4 years ago
August 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान सन्दीप रजाली र बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी.ले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) विराटनगर वारियर्सबाट खेल्ने भएका छन् ।

शुक्रबार काठमाडौंमा भएको अक्सनमा विराटनगरले प्रतिश र सन्दीप रजालीलाई टोलीमा अनुबन्ध गरेको हो । कारोना महामारीको कारण टोलीमा एक एक जना खेलाडी सङ्ख्या बढाइएको छ । सन्दीप महँगो मूल्यमा अनुबन्ध भएका हुन् । विराटनगरले १ लाख ६० हजार खर्चेर उनलाई अनुबन्ध गरेको हो ।
उनी काठमाडौं किंग्स–११ का गुलशन झा पछि सर्वाधिक महँगो मूल्यमा अनुबन्ध भएका थिए । गुलशनलाई २ लाखमा लक्की ड्र मार्फत काठमाडौंले अनुबन्ध गरेको थियो । सन्दीपलाई टोलीमा अनुबन्ध गर्न सबै टोली इच्छुक देखिएपछि महँगो मूल्य पाएका थिए ।

प्रतिशलाई विराटनगरले न्यूनतम मूल्य ५० हजारमा अनुबन्ध गरेको थियो । नेपालका लागि यू१९ खेलि सकेका प्रतिश तीव्र गतिसँगै तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । सन्दीप रजालीले २०१८ को इपिएल काठमाडौं किंग्स–११ बाट एक खेल खेल्दै राम्रो प्रभाव छाडेका थिए । लुम्बिनी प्रदेशका प्रमुख ब्याट्सम्यान सन्दीपले पछिल्लो पटक भएको प्रधानमन्त्री कप र काठमाडौं मेयर्स कपमा राम्रो ब्याटिङ गरेका थिए ।
प्रधानमन्त्री कपमा सन्दीपले प्रदेश २ विरुद्ध ८३ र नेपाल पुलिस क्लबविरुद्ध ४० रन जोडेका थिए । मेयर्स कपमा आर्मीविरुद्ध ३७, बागमतीविरुद्ध ३३, र एपिएफविरुद्ध ४८ रन जोडेका थिए । सन्दीपले पोखरा प्रिमियर लिग धनगढी एक्स्पर्ट्सबाट खेल्ने गर्दछन् ।

प्रतिशले भने पछिल्लो समयको प्रधानमन्त्री कप खेलेका थिएनन् । यसअघिका दुई संस्करणका प्रधानमन्त्री कप बागमती प्रदेशबाट खेलेका थिए । नेपालको यू१९ र यू१६ दुबै खेलका बायाँ हाते बलर प्रतिश पछिल्लो समय सिनियर टोलीको नेट बलरको रुपमा रहँदै आएका छन् । प्रतिश पहिलो पटक फ्रेन्चाइज लिगमा अनुबन्ध भएका हुन् । यसअघि ट्यालेन्ट हन्टबाट २०१७ को इपिएलमा ललितपुर प्याट्रियट्ससँग जोडिएका थिए ।
विराटनगरले पहिलो विदेशी खेलाडीको रुपमा जिम्बावेका कप्तान सिकन्दर राजालाई अनुबन्ध गरेको छ । २०१७ को इपिएल च्याम्पियन विराटनगरमा कप्तान पारस खड्का खेल्ने वा नखेल्ने निश्चित भएको छैन । विराटनगरबाट सौरभ खनाल, अनिल खरेल, सुमित महर्जन, करण केसी, हरि चौहान, अनिल कुमार शाह, आसिफ शेख र वसन्त रेग्मी लगायतका खेलाडी छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]