default_image

4 years ago

August 23, 2021

फवादको उत्कृष्ट शतकमा पाकिस्तान बलियो अवस्थामा

115 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान फवाद आलमको उत्कृष्ट शतकमाा पाकिस्तान वेस्टइन्डिजसँगको दोस्रो टेस्ट खेलमा बलियो अवस्थामा छ । तेस्रो दिनको समाप्तिमा पाकिस्तानले २ सय ६३ रनको अग्रता लिएको छ । वेस्टइन्डिजले खराब सुरुवात गरेको छ । वेस्टइन्डिजले १८ ओभरमा ३९ रन जोड्न ३ विकेट गुमाई सकेको छ । क्रिजमा नक्रुमाह बोनर १८ रनमा अविजित हुँदा अल्जारी जोशेफले शून्यबाट चौथो दिन साथ दिने छन् ।

ओपनर तथा कप्तान क्रेग ब्रेथवेटलाई तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले चार रनमा बोल्ड आउट गरे । अफ्रिदीलेनै किरन पोवेललाई पाँच रनमा एलबिडब्लू आउट गरे । फहिम अशरफले रोश्टन चेशलाई १० रनमा बोल्ड आउट गर्दा वेस्टइन्डिज ३४-३ को अवस्थामा पुगेको थियो । त्यसअघि दोस्रो दिन बर्षाको कारण खेल हुन सकेन । तेस्रो दिन भोजन अघि पनि खेल हुन सकेको थिएन ।

टस हारेर ब्याटिङ थालेको पाकिस्तानले पहिलो इनिङमा १ सय १० ओभरमा ३०२-९ को अवस्थामा समाप्तिको घोषणा गरेको थियो । फवाद आलम २ सय १३ बलमा १७ चौका सहित १ सय २४ रनमा अविजित रहे । फवादको यो टेस्ट करिअरको पाँचौं टेस्ट शतक हो । एक समय २–३ को कमजोर अवस्थामा पुगेको पाकिस्तानको इनिङ सम्हाल्दै फवादले सानदार शतक प्रहार गरेका हुन् ।

बाबर १ सय ७४ बलमा १३ चौका सहित ७५ रनमा क्याच आउट भए । एक समय २–३ को कमजोर अवस्थामा पुगेको पाकिस्तानलाई चौथो विकेटका लागि फवाद र बाबरले २ सय ९८ बलमा १ सय ५८ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि खेलमा पूनरागमन गरेको थियो । तीव्र गतिका बलर केमार रोचले बाबरलाई ६१ औं ओभरमा जेसन होल्डरबाट क्याच गराउँदै साझेदारी तोडेका थिए ।

रोचले पहिलो ओभरको तेस्रो बलमै ओपनर आबिद अलीलाई एक रनमा क्याच आउट गराए । तेस्रो ओभरको तेस्रो बलमा रोचलेनै अजहर अलीलाई विकेटकिपर जोशुवा डि सिल्भाबाट शून्यमा क्याच आउट गराए । अर्का तीव्र गतिका बलर जयडेन सिल्सले ओपनर इमरान बटलाई एक रनमा क्याच गराउँदा पाकिस्तान २–३ को संकट अवस्थामा पुगेको थियो । उक्त कठिन अवस्थाबाट बाबर र फवादले पाकिस्तानलाई सम्हालेका थिए ।

पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवान ३१, फहिम अशरफ २६, अफ्रिदी १९ र हसन अली ९ रनमा आउट भए । केमार रोच र जयडेन सिल्सले तीन तीन विकेट लिए । जेसन होल्डरको नाममा एक विकेट रह्यो। दुई टेस्ट सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एक विकेटले विजयी भएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.