4 years ago
August 26, 2021
एजेन्सी – युवा ब्याट्सम्यान यशस्वी जैसवालको उत्कृष्ट ब्याटिङको सहयोगमा मुम्बईले दोस्रो टि२० खेलमा घरेलु टोली ओमानलाई १८ रनले पराजित गरेको छ । योसँगै तीन टि२० खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ ।

जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४४ रन बनायो । ओमानका ओपनर जतिन्दर सिंहले २५ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५१ रनको योगदान दिए । कप्तान जिशान मकसूदले १६ बलमा ४ छक्का सहित २९ रनको योगदान दिए । शोइब खान १४, अकिब इलायस १६, सन्दीप गौड ७ र मेहरान खान १५ रन जोडे । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।
मुम्बईका कप्तान शाम्स मुलानीले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । सुजित नैकले २, अमन खान, सिराज पाटिल र आकाश परकरले एक एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो । मुम्बईका ओपनर यशस्वी जैसवालले ५९ बलमा ८ चौका र २ छक्का सहित ७५ रनको अर्धशतकीय इनिङ खेले । अमन खान १५ बलमा २ चौका र २ छक्का सहित ३० रनमा अविजित रहे । अर्मान जाफरले २०, शाम्स मुलानी ११ र सुजित नैकले १५ रन बनाए ।

ओमानका कलिमुल्लाह र अकिब इलायसले २–२ विकेट लिए । बिलाल खान र मेहरान खानले एक एक विकेट लिए । ओमानले टि२० विश्वकप र आइसिसी विश्वकप लिग–२ अन्तर्गत दुई त्रिकोणात्मक ओडिआई सिरिजको लागि मुम्बईसँग समान तीन टि२० र तीन एकदिवसय सिरिज खेलेको हो । तेस्रो टि२० खेल शुक्रबार हुने छ । पहिलो खेलमा ओमान दुई विकेटले विजयी भएको थियो ।
नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिज १३ सेप्टेम्बर देखि २० सम्म चल्ने छ । त्यसपछि पपुपा न्युगिनी र स्कटल्यान्डसँग ओमानले ओडिआई त्रिकोणात्मक सिरिज खेल्ने छ । अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिज अघि नेपालले पिएनजीसँग दुई ओडिआई खेलको सिरिज खेल्ने छ ।
नेपालले पिएनजीसँग पहिलो खेल सेप्टेम्बर ५ र दोस्रो सेप्टेम्बर ८ मा खेल्ने छ । नेपालले अमेरिकासँग सेप्टेम्बर १३ र ओमानसँग सेप्टेम्बर १४ मा खेल्ने छ । अमेरिकासँग सेप्टेम्बर १७ र ओमानसँग सेप्टेम्बर १९ मा खेल्ने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]