4 years ago
September 2, 2021
एजेन्सी – इंग्ल्यान्डका कप्तान जो रुटले अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्लो समय उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । रुट यस वर्ष आफ्नो टेस्ट करिअरकै उत्कृष्ट लयमा छन् । निरन्तर उत्कृष्ट प्रदर्शन रुट गरेका ६ वर्षपछि टेस्ट वरीयताको शीर्षस्थानमा उक्लिएका छन् ।

इंग्ल्यान्ड र भारतबीचको पाँच टेस्ट सिरिज अन्तर्गत सुरुवाती तीन खेल सकिएका छन् । रुटले तीनै खेलमा शतक प्रहार गरेका छन् । रुटले पहिलो टेस्टको दोस्रो इनिङमा १ सय ९ रनको उत्कृष्ट शतकीय इनिङ खेल्दै इंग्ल्यान्डलाई हारबाट बचाएका थिए । उक्त खेलको पहिलो इनिङमा ६४ रन जोडेका थिए ।
रुटले दोस्रो खेलमा लर्ड्समा १ सय ८० रनको सानदार अविजित शतकीय इनिङ खेलेका थिए । तर अर्को तर्फबाट रुटले साथ नपाउँदा इंग्ल्यान्ड १ सय ५१ रनको फराकिलो अन्तरले पराजित भएको थियो । इंग्ल्यान्डलाई ७६ रनको इनिङ अन्तरको जित दिलाउन रुटले तेस्रो खेलमा १ सय २१ रनको शतकीय इनिङ खेलेका थिए ।
पछिल्लो समय रुटमाथि टेस्टमा ब्याटिङको भार रहँदै आएको छ । रुटले अन्य ब्याट्सम्यानबाट राम्रो साथ भने पाउन सकेका छैनन् । निरन्तर दबाबमा रुटले लगातार रन जोडि रहेका छन् । उनको ब्याटिङ क्लास र लयसामू विपक्ष्य निराश बन्दै आएका छन् ।
यसअघि रुट अर्धशतक बनाएपछि विकेट गुमाउँदै आएका थिए । राम्रो सुरुवात दिएर पनि ठूलो इनिङमा बदल्न सकि रहेका थिएनन् । तर २०१९ पछि रुट टेस्ट क्रिकेटमा बढी केन्द्रित रहे । टि२० आई क्रिकेट र ओडिआई टिमबाट टाढा रहँदै टेस्टमै जोड दिएपछि ठूलो इनिङ खेल्दै आएका छन् ।

रुटले २०२१ मा मात्र ११ टेस्ट खेलमा ६ शतक र १ अर्धशतक सहित कुल १ हजार ३ सय ९८ रन बनाएका छन् । जसमा दुई दोहोरो शतक र चार शतक सामेल छन् । रुटले विश्वस्तरिय बलर र क्रिकेटको पावर हाउस भारतसामू एक दोहोरो शतक र तीन शतक प्रहार गरेका छन् । यसअघि रुटले जवनरीमा श्रीलंकाविरुद्ध उसकै घरेलु मैदान गालेमा २ सय २८ रनको दोहोरो शतकीय इनिङ खेलेका थिए । लगत्तै अर्को खेलमा रुटले श्रीलंकाविरुद्ध १ सय ८६ रनको शतकीय इनिङ खेलेका थिए ।
रुटले चेन्नईमा भारतविरुद्ध २ सय १८ रनको दोहोरो शतकीय इनिङ खेलेका थिए । त्यसपछि भारतसँग बाँकी तीन टेस्ट र न्युजिल्यान्डसँग दुई टेस्ट खेलमा ठूलो योगफल बनाउन सकेका थिएनन् । टेस्ट क्रिकेटमा एकै वर्षमा सर्वाधिक रन पाकिस्तानका पूर्व कप्तान मोहम्मद युसुफले २००६ मा मात्र ११ खेलमा ९ शतक र ३ अर्धशतक सहित १ हजार ७ सय ८८ रन बनाएका थिए । युसुफमै टेस्टमा एकै वर्षमा सर्वाधिक ९ शतक प्रहार गर्ने खेलाडी हुन् । रुटले जुन यी दुई विश्व कीर्तिमान तोड्न सक्छन् ।
२०१९ मा इंग्ल्यान्डलाई पहिलो पटक एकदिवसिय विश्वकप उपाधि जिताउन रुटको प्रदर्शन निकै महत्त्वपूर्ण थियो । तर रुट आगमी अक्टोबर नोभेम्बरमा यूएई र ओमानमा हुने टि२० विश्वकप नखेल्ने निश्चित जस्तै छ । २०१९ पछि रुट इंग्ल्यान्डको टि२० टोलीमा छैनन् । उनको स्थानमा डेविड मलान खेल्दै आएका छन् । लियाम लिभिङस्टोनले पनि उत्कृष्ट प्रर्दशन गरि रहेका छन् ।

रुटले टेस्टमा २०१२ मा भारतविरुद्धनै नागपुरमा डेब्यू गरेका थिए । रुटले २०१६ मा १७ टेस्ट खेलमा ३ शतक र १० अर्धशतक सहित कुल १ हजार ४ सय ७७ रन बनाएका थिए । इंग्ल्यान्डबाट टेस्ट क्रिकेटमा एकै वर्ष सर्वाधिक धेरै रन बनाउने कीर्तिमान माइकल पाउल वाघनको नाममा छ । उनले २००२ मा १४ खेलमा ६ शतक र २ अर्धशतक सहित १ हजार ४ सय ८१ रन बनाएका छन् ।
रुटले टेस्टमा कुल २३ शतक प्रहार गरेका छन् । ६ शतक यो वर्षमा मात्रै छ । पाँच दोहोरो शतक मध्य दुई यो वर्ष छ । रुट अहिले जुन प्रदर्शन गरि रहेका छन् त्यो उनको टेस्ट करीअरकै उत्कृष्ट लयमा रहेको देखिन्छ । उता भारतीय कप्तान विराट कोहली भने दुई वर्षदेखि शतक विहिन छन् । चौथो टेस्ट विहिबार देखि द ओभलमा सुरु हुने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]