default_image

4 years ago

August 25, 2021

वेस्टइन्डिजमाथि पाकिस्तानको सहज जित, अफ्रिदी सर्वोत्कृष्ट

158 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीको उत्कृष्ट बलिङ र फवाद आलमको शतकको सहयोगमा पाकिस्तानले दोस्रो टेस्ट खेलमा वेस्टइन्डिजलाई १ सय ९ रनले पराजित गरेको छ । योसँगै दुई टेस्ट सिरिज १-१ को बराबरीमा सकिएको छ ।

जितको लागि ३ सय २९ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज ८३.२ ओभरमा २ सय १९ रनमा अल आउट भयो । वेस्टइन्डिजका जेसन होल्डरले ८३ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ४७ रनको योगदान दिए । कप्तान क्रेग ब्रेथवेट १ सय ४७ बलमा ५ चौका सहित ३९ रनमा आउट भए ।

किरन पोवेल २३, अल्जारी जोशेफ १७, जर्मेन ब्ल्याकवुड २५ र काइल मेयर्स ३२ रनमा आउट भए । पाकिस्तानका शाहिन अफ्रिदीले सर्वाधिक चार विकेट लिए । स्पिनर नौमान अलीले ३ र तीव्र गतिका बलर हसन अलीले २ विकेट लिए ।

त्यसअघि चौथो दिननै पाकिस्तानले दोस्रो इनिङमा २७.२ ओभरमा १७६-६ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । पहिलो इनिङमा १ सय ५२ रनले अग्रता लिएको पाकिस्तानले समग्रमा कुल ३ सय २८ रनको अग्रता लिँदै उक्त लक्ष्य प्रस्तुत गरेको हो ।

पाकिस्तानका कप्तान बाबर आजमले ४१ बलमा एक चौका र एक छक्का सहित ३३ रन बनाए । ओपनर इमरान बट ४४ बलमा ५ चौका सहित ३७ र आबिद अली २३ बलमा ६ चौका सहित २९ रनमा आउट भए । अजहर अली २२, हसन अली १७ र मोहम्मद रिजवानले १० रन जोडे । वेस्टइन्डिजका अल्जारी जोशेफ र जेसन होल्डरले दुई दुई विकेट लिए ।

वेस्टइन्डिज पहिलो इनिङमा चौथो दिन ५१.३ ओभरमा १ सय ५० रनमा अल आउट भयो । नक्रुमाह बोनरले १ सय १६ बलमा ६ चौका सहित सर्वाधिक ३७ रन बनाए । जर्मेन ब्ल्याकवुड ५० बलमा ६ चौका सहित ३३ र जेसन होल्डरले ३० बलमा २ चौका र २ छक्का सहित २६ रन बनाए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले सर्वाधिक ६ विकेट लिए । अफ्रिदीले १७.३ ओभरमा ७ मेडन सहित ५१ रन खर्चेर करीअरकै उत्कृष्ट प्रदर्शन गरे । अर्का तीव्र गतिका बलर मोहम्मद अब्बासको नाममा तीन विकेट रह्यो ।

टस हारेर ब्याटिङ थालेको पाकिस्तानले पहिलो इनिङमा १ सय १० ओभरमा ३०२-९ को अवस्थामा समाप्तिको घोषणा गरेको थियो । फवाद आलम २ सय १३ बलमा १७ चौका सहित १ सय २४ रनमा अविजित रहे । फवादको यो टेस्ट करिअरको पाँचौं टेस्ट शतक हो । एक समय २–३ को कमजोर अवस्थामा पुगेको पाकिस्तानको इनिङ सम्हाल्दै फवादले सानदार शतक प्रहार गरेका हुन् ।

बाबर १ सय ७४ बलमा १३ चौका सहित ७५ रनमा क्याच आउट भए । एक समय २–३ को कमजोर अवस्थामा पुगेको पाकिस्तानलाई चौथो विकेटका लागि फवाद र बाबरले २ सय ९८ बलमा १ सय ५८ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि खेलमा पूनरागमन गरेको थियो । तीव्र गतिका बलर केमार रोचले बाबरलाई ६१ औं ओभरमा जेसन होल्डरबाट क्याच गराउँदै साझेदारी तोडेका थिए ।

रोचले पहिलो ओभरको तेस्रो बलमै ओपनर आबिद अलीलाई एक रनमा क्याच आउट गराए । तेस्रो ओभरको तेस्रो बलमा रोचलेनै अजहर अलीलाई विकेटकिपर जोशुवा डि सिल्भाबाट शून्यमा क्याच आउट गराए । अर्का तीव्र गतिका बलर जयडेन सिल्सले ओपनर इमरान बटलाई एक रनमा क्याच गराउँदा पाकिस्तान २–३ को संकट अवस्थामा पुगेको थियो । उक्त कठिन अवस्थाबाट बाबर र फवादले पाकिस्तानलाई सम्हालेका थिए ।

पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवान ३१, फहिम अशरफ २६, अफ्रिदी १९ र हसन अली ९ रनमा आउट भए । केमार रोच र जयडेन सिल्सले तीन तीन विकेट लिए । जेसन होल्डरको नाममा एक विकेट रह्यो । त्यसअघि दोस्रो दिन बर्षाको कारण खेल हुन सकेन । तेस्रो दिन भोजन अघि पनि खेल हुन सकेको थिएन ।

दुई टेस्ट सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एक विकेटले विजयी भएको थियो । पहिलो इनिङमा ६ र दोस्रोमा ४ गरि कुल १० विकेट लिएका अफ्रिदी खेलको प्लेयर अफ द म्याच र सिरिज दुबै चुनिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.