default_image

4 years ago

August 27, 2021

नेपालविरुद्ध खेल्ने अमेरिका टोली घोषणा

277 views

0 Bookmark

एजेन्सी – अमेरिकाले आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र ओमानविरुद्ध त्रिकोणात्मक ओडिआई सिरिज खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । डेढ वर्षपछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको अमेरिकाले टोलीमा ६ परिवर्तन गरेको छ ।

अमेरिकाले त्रिकोणात्मक ओडिआई सिरिजअघि पपुवा न्युगिनीसँग दुई ओडिआई खेल खेल्ने भएको छ । अमेरिकाले अन्तिम पटक २०२० फेब्रुअरीमा नेपालमा त्रिकोणात्मक ओडिआई सिरिज खेलेको थियो । नेपाल र ओमानसँग दुइ दुई खेलमा पराजित हुँदै जित बिहिनका साथ स्वेदश फर्किएको थियो । त्यसपछि कोरोना महामारीको कारण खेल हुन सकेको थिएन । नेपालसँग दोस्रो ओडिआई खेलमा अमेरिका मात्र ३५ रनमा अल आउट भएको थियो ।

अमेरिका जेसि सिंह र जसकरण मल्होत्राले टोलीमा पूनरागमन गरेका छन् । चार नयाँ अनुहार छन् । गजानन्द सिंह, अभिषेक पराडकर, डोमिनिक रिखी र सुशान्त मोदानी डेब्यू गर्ने नाम रहेका छन् । वेस्टइन्डिजका पूर्व ब्याट्सम्यान जेभियर मार्शल, भारतीय मूलका तिमिल पटेल र अक्षय हेमराज टोली पर्न सकेनन् । त्यस्तै नेपाल भ्रमणमा आएका ईयान होल्यान्ड, क्यामरन स्टिभन र रस्टी थेरन व्यक्तिगत कारण आफ्नो नाम फिर्ता लिएका छन् ।

अमेरिका विश्वकप लिग-२ मा १२ खेलमा ६ मा जित र ६ मा हार सहित दोस्रो स्थानमा छ । अमेरिका लक्ष्य शीर्षस्थानमा फर्किने हुने छ ।


अमेरिका खेल तालिका :
सेप्टेम्बर ६ : अमेरिकाविरुद्ध पिएनजी, पहिलो ओडिआई

सेप्टेम्बर ९ : अमेरिकाविरुद्ध पिएनजी, दोस्रो ओडिआई

सेप्टेम्बर १३ : नेपालविरुद्ध अमेरिका

सेप्टेम्बर १६ : अमेरिकाविरुद्ध ओमान

सेप्टेम्बर १७ : नेपालविरुद्ध अमेरिका


सेप्टेम्बर २० : ओमानविरुद्ध अमेरिका
सबै खेल मस्कटमा हुने छन् ।

अमेरिका टोली : सौरभ नेत्रावलकर (कप्तान), आरोन जोन्स (उपकप्तान), अभिषेक पराडकार, डोमिनिक रिखी, एल्मोर हचिन्सन, गजानन्द सिंह, जस्दीप सिंह, जसकरण मल्होत्रा, करिमा गोरे, मोनाक पटेल, निसरग पटेल, नोशतुश केंजीगे, स्टिभ टेलर, सुशान्त मोदानी र काइल पिलिप (वैकल्पिक)

नेपालको टोली : ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र रोहित कुमार पौडेल ।

विश्वकप लिग २ अंक तालिका

ओमान १० खेलमा ८ मा जित र २ मा हार सहित १६ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १२ खेलमा ६ मा जित र ६ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड ८ खेलमा ४ मा जित र ३ मा हार सहित ९ अंकका साथ तेस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो ।

नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंक सहित चौथो स्थानमा छ । युएई ७ खेलमा समान ३ मा जित र ३ मा हार सहित ७ अंक जोड्दै पाँचौं स्थानमा छ । एक खेल रद्ध हुन पुगेको थियो । नेपाल ४ खेलमा २ मा जित र २ मा हार सहित ४ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ८ खेलमानै हारका साथ अंक विहिन हुँदै पुछारमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.