4 years ago
August 30, 2021
एजेन्सी – जिम्बावेका स्टार अलराउन्डर तथा टि२० कप्तान सिकन्दर राजाले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) विराटनगर वारियर्सबाट खेल्ने भएका छन् ।

विराटनगर वारियर्सले सोमबार सामाजिक संजालमार्फत पहिलो विदेशी खेलाडीको रुपमा राजाको नाम सार्वजनिक गरेको छ । राजा जिम्बावेका स्टार अलराउन्डर हुन् । उनले जिम्बावेबाट १७ टेस्ट, १ सय ५ ओडिआई, ४२ टि२० आई र १ सय १७ टि२० क्रिकेट खेलेका छन् ।
राजाले सन् २०१८ को एकदिवसिय ग्लोबल विश्वकप छनोटमा नेपालविरुद्ध ६६ बलमा ६ चौका र ९ छक्का सहित १ सय २३ रनको आक्रामक शतकीय इनिङ खेलेका थिए । राजाले पछिल्लो समय टि२० टोलीको कप्तानी गर्दै आएका छन् ।
यसअघि २०१८ मा राजा इपिएलमा काठमाडौं किंग्स–११ मा अनुबन्ध भएपनि व्यक्तिगत कारण खेल्न आएका थिएनन् । ३५ वर्षिय सिकन्दर तल्लोक्रममा आक्रमक ब्याटिङ गर्नुको साथै स्पिन बलिङ गर्ने गर्दछन् । राजाले टि२० खेलमा १२ अर्धशतकका साथ २ हजार ७५ रन बनाएका छन् । ४४ विकेट हात पारेका छन् ।
उनले टेस्टमा १ शतक, ८ अर्धशतक सहित कुल १ हजर ८ सय ८७ रन बनाएका छन् । टेस्टमा ३४ विकेट लिएका छन् । उनले ओडिआईमा ३ शतक र १७ अर्धशतक सहित कुल २ हजार ९ सय ४३ रन बनाउनुको साथै ६२ विकेट लिएका छन् ।

इपिएल असोज ९ देखि २३ सम्म टियु मैदानमा हुँदै छ । फ्रेन्चाइज टोलीले तीव्र रुपमा तयारी अगाडि बढाएका छन् । २०१७ अर्थात दोस्रो संस्करणको उपाधि विराटनगर वारियर्सले जितेको थियो । विराटनगरले फाइनलमा भैरहवा ग्ल्याडियटर्सलाई एक रनले हराउँदै उपाधि जितेको थियो । उक्त खेलमा पारस खड्का प्लेयर अफ द म्याच चुनिएका थिए ।
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका पारसले इपिएल खेल्ने वा नखेल्ने अनिश्चित छ । विराटनगरबाट सौरभ खनाल, अनिल खरेल, सुमित महर्जन, करण केसी, हरि चौहान, अनिल कुमार शाह, आसिफ शेख, वसन्त रेग्मी, प्रतिश जिसी लगायतका खेलाडी छन् ।
चितवनले अफगानिस्तानका मोहम्मद शाहजाद, पाकिस्तानका दीनेश आजिज, मलेसिया विरनदीपसिंह र श्रीलंका सिक्कुगे प्रसन्नाको नाम सार्वजनिक गरि सकेको छ । काठमाडौंले पाकिस्तानका शाहिद अफ्रिदीको नाम सार्वजनिक गरेको छ । भैरहवाले श्रीलंका दीनेश चान्डिमलको नाम सार्वजनिक गरेको छ । ललितपुरले इंग्ल्यान्डका एलेक्स ब्लेकको नाम सार्वजनिक गरेको छ । पोखरा राइनोजले भने कुनैपनि विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छैन ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]