4 years ago
August 26, 2021
एजेन्सी – इंग्ल्यान्डका कप्तान जो रुटले भारतविरुद्ध तेस्रो टेस्ट खेलमा सानदार शतक प्रहार गरेका छन् । रुटले भारतविरुद्ध पाँच टेस्ट सिरिजको सुरुवाती तीनै टेस्ट खेलमा उत्कृष्ट शतक प्रहार गरेका छन् ।

लिड्समा जारी तेस्रो टेस्ट खेलमा रुटको शतकमा इंग्ल्यान्डले २ सय ५८ विशाल अग्रता लिएको छ । दोस्रो दिन अन्तिम सेसन जारी रहँदा इंग्ल्यान्डले पहिलो इनिङमा तीन विकेट गुमाउँदै ३ सय ३६ रन बनाएको छ । जो रुट १ सय २८ बलमा १२ चौका सहित १ सय १ रनमा खेलि रहेका छन् । रुटको यो टेस्ट करीअरको २३ औं शतक हो । रुटले ईशान्त शर्मालाई चौका प्रहार गर्दै १ सय २४ बलमा शतक प्रहार गरेका थिए । रुटले यसअघि पहिलो टेस्टमा १ सय ९ र ६४ रनको इनिङ खेलेका थिए । दोस्रो खेलमा रुटले १ सय ८० रनको अविजित र ३३ रनको इनिङ खेलेका थिए ।
इंग्ल्यान्डलाई ओपनर रोरी बन्र्स र हसिब हमिदले पहिलो विकेटका लागि ५० ओभरमा १ सय ३५ रनको उत्कृष्ट साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । बन्र्सलाई मोहम्मद शामीले ६१ रनमा बोल्ड आउट गर्दै भारतलाई पहिलो सफलता दिलाए । बन्र्सले १ सय ५३ बलमा ६ चौका र १ छक्का प्रहार गरे । हमिदलाई रविन्द्र जडेजाले ६८ रनमा बोल्ड आउट गरेका थिए ।

हसिमले १ सय ९५ बलमा १२ चौका प्रहार गरे । तेस्रो विकेटका लागि रुट र डेविड मलानले १ सय ३९ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । मलानलाई मोहम्मद शिराजले ऋषभ पन्तबाट ७० रनमा क्याच आउट गराए । मलानले १ सय २४ बलमा ११ चौका प्रहार गरे । सन् २०१३ पछि पहिलो पटक इंग्ल्यान्डका शीर्षक्रमका चारै ब्याट्सम्यानले ५० माथिको रन बनाएका हुन् । रुटलाई जोनी बेयरस्टोले १७ रनमा साथ दिएका छन् ।
त्यसअघि लिड्समा टस जितेर पहिला ब्याटिङ रोजेको भारत पहिलो दिन दोस्रो सेसनमै ४०.४ ओभरमा ७८ रनमा अल आउट हुन पुग्यो । भारतका लागि ओपनर रोहित शर्माले १ सय ५ बलमा १ चौका सहित सर्वाधिक १९ रनको योगदान दिए । भारतका नौं खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । दुई खेलाडी गोल्डेन डक आउट भए । तीव्र गतिका बलर जेम्श एन्डरसनले शीर्षक्रम धरासय बनाएका थिए । भारतले पहिलो ओभरको पाँचौं बलमा ओपनर लोकेश राहुललाई शून्यमा गुमाएको थियो । एन्डरसनको बलमा बटलरबाट राहुल क्याच आउट हुन पुगेका थिए ।

पाँचौं ओभरको पहिलो बलमा चेतेश्वर पुजारालाई एन्डरसनले एक रनमानै बटलरबाट क्याच आउट गराए । खराब सुरुवात गरेको भारतका कप्तान विराट कोहली दोहोरो अंकमा रन जोड्न नपाउँदै आउट हुन पुगे । कोहलीलाई ११ औं ओभरको पाँचौं बलमा तीव्र गतिका बलर जेम्श एन्डरसनले सात रनमा विकेटकिपर जस बटलरबाट क्याच आउट भएका थिए ।
त्यसपछि मध्यक्रम अर्का तीव्र गतिका बलर ओली रोबिन्सनले धरासय बनाए । उपकप्तान अजिक्या रहाणे ५४ बलमा ३ चौका सहित १८ रनमा क्याच आउट भए । रोबिन्सनको बलमा रहाणे बटलरबाटनै क्याच आउट भएका थिए । विकेटकिपर ऋषभ पन्त पनि रोबिन्सनकै बलमा बटलरबाट दुई रनमा क्याच आउट हुँदा भारत ५८–५ को संकट अवस्थामा पुगेको थियो ।

तल्लोक्रम साम करन र क्रेग ओभरटनले लगातार विकेट लिँदै सस्तैमा अल आउट गरे । ३७ औं ओभरको चौथो बलमा क्रेग ओभरटनले रोहितलाई ओली रोबिन्सनबाट क्याच गराउँदै भारतको सम्पूर्ण आशा निराशमा बदलेका थिए । लगत्तै अर्को बलमा मोहम्मद शामी रोरी बन्र्सबाट क्याच हुँदै गोल्डेन डक आउट भए ।
लगत्तै अर्को ओभरमा भारतले लगातार दुई विकेट गुमाएको थियो । करनले ३८ औं ओभरको दोस्रो बलमा रविन्द्र जडेजालाई दुई रनमा एलबिडब्लू आउट गरे । अर्को बलमा जस्प्रित बुमराह एलबिडब्लू आउट हुँदै गोल्डेन डक आउट पेभिर्लिन फर्के । अन्तिम विकेटका रुपमा मोहम्मद शिराज तीन रनमा क्याच आउट भए ।
इंग्ल्यान्डका तीव्र गतिका बलर क्रेग ओभरटर्न र जेम्श एन्डरसनले तीन तीन विकेट लिए । साम करन र ओली रोबिन्सनको नाममा दुई दुई विकेट रह्यो । पहिलो खेल बराबरीमा सकिँदा भारत दोस्रो खेलमा १ सय ५१ रनको फराकिलो अन्तरले विजयी भएको थियो । पाँच टेस्ट सिरिजमा भारतले १–० को अग्रता लिएको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]