4 years ago
August 26, 2021
एजेन्सी – अष्ट्रेलिया तीव्र गतिका बलर तथा उपकप्तान प्याट कमिन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ का बाँकी खेलहरु नखेल्ने भएका छन् । कोलकाता नाइट राइडर्सका प्रमुख बलर कमिन्सले आइपिएलका बाँकी खेल नखेल्ने भएपछि न्युजिल्यान्डका तीव्र गतिका बलर टिम साउथीलाई टोलीमा अनुबन्ध गरेको छ ।

कमिन्सलाई २०२० को आइपिएल अक्सनमा १५ करोड ५० लाख भारतीय रुपैयाँमा अुनबन्ध गरेको थियो । टि२० विश्वकपको कारण कमिन्सले आफ्नो नाम फिर्ता लिएका हुन् । टि२० विश्वकप अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म संयुक्त अरव इमिरेट्स (युएई) र ओमानमा चल्ने छ । आइपिएलका बाँकी खेल सेप्टेम्बर १९ देखि अक्टोबर १५ सम्म यूएईसम्म चल्ने छ । राष्ट्रिय टोलीको तयारीको कारण विदेशी खेलाडीले आफ्नो नाम फिर्ता लिई रहेका छन् ।
आइपिएल लगत्तै टि२० विश्वकप परेको हुँदा धेरै खेलाडीले नाम फिर्ता लिई रहेका छन् । बेंगलोरका अष्ट्रेलिया स्पिनर एडम जाम्पा, तीव्र गतिका बलर ड्यानियल साम्स, केन रिचर्ड्सन र न्युजिल्यान्डका ओपनर फिन एलेनले आफ्नो नाम फिर्ता लिएका छन् । बेंगलोरले उनीहरुको स्थानमा श्रीलंका स्पिनर वानिन्दु हसरंगा, तीव्र गतिका बलर दुश्मन्था चामिरा र जर्ज ग्रेटन टिम डेविडलाई अनुबन्ध गरेको छ ।

राजस्थानका जस बटलर, एन्ड्रयू टाईले पनि आफ्नो नाम फिर्ता लिई सकेका छन् । उनीहरुको स्थानमा न्युजिल्यान्डका विकेटकिपर ग्लेन फिलिप्स र दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सीले खेल्ने छन् । पन्जाव किंग्सका अष्ट्रेलिया तीव्र गतिका बलर राइली मेरिडिथ र झेय रिचर्ड्सनले पनि आफ्नो नाम फिर्ता लिएका छन् । उनीहरुको स्थानमा अष्ट्रेलिया नाथन एलिस र इंग्ल्यान्डका आदिल राशिदलाई अनुबन्ध गरेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]