4 years ago
August 27, 2021
एजेन्सी – नेदरल्यान्ड्सकी मध्य गतिकी बलर फ्रेडरिक ओवरडाइकले नेपाली स्पिनर अञ्जली चन्दको टि२० आई क्रिकेटको सर्वोत्कृष्ट प्रदर्शनको विश्व कीर्तिमान तोडेकी छिन् ।

बिहिबार आइसिसी वुमन्स टि२० विश्वकप युरोप रिजन छनोटको खेलमा फ्रान्सविरुद्ध ७ विकेट लिँदै उनले नयाँ इतिहास रचेकी छिन् । फ्रेडरिक टि२० आई क्रिकेट इतिहासमा ७ विकेट लिने पहिलो बलर बनेकी छिन् । यसअघि महिला र पुरुष दुबै टि२० आई इतिहासमा एकै खेलमा सर्वाधिक विकेट ६ थियो ।
फ्रान्सलाई ३३ रनमा अल आउट गर्न २१ वर्षिय फ्रेडरिकले ४ ओभरमा २ मेडन सहित ३ रन खर्चेर ७ विकेट लिएकी छिन् । जुन टि२० आई महिला र पुरुष दुबै क्रिकेटको एकै खेलमा सर्वोत्कृष्ट प्रदर्शन हो । फ्रान्सका पाँच खेलाडीले खाता खोल्न सकेनन् । कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । उक्त लक्ष्य नेदरल्यान्ड्सले ३.३ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो ।

यसअघि २०१९ डिसेम्बरमा अन्जलीले २.१ ओभरमा एक ह्याट्रिक सहित कुनै रन नदिई ६ विकेट लिएकी थिइन् । पुरुष क्रिकेटको टि२० आईमा उत्कृष्ट प्रदर्शन भारतीय तीव्र गतिका बलर दीपक चाहरको नाममा छ । चाहरले २०१९ बंगलादेशविरुद्ध ३.२ ओभरमा ७ रन खर्चेर ६ विकेट लिएका थिए ।
घरेलु टि२० खेलमा २०१९ मा कोलिन एकरमनले इंग्ल्यान्डको चर्चित टि२० प्रतियोगिता टि२० ब्लास्टमा लिसेस्टरशायरबाट बर्मिंघम बिअर्सविरुद्ध ४ ओभरमा १८ रन खर्चेर ७ विकेट लिएका थिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]