4 years ago
August 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले गत भदौमा मुख्य प्रशिक्षक सहित पाँच पदको लागि खुल्ला आवेदन मागेको थियो । क्यानले मुख्य प्रशिक्षकसँगै, महाप्रबन्धक, वित्तीय प्रमुख, हरेक प्रदेशमा एक एक प्रशिक्षक र क्रिकेट व्यवस्थापक (म्यानेजर) आवश्यक रहेको भन्दै विज्ञापन निकालेको थियो ।

पुष २ मा मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका डेभ ह्वाटमोर, महाप्रबन्धकमा रौनक मल्ल, क्रिकेट म्यानेजरमा पूर्व कप्तान विनोद दास र वित्तीय प्रमुखमा रमेश कुमार न्यौपानलाई नियुक्त गरेको थियो । तर आवेदन मागेको एक वर्ष पुग्दा समेत ७ प्रदेशमा ७ प्रशिक्षक नियुक्ति भने अझै हुन सकेको छैन ।
पछिल्लो एक वर्षमा दुई घरेलु प्रतियोगिता सम्पन्न भइसकेका छन् । माघमा चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसि क्रिकेट प्रतियोगिता र फागुनमा काठमाडौं मेयर्स कप प्रयितोगिता सफलतापूर्वक सम्पन्न भएका थिए । प्रधानमन्त्री कपमा प्रदेश संघले आफैं प्रशिक्षक पठाएका थिए ।
क्यानको आवेदन अनुसार प्रदेश प्रशिक्षकमा कम्तिमा लेभल एक क्रिकेट कोचिङ गरेको र २५ देखि ५५ सम्म उमेर भएको नेपाली नागरिक हुनुपर्ने योग्यता चाहिन्छ । सबै अन्तिम चरणमा पुगेको र यसै महिना देखि नियुक्ति दिने तयारी गरेको क्यान बताउँछ । ‘सेप्टेम्बरदेखि नियुक्ति दिनेछौं । कुन प्रदेशमा कुन प्रशिक्षक नियुक्त गर्ने निर्णय भइसकेको छ । सेप्टेम्बरदेखि लागु हुने कार्यक्रम बन्दैछ’, क्यानका अध्यक्ष चतुबहादुर चन्दले भने ।
क्यानले गत जेठमानै १६ प्रशिक्षकको अन्तरवार्ता लिइसकेको छ । प्रशिक्षक पदका लागि कुल २४ प्रशिक्षकले आवेदन दिएका थिए । क्यानले प्रदेश नम्बर दुई, लुम्बिनी र सुदूरपश्चिममा दुई-दुई प्रशिक्षक नियुक्त गर्ने तयारी गरेको छ । अन्य प्रदेशमा भन एक-एक प्रशिक्षक रहने छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]