्ला पत्रकार महासंघका अध्यक्ष राजाराम शर्मा, विभिन्न क्लबका प्रतिनिधि र खेलप्रेमीहरु लगायतको सहभागिता थियो । तदर्थ समितिको उपाध्यक्षमा नारायण सिलवााल, महासचिवमा मनिष दुवाडी, सचिवमा सन्दीप सापकोटा र कोषाध्यक्षमा ठाकुर ढकाल छन् । सहसचिवमा राम बहादुर रानामगर चएन भएका छन् । सदस्यहरुमा सम्भाजी थापा, श्रीकृष्ण भण्डारी, अनिल अधिकारी, सन्तोष पाण्डे, रविन्द्रर सापकोटा, दीपेन्द्र शाह र सुमन श्रेष्ठ छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.