default_image

3 years ago

August 30, 2021

ह्वाटमोरले देखाएको आशाको निराशाजनक अन्त्य

भुपेन्द्र जिसी, काठमाडौं अष्ट्रेलियन प्रशिक्षक डेभ ह्वाटमोर नेपाली क्रिकेटले पाएको हालसम्मकै उच्च स्तरका प्रशिक्षक थिए । गत माघमा नेपाल आएका ह्वाटमोरले शुक्रबार राजीनामा दिएसँगै नेपाली क्रिकेट वृत आश्चर्यमा छ । वैशाखमा नेपालले ह्वाटमोरको प्रशिक्षकमा नेदरल्यान्ड्स र मलेसियाविरुद्ध त्रिकोणात्मक सिरिजमा सानदार प्रदर्शनका साथ उपाधि जितेको थियो । त्रिकोणात्मक सिरिजमा नेपालले अन्तिम तीन खेलमा लगातार दुई सय माथिको योगफल बनाएको थियो । नेपालले फाइनलमा […]

68 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

अष्ट्रेलियन प्रशिक्षक डेभ ह्वाटमोर नेपाली क्रिकेटले पाएको हालसम्मकै उच्च स्तरका प्रशिक्षक थिए । गत माघमा नेपाल आएका ह्वाटमोरले शुक्रबार राजीनामा दिएसँगै नेपाली क्रिकेट वृत आश्चर्यमा छ ।

वैशाखमा नेपालले ह्वाटमोरको प्रशिक्षकमा नेदरल्यान्ड्स र मलेसियाविरुद्ध त्रिकोणात्मक सिरिजमा सानदार प्रदर्शनका साथ उपाधि जितेको थियो । त्रिकोणात्मक सिरिजमा नेपालले अन्तिम तीन खेलमा लगातार दुई सय माथिको योगफल बनाएको थियो । नेपालले फाइनलमा नेदरल्यान्ड्सविरुद्ध २ सय ३८ रन जोड्दै टि२० आई इतिहासकै सर्वाधिक ठूलो योगफल थियो ।

सट छनोट, डट बलमा कमी, आक्रामक ब्याटिङ, कमजोर ब्याटिङ सुधार, टिम सन्तुलन र उच्च मनोबलले नेपाली क्रिकेटमा नयाँ आशाको दियो बलेको थियो । अर्कोतर्फ भद्रगोल ब्याटिङक्रम समस्या पनि सुधार देख्न सकिन्थ्यो । नेपाली क्रिकेटमा पछिल्लो समय सर्वाधिक कमजोर र अस्थिर ओपनिङ जोडि ह्वाटमोरको पहिलो प्रयासमै समाधानको संकेत देखिएको थियो ।

ओपनर आशिफ शेख र कुशल भुर्तेलले सुरुवाती दुई खेलमा लगातार शतकीय साझेदारीका साथ विश्व कीर्तिमान राखेका थिए । कुशलले खेलेका पाँच मध्य चार खेलमा अर्धशतक बनाए । डेब्यूमै लगातार तीन अर्धशतक प्रहार गर्ने विश्वकै पहिलो खेलाडी पनि बनेका थिए । शीर्ष, मध्य र तल्लोक्रमका सबै ब्याट्सम्यानले राम्रो ब्याटिङ गरेका थिए । उत्कृष्ट प्रदर्शनको श्रेय खेलाडीले ह्वाटमोरलाई नै दिएका थिए ।

घरेलु मैदानमा नेपालको प्रदर्शन गज्जब थियो । ब्याटिङ अपेक्षा भन्दा उत्कृष्ट । त्यो उनको सुरुवात थियो । टियु घरेलु मैदान हुँदा खेलाडीलाई धेरै सहज पनि भयो । त्यसभन्दा अघि दुई घरेलु प्रतियोगिता प्रधानमन्त्री कप र काठमाडौं मेयर्स कपले खेलाडी निखारिएका थिए । अर्कोतर्फ विपक्षी टोली नेपालभन्दा केहि कमजोर थिए । मलेसिया नेपाल भन्दा विश्व स्तरमा धेरै कमजोर मानिन्छ । नेदरल्यान्ड्सले आफ्नो पहिलो रोजाईका खेलाडी पठाएको थिएन । टियुको पिच ब्याटिङ सहयोगी बन्दा धेरै सहज बनेको थियो ।

वैशाखमा भएको त्रिकोणात्मक सिरिज ह्वाटमोरलाई नेपाली खेलाडीको कमजोरी, सम्भावना, प्रतीभा र समर्थकको माया पहिल्याउने अवसर थियो । ओमान भ्रमणमा उनको असली परीक्षाको रुपमा हेरिएको थियो । विदेशमा उनको प्रशिक्षकमा नेपालको प्रदर्शन कस्तो हुन्छ धेरैका लागि चाखलाग्दो विषय थियो । तर ह्वाटमोरले ओमान भ्रमण लगत्तै लागु हुनेगरी राजीनामा दिएका छन् ।

नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग खेल्नु अघि पपुवा न्युगिनीसँग दुई अ‍ेडिआई खेल्नेछ । ह्वाटमोरको प्रशिक्षकमा टि२०मा सानदार प्रर्दशन गरेको नेपालले ओडिआईमा कुन प्रभाव छाड्छ हेर्न धेरै आतुर थिए ।

