default_image

4 years ago

August 30, 2021

देव र राजेशले चितवनबाट इपिएल खेल्ने

399 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशका युवा ब्याट्सम्यान देव खनालले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) चितवन टाइगर्सबाट खेल्ने भएका छन् ।

चितवनले देव खनाल र नेपाली क्रिकेट टोलीका अलराउन्डर राजेश पुलामी मगरलाई न्यूनतम मूल्य ५० हजार रुपैयाँमा अनुबन्ध गरेको हो । देव पहिलो पटक फ्रेन्चाइज लिगमा अनुबन्ध भएका हुन् । गत माघमा भएको प्रधानमन्त्री कपमा उनको ब्याटिङको क्लासले धेरैलाई प्रभावित पारेको थियो ।

लुम्बिनी प्रदेश प्रधानमन्त्री कपमा समूह चरणबाटै बाहिरिएपनि देव खनालले आफ्नो उत्कृष्ट प्रभाव छोड्दै फर्किएका थिए । रुपन्देहीका २० वर्षिय युवा ब्याट्सम्यान देवको प्रर्दशनसँगै खेल्ने शैली, आकर्षण सटले धेरैलाई प्रभाव पारेको थियो । ६ फिट अग्ला उनको खेल्ने शैली गज्जव छ । उनको कभरड्राइभले विश्वका चर्चित ब्याट्सम्यानको झल्को दिने गर्दछ ।

‘इपिएल नेपालको ठूलो लिग हो । इपिएल खेल्ने सपना पूरा हुँदै छ । टोलीमा खेल्न पाइयो भने जसरी भएपनि राम्रो गर्ने सोच छ’, देवले हाम्रो खेलकुदसँग भने । ‘चितवनले टोलीमा मलाई लिएको छ । मैले पनि चितवनलाई केहि गर्नु छ । विदेशी खेलाडीहरुसँग धेरै कुराहरु सिक्न पाइन्छ । इपिएल खेल्न निकै उत्साहित छुँ’, उनले भने ।

त्यस्तै नेपाली टोलीमा पूनरागमन गर्न संघर्षरथ अलराउन्डर राजेश पुलामी मगरले पनि प्रधानमन्त्री कप प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । आर्मी प्रतियोगिता च्याम्पियन बन्दा उनको अलराउन्ड योगदान थियो । राजेशलाई पोखरा राइनोजले गतवर्ष टोलीबाट फुकुवा गरेको थियो । राजेश मध्यक्रममा ब्याटिङसँगै लेगस्पिन बलिङ गर्ने गर्दछन् ।

चितवनले विदेशी खेलाडीको रुपमा अफगानिस्तानका विष्फोटक ब्याट्सम्यान मोहम्मद शाहजाद, पाकिस्तानका अलराउन्डर दानिस अजिज, मलेसिया चर्चित युवा ब्याट्सम्यान विरनदीप सिंह र श्रीलंका अलराउन्डर सिक्कुगे प्रसन्नालाई टोलीमा अनुबन्ध गरेको छ ।

राजेश पुलामी मगर

सोमपाल कामीको कप्तानीमा रहेको चितवनमा दिलिप नाथ, सन्दीप सुनार, साहब आलम, कमल सिंह ऐरी, भीम सार्की, सागर ढकाल, आदिल खान, ईशान पाण्डे, खडक बोहरा स्वदेशी खेलाडी रहेका छन् । इपिएल आगमी असोज ९ देखि २३ सम्म टियु मैदानमा हुने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.