4 years ago
August 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले विभिन्न देशका फ्रेन्चाइज लिगभन्दा नेपाल सधैं आफ्नो पहिलो प्राथमिकतामा हुने बताएका छन् ।

सन्दीप व्यावसायिक फ्रेन्चाइज लिगमा सर्वाधिक सफल नेपाली खेलाडी हुन् । तर पछिल्लो समय एकपछि अर्को फ्रेन्चाइज लिग गुमाउँदै आएका छन् । उनले आइपिएल, पाकिस्तान सुपर लिग, द हन्ड्रेड, टि२० ब्लास्ट हुँदै सिपिएल गुमाएका छन् । सिपिएल भने आसन्न ओमान भ्रमणको कारण गुमाएका हुन् । तर यसले आफूलाई खासै फरक नपर्ने सन्दीप बताउँछन् ।
‘एक दुई दिन अलि बढी गाह्रो हुन सक्छ । तर जीवन भनेको यात्रा हो । सधैं अगाडिलाई हेर्नुपर्छ । त्यो सबै कुरा बिर्सेर आगमी कुरा हेनुपर्छ । नेपालको खेल छ । दुई तीन महिनाको अन्तरालमा केहि खेल नभएको भए गाह्रो हुन्नसक्थ्यो’, उनले भने ।
सन्दीपले राष्ट्रिय टोलीका कारण विदेशी लिग गुमाएपनि सधैं प्राथमिकता राष्ट्रिय टोली नै रहने बनाएका हुन् ।’मैले सुरुमा खेल्नु अगाडि क्रिकेट खेल्दा कहिल्यै पनि आइपिएल वा त्यो लिग खेल्छु भनेर सोचिन । मैले पहिला नेपाल खेल्छु भन्ने सोचेको थिए । सधैं नेपाल पहिलो प्राथमिकतामा राखें,’ उनले थपे, ‘त्यो इस्टर्न रिजन होस् वा कुनैपनि सानो वा ठूलो प्रतियोगिता । सधैं देशको लागि सोचे । त्यो हुनपनि पर्छ । अब आउने पिढींलाई म के भन्न चाहन्छु भने देशलाई प्राथमकितामा राख्न निकै आवश्यक छ । हामी सबै यहाँबाट गएको हो । पहिला देश अनि फ्रेन्चाइज लिग ।’

आगमी आइपिएल सेप्टेम्बर १९ देखि यूएईमा हुँदैछ । आइपिएल लगत्तै टि२० विश्वकप हुँदा विदेशी स्टार खेलाडीहरुले नाम फिर्ता लिन थालेका छन् । सन्दीपको पनि सम्भावना देखिएको छ । तर सन्दीपले हालसम्म आइपिएल खेल्नेबारे कुनै जानकारी नआएको बताउँछन् । ‘आइपिएलमा अहिले सम्म कुनै जानकारी आएको छैन । किनभने नेपालको खेल छ त्यसपछि इपिएलको लागि तयार छु । आइपिएलबाट मौका आएमा कहाँ अवसर राम्रो छ त्यो हेर्नेछु,’ सन्दीपले भने ।
आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग खेल्नुअघि सन्दीपले तयारी राम्रो रहेको प्रतिक्रिया दिए । ‘तयारी राम्रो भइरहेको छ । अमेरिका ओमानविरुद्ध सिरिजपछि हामीले प्रधानमन्त्री कप र मेयर्स कप पनि खेल्यौं । वर्षाको सिजनले गर्दा खासै अभ्यास खेलहरु खेल्न पाएनौं । त्यो दुर्भाग्य थियो । त्यहिँ कारण हामी दुई हप्ताअघि नै ओमान जान लागेका छौं,’ सन्दीपले भने ।
नेपालले पपुवा न्युगिनीसँग सेप्टेम्बर पाँच र आठमा दुई ओडिआई खेल खेल्ने छ । जुन त्रिकोणात्मक सिरिजको लागि तयारीको रुपमा लिएको छ । त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म चल्ने छ । नेपाली क्रिकेटका सर्वाधिक सफल पूर्व कप्तान पारस खड्काले ओमान भ्रमण अघि सन्न्यास लिएका छन् । नेपालले पारस बिना पहिलो पटक ओडिआई खेल खेल्ने छ ।

‘पारस दाइ नहुनु हाम्रो लागि दुर्भाग्य हो । उहाँको सबै कुरा मिस हुने छ । मैदानभित्र र बाहिर उहाँ सबै हुनुन्थ्यो । निर्देशनहरु निकै यादआउने छन् । तर त्यो कुरा सबै बिर्सेर हामी अगाडि बढ्न आवश्यक छ । यसका साथै यहाँबाट हामीले अगाडि बढ्नुपर्ने निकै आवश्यक छ । किनभने सबैलाई भोलीको दिनमा सजिलो हुने छ । यो प्रतियोगितामा राम्रो गर्यौ भने त्यो पारस दाइलाई समर्पित गर्ने छौं’, सन्दीपले भने ।
सन्दीप वरीयताको लागि सबै ६ खेलनै निकै महत्वपूर्ण हुने बताउँछन् । ‘सबैको लागि चारको चारनै खेल महत्वपूर्ण छ । सकेसम्म चारको चारनै जित्न खोज्ने छौं । सबैजना खेलाडीहरु उत्साहित छन्,’ उनले भने ।
तर नेपालले डेढ वर्षपछि ओडिआई खेल खेल्दै छ । गतवर्ष फ्रेब्रुअरीमा घरेलु मैदान टियुमा ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेलेको थियो । त्यहिँबाट ओडिआई यात्रा सुरु गर्ने छ । नेपालले अन्तिम खेलमा अमेरिकालाई ३५ रनमा अल आउट गरेको थियो । अमेरिकालाई ओडिआई इतिहासकै कम योगफलमा रोक्न सन्दीपले ६ विकेट लिएका थिए । तर नेपाल र ओमानको पिच अवस्था भने धेरै फरक हुने छ ।
‘धेरै ठाउँमा खेलिसकेका छौं । अब पिचलाई दोष दिने ठाउँ छैन । राम्रो बलिङ गर्ने हो । सबैलाई गाह्रोनै हुने छ । ओमानको पिच फरकनै हुने छ । ग्रास र फ्लाट विकेट छ । हामीसँग बलरहरु र प्लानपनि त्यहिँ अनुसार छ’, उनले भने ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]