default_image

4 years ago

August 23, 2021

नेपाली क्रिकेटको नयाँ जर्सी सार्वजनिक

236 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले सोमबार नेपाली टोलीको नयाँ जर्सी सार्वजनिक गरेका हुन् । जुन जर्सी नेपालले ओमान भ्रमणमा लगाउने छ ।

गत वैशाखमा नेदरल्यान्ड्स र मलेसियासँग टि२० त्रिकोणात्मक सिरिजमा नेपाली टोलीले प्रयोग गरेको जर्सी चौतर्फी अलोचना भएपछि क्यान र एमएसटीले जर्सीको डिजाइन प्रतिस्पर्धा खुल्ला गर्ने निर्णय लिएका थिए । जसमा पाँच सय भन्दा बढी सहभागि रहेका थिए ।

जर्सी डिजाइनका छनोट समितिका क्यान म्यानेजर विनोद दास, जनरल म्यानेजर रौनक मल्ल, क्यानका केन्द्रिय सदस्य छुम्बी लामा र एक प्रायोजक प्रतिनिधि रहेका थिए । आदर्श पोखरेलले डिजाइन गरेको जर्सी छनोट भएको क्यानले जनाएको छ ।

उत्कृष्ट डिजाइन गरेका पोखरेलले नगद एक लाख रुपैयाँ पाएका छन् । जर्सीमा रातो र निलो रङ्ग प्रयोग भएको छ । सगरमाथा पनि रहेको छ । क्रिकेट टोली मंगलबार ओमान भ्रमणमा निस्कने छ । आइसिसी विश्वकप लिग २ अन्तर्गत नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज सेप्टेम्बर १३ देखि २० सम्म खेल्ने छ । त्यसअघि पपुवा न्युगिनीसँग दुई अ‍ेडिआई खेल सेप्टेम्बर पाँच र आठमा खेल्ने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.