default_image

3 years ago

August 27, 2021

रुटको शतकमा इंग्ल्यान्डको विशाल अग्रता

40 views

0 Bookmark

एजेन्सी – कप्तान जो रुटको सानदार शतकको सहयोगमा इंग्ल्यान्डले भारतविरुद्ध तेस्रो टेस्ट खेलको पहिलो इनिङमा विशाल अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा इंग्ल्यान्डले ३ सय ४५ रनको अग्रता लिएको छ । इंग्ल्यान्ड १ सय २९ ओभरमा ४२३-८ को अवस्थामा छ । क्रेग ओभरट २४ रनमा अविजित रहँदा उनलाई ओली रोबिन्सनले साथ दिने छन् ।

जो रुटले १ सय ६५ बलमा १४ चौका सहित १ सय २१ रनको उत्कृष्ट शतकीय इनिङ खेले । रुटलाई जस्प्रित बुमराहले बोल्ड आउट गरेका थिए । रुटको यो टेस्ट करीअरको २३ औं शतक हो । रुटको यस वर्ष टेस्टको छैटौं शतक हो । उनी रिकी पोन्टिङको एकै वर्षका टेस्टमा सर्वाधिक ७ शतक प्रहारको कीर्तिमान तोड्ने नजिक पुगेका छन् ।

रुटले ईशान्त शर्मालाई चौका प्रहार गर्दै १ सय २४ बलमा शतक प्रहार गरेका थिए । रुटले यसअघि पहिलो टेस्टमा १ सय ९ र ६४ रनको इनिङ खेलेका थिए । दोस्रो खेलमा रुटले १ सय ८० रनको अविजित र ३३ रनको इनिङ खेलेका थिए ।

इंग्ल्यान्डलाई ओपनर रोरी बर्न्स र हसिब हमिदले पहिलो विकेटका लागि ५० ओभरमा १ सय ३५ रनको उत्कृष्ट साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । बर्न्सलाई मोहम्मद शामीले ६१ रनमा बोल्ड आउट गर्दै भारतलाई पहिलो सफलता दिलाए । बर्न्सले १ सय ५३ बलमा ६ चौका र १ छक्का प्रहार गरे । हमिदलाई रविन्द्र जडेजाले ६८ रनमा बोल्ड आउट गरेका थिए ।

हसिमले १ सय ९५ बलमा १२ चौका प्रहार गरे । तेस्रो विकेटका लागि रुट र डेविड मलानले १ सय ३९ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । मलानलाई मोहम्मद शिराजले ऋषभ पन्तबाट ७० रनमा क्याच आउट गराए । मलानले १ सय २४ बलमा ११ चौका प्रहार गरे । सन् २०१३ पछि पहिलो पटक इंग्ल्यान्डका शीर्षक्रमका चारै ब्याट्सम्यानले ५० माथिको रन बनाएका हुन् ।

तल्लोक्रमका ब्याट्सम्यानले भने ठूलो इनिङ खेल्न सकेनन् । जोनी बेयरस्टो ४३ बलमा ४ चौका र १ छक्का सहित २९ रनमा क्याच आउट भए । जस बटलर ७, मोईन अली ८ र साम करन १५ रनमा आउट भए । इंग्ल्यान्डका मोहम्मद शामीले तीन विकेट लिएका छन् । रविन्द्र जडेजा र मोहम्मद शिराजले दुई दुई विकेट लिए ।

त्यसअघि लिड्समा टस जितेर पहिला ब्याटिङ रोजेको भारत पहिलो दिन दोस्रो सेसनमै ४०.४ ओभरमा ७८ रनमा अल आउट हुन पुग्यो । भारतका लागि ओपनर रोहित शर्माले १ सय ५ बलमा १ चौका सहित सर्वाधिक १९ रनको योगदान दिए । भारतका नौं खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । दुई खेलाडी गोल्डेन डक आउट भए ।

तीव्र गतिका बलर जेम्श एन्डरसनले शीर्षक्रम धरासय बनाएका थिए । भारतले पहिलो ओभरको पाँचौं बलमा ओपनर लोकेश राहुललाई शून्यमा गुमाएको थियो । एन्डरसनको बलमा बटलरबाट राहुल क्याच आउट हुन पुगेका थिए ।

पाँचौं ओभरको पहिलो बलमा चेतेश्वर पुजारालाई एन्डरसनले एक रनमानै बटलरबाट क्याच आउट गराए । खराब सुरुवात गरेको भारतका कप्तान विराट कोहली दोहोरो अंकमा रन जोड्न नपाउँदै आउट हुन पुगे । कोहलीलाई ११ औं ओभरको पाँचौं बलमा तीव्र गतिका बलर जेम्श एन्डरसनले सात रनमा विकेटकिपर जस बटलरबाट क्याच आउट भएका थिए ।

त्यसपछि मध्यक्रम अर्का तीव्र गतिका बलर ओली रोबिन्सनले धरासय बनाए । उपकप्तान अजिक्या रहाणे ५४ बलमा ३ चौका सहित १८ रनमा क्याच आउट भए । रोबिन्सनको बलमा रहाणे बटलरबाटनै क्याच आउट भएका थिए । विकेटकिपर ऋषभ पन्त पनि रोबिन्सनकै बलमा बटलरबाट दुई रनमा क्याच आउट हुँदा भारत ५८–५ को संकट अवस्थामा पुगेको थियो ।

तल्लोक्रम साम करन र क्रेग ओभरटनले लगातार विकेट लिँदै सस्तैमा अल आउट गरे । ३७ औं ओभरको चौथो बलमा क्रेग ओभरटनले रोहितलाई ओली रोबिन्सनबाट क्याच गराउँदै भारतको सम्पूर्ण आशा निराशमा बदलेका थिए । लगत्तै अर्को बलमा मोहम्मद शामी रोरी बन्र्सबाट क्याच हुँदै गोल्डेन डक आउट भए ।

लगत्तै अर्को ओभरमा भारतले लगातार दुई विकेट गुमाएको थियो । करनले ३८ औं ओभरको दोस्रो बलमा रविन्द्र जडेजालाई दुई रनमा एलबिडब्लू आउट गरे । अर्को बलमा जस्प्रित बुमराह एलबिडब्लू आउट हुँदै गोल्डेन डक आउट पेभिर्लिन फर्के । अन्तिम विकेटका रुपमा मोहम्मद शिराज तीन रनमा क्याच आउट भए ।

इंग्ल्यान्डका तीव्र गतिका बलर क्रेग ओभरटर्न र जेम्श एन्डरसनले तीन तीन विकेट लिए । साम करन र ओली रोबिन्सनको नाममा दुई दुई विकेट रह्यो । पहिलो खेल बराबरीमा सकिँदा भारत दोस्रो खेलमा १ सय ५१ रनको फराकिलो अन्तरले विजयी भएको थियो । पाँच टेस्ट सिरिजमा भारतले १–० को अग्रता लिएको छ ।

May 8, 2024

दिल्लीको राजस्थानविरुद्ध जित

एजेन्सी – दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राजस्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायम नै राखेको छ । दिल्लीले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय […]

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

Success

Thank you for your time.