4 years ago
August 24, 2021
एजेन्सी – तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले वेस्टइन्डिजसँगको दोस्रो टेस्ट खेलमा घातक बलिङ गर्दै पाकिस्तानलाई बलियो अवस्थामा पुर्याएका छन् । चौथो दिनको खेल सकिँदा ३ सय २९ रनको कठिन विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज १९ ओभरमा ४९-१ को अवस्थामा छ । पाँचौं दिन वेस्टइन्डिजलाई जितको लागि २ सय ८० रन आवश्यक पर्दा पाकिस्तानलाई ९ विकेट लिनुपर्ने हुन्छ ।

वेस्टइन्डिजका कप्तान तथा ओपनर क्रेग ब्रेथवेट १७ र अल्जारी जोशेफ ८ रनमा अविजित छन् । किरन पोवेल ४१ बलमा ३ चौका सहित २३ रनमा रन आउट भए । चौथो दिननै पाकिस्तानले दोस्रो इनिङमा २७.२ ओभरमा १७६-६ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । पहिलो इनिङमा १ सय ५२ रनले अग्रता लिएको पाकिस्तानले समग्रमा कुल ३ सय २८ रनको अग्रता लिँदै उक्त लक्ष्य प्रस्तुत गरेको हो ।
पाकिस्तानका कप्तान बाबर आजमले ४१ बलमा एक चौका र एक छक्का सहित ३३ रन बनाए । ओपनर इमरान बट ४४ बलमा ५ चौका सहित ३७ र आबिद अली २३ बलमा ६ चौका सहित २९ रनमा आउट भए । अजहर अली २२, हसन अली १७ र मोहम्मद रिजवानले १० रन जोडे । वेस्टइन्डिजका अल्जारी जोशेफ र जेसन होल्डरले दुई दुई विकेट लिए ।
वेस्टइन्डिज पहिलो इनिङमा चौथो दिन ५१.३ ओभरमा १ सय ५० रनमा अल आउट भयो । नक्रुमाह बोनरले १ सय १६ बलमा ६ चौका सहित सर्वाधिक ३७ रन बनाए । जर्मेन ब्ल्याकवुड ५० बलमा ६ चौका सहित ३३ र जेसन होल्डरले ३० बलमा २ चौका र २ छक्का सहित २६ रन बनाए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।
पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले सर्वाधिक ६ विकेट लिए । अफ्रिदीले १७.३ ओभरमा ७ मेडन सहित ५१ रन खर्चेर करीअरकै उत्कृष्ट प्रदर्शन गरे । अर्का तीव्र गतिका बलर मोहम्मद अब्बासको नाममा तीन विकेट रह्यो ।

टस हारेर ब्याटिङ थालेको पाकिस्तानले पहिलो इनिङमा १ सय १० ओभरमा ३०२-९ को अवस्थामा समाप्तिको घोषणा गरेको थियो । फवाद आलम २ सय १३ बलमा १७ चौका सहित १ सय २४ रनमा अविजित रहे । फवादको यो टेस्ट करिअरको पाँचौं टेस्ट शतक हो । एक समय २–३ को कमजोर अवस्थामा पुगेको पाकिस्तानको इनिङ सम्हाल्दै फवादले सानदार शतक प्रहार गरेका हुन् ।
बाबर १ सय ७४ बलमा १३ चौका सहित ७५ रनमा क्याच आउट भए । एक समय २–३ को कमजोर अवस्थामा पुगेको पाकिस्तानलाई चौथो विकेटका लागि फवाद र बाबरले २ सय ९८ बलमा १ सय ५८ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि खेलमा पूनरागमन गरेको थियो । तीव्र गतिका बलर केमार रोचले बाबरलाई ६१ औं ओभरमा जेसन होल्डरबाट क्याच गराउँदै साझेदारी तोडेका थिए ।
रोचले पहिलो ओभरको तेस्रो बलमै ओपनर आबिद अलीलाई एक रनमा क्याच आउट गराए । तेस्रो ओभरको तेस्रो बलमा रोचलेनै अजहर अलीलाई विकेटकिपर जोशुवा डि सिल्भाबाट शून्यमा क्याच आउट गराए । अर्का तीव्र गतिका बलर जयडेन सिल्सले ओपनर इमरान बटलाई एक रनमा क्याच गराउँदा पाकिस्तान २–३ को संकट अवस्थामा पुगेको थियो । उक्त कठिन अवस्थाबाट बाबर र फवादले पाकिस्तानलाई सम्हालेका थिए ।

पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवान ३१, फहिम अशरफ २६, अफ्रिदी १९ र हसन अली ९ रनमा आउट भए । केमार रोच र जयडेन सिल्सले तीन तीन विकेट लिए । जेसन होल्डरको नाममा एक विकेट रह्यो । त्यसअघि दोस्रो दिन बर्षाको कारण खेल हुन सकेन । तेस्रो दिन भोजन अघि पनि खेल हुन सकेको थिएन । दुई टेस्ट सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एक विकेटले विजयी भएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]