4 years ago
August 26, 2021
एजेन्सी – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सले चौथो विदेशी खेलाडीको रुपमा श्रीलंका अलराउन्डर सिक्कुगे प्रसन्नालाई टोलीमा अनुबन्ध गरेको छ ।

३६ वर्षिय प्रसन्नाले श्रीलंकाबाट एक टेष्ट, ४० ओडिआई, २० टि२० आई र १ सय ७० टि२० क्रिकेट खेलेका छन् । उनले तल्लोक्रममा राम्रो ब्याटिङ गर्दा लेगस्पिन बलिङ गर्ने गर्दछन् । २०१६ मा ओडिआईमा आयरल्यान्डविरुद्ध उनले ४५ बलमा ९५ रनको उत्कृष्ट इनिङ खेलेका थिए । उनले टि२० आईमा २ सय १४ रन बनाउनुको साथै १० विकेट लिएका छन् । टि२० क्रिकेटमा १ हजार ७ सय ७७ रन बनाउँदा १ सय ३५ विकेट लिएका छन् । २०११ मा श्रीलंका टोलीमा डेब्यू गरेका उनी २०१९ पछि टोली बाहिर रहँदै आएका छन् ।
चितवनले यसअघि विदेशी खेलाडीको रुपमा अफगानिस्तानका विष्फोटक ब्याट्सम्यान मोहम्मद शाहजाद, पाकिस्तानका अलराउन्डर दानिस अजिज र मलेसिया चर्चित युवा ब्याट्सम्यान विरनदीप सिंहलाई टोलीमा भित्र्याई सकेको छ । सोमपाल कामीको कप्तानीमा रहेको चितवनमा दिलिप नाथ, सन्दीप सुनार, साहब आलम, ललित भण्डारी, कमल सिंह ऐरी, भीम सार्की, सागर ढकाल, आदिल खान, ईशान पाण्डे र खडक बोहरा स्वदेशी खेलाडी रहेका छन् । इपिएल आगमी असोज ९ देखि २३ सम्म टियु मैदानमा हुने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]