पपुवा न्युगिनी (पीएनजी) नेपालकै स्तरको टोली हो । पहिलो पटक टि२० विश्वकप खेल्न लागेको पिएनजी मनोबल उच्च छ । मनोबलले खेलमा ठूलो प्रभाव पार्छ । पीएनजी नेपाललाई स्तब्ध पार्दै उच्च मनोबलका साथ स्कटल्यान्ड र ओमानसँग त्रिकोणात्मक सिरिज खेल्ने सोचमा छ ।
ओमानले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई लगातार निराश बनाउँदै आएको छ ।

पाकिस्तानी मूलका खेलाडीको बाहुल्यता भएको ओमान प्रमुख चुनौतीको रुपमा रहने छ । ओमानले गतवर्ष दुवै खेलमा नेपालको भूमिमानै सहज जित निकालेको थियो । दोस्रो खेलमा नेपालले २ सय ४९ रनको योगफल पनि बचाउन सकेको थिएन । पछिल्लो डेढ वर्षमा नेपाली टोलीमा धेरै परिवर्तन आएको छ । खेलाडी फेरिएका छन् । ब्याटिङमा सुधार देखिएको छ । खेलाडीको उर्जा र मनोबल फेरिएको छ ।

परम्परागत ब्याटिङ समस्या नेपालको हारको प्रमुख कारण मानिन्छ । त्रिकोणात्मक सिरिजमा त्यसलाई गलत सावित गर्दै आफ्नो इतिहासकै एक उत्कृष्ट र यादगार ब्याटिङ गर्यो । दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध २ सय ६ रन बनाएपनि पराजित हुन पुगेको थियो । ओमान भ्रमणमा नेपालको आशा उच्च थियो । ह्वाटमोरको राजीनामाले खेलाडीको मनोबलमा असर पर्ने चिन्ता थपिएको छ ।

ह्वाटमोरले राजीनामा कारण कोरोना महामारीको समयमा परिवारबाट बस्न कठिन भएको बताएका छन् । तर त्यो नेपाल छाड्ने बाहना देखिन्छ । उनले भारतको बरोडा क्रिकेट टोलीसँग सम्झौता गरिसकेको भारतीय सञ्चार माध्यमले बताउँदै आएका छन् । उनी ओमान भ्रमणपछि भारतीय घरेलु प्रतियोगिता रणजी र शैद मुश्ताक अली सम्हाल्ने गरि बरोडासँग जोडिने तयारीमा छन् ।

सन् १९९६ मा उनको प्रशिक्षकमा श्रीलंकाले विश्वकप उपाधि जितेको थियो । उनको सम्झौता डिसेम्बरमा सकिने छ । ओमान भ्रमणपछि राजीनामा बुझाएको भए कम्तिमा खेलाडीको मनोबल र प्रदर्शनमा असर पर्ने चिन्ता हुने थिएन ह्वाटमोरले २०२० मा बरोडासँग सम्झौता गरेका थिए । तर भिसा कारण उनी त्यहाँ जान पाएका थिएनन् । एकवर्ष खाली हुने भएपछि नेपाल आएका थिए ।

पछिल्ला दुवै अवसरमा नेपालका प्रशिक्षकले प्रतियोगिताको मुखमै राजीनामा दिए । भारतीय प्रशिक्षक उमेश पटवालले २०२० फेब्रुअरीमा ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज सुरु हुनुभन्दा केहि दिन अघि राजीनामा दिएका थिए ।

ह्वाटमोर कोरोना महामारीको कारण धेरै समय नेपाली खेलाडीसँग भने रहन पाएनन् । तर पनि उनले धेरै परिवर्तनको सम्भावना देखाए । नेपाल ह्वाटमोरलाई कम्तिमा पनि २०२३ को विश्वकप लिग–२ को अन्तिम खेल सम्म राख्न चाहन्थ्यो । २०२२ को टि२० ग्लोबल छनोट नेपालले खेल्ने अबको प्रमुख प्रतियोगिता थियो ।

ह्वाटमोरले नेपालमा ८ महिना अवधिमा राम्रोसँग काम गर्ने अवसर नै पाएनन् । माघमा प्रधानमन्त्री कप र फागुनमा काठमाडौं मेयर्स कप प्रतियोगितामा खेलाडीको प्रदर्शन हेरेका थिए । त्यसपछि ओमान, कतार, स्पेन भ्रमण कोरोना कारण स्थगित भएको थियो । नेपालमा नामिबियासँग खेल्ने तयारी गरेको सिरिज पनि हुन सकेन । ह्वाटमोरले त्रिकोणात्मक टि२० सिरिज बाहेक अन्य कुनैपनि अन्तर्राष्ट्रिय खेल हेर्न पाएनन् । त्यसैले उनको प्रशिक्षण बारे धेरै समीक्षा गर्ने ठाउँ रहेन ।

नेपालबाट पहिलो तथा अन्तिम विदेश भ्रमणको रुपमा ओमान रहेका ह्वाटमोरको प्रशिक्षकमा कस्तो प्रदर्शन गर्छ त्यो हेर्न बाँकी छ । तर ह्वाटमोरले नेपाली क्रिकेटलाई धेरै आशा देखाएर अकस्मात निराश बनाएर जाने निर्णय लिएका छन् ।

यो पनि पढ्नुहोस् :

ह्वाटमोरले राजीनामा दिनुका पाँच कारण

‘ह्वाटमोरको परिवार नै नेपालमा राख्न तयार छौं ‘ – क्यान

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.