default_image

4 years ago

August 31, 2021

टियुमा ७ छक्का हानेका भुटानी खेलाडी इपिएल खेल्ने

268 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भुटान क्रिकेट टोलीका युवा ब्याट्सम्यान रञ्जंग मिक्यो दोर्जीले आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग(इपिएल) खेल्ने भएका छन् । दोर्जीलाई ज्ञानेन्द्र मल्ल कप्तान रहेको ललितपुर प्याट्रियटर्सले टोलीमा अनुबन्ध गरेको हो ।

उनले २०१९ को १३ औं दक्षिक्षण एसियाली खेलकुद (साग) मा नेपालविरुद्ध टि२० आईमा डेब्यू गर्दै २७ रन बनाएका थिए । उक्त खेलमा दोर्जीले ललितनारायण राजवंशीलाई दुई, पवन सरार्फ र सुशन भारीलाई एक एक छक्का प्रहार गरेका थिए । टियुमै श्रीलंका यू२३ विरुद्ध उनले १५ बलमा ३ छक्का सहित २२ रन जोडेका थिए ।

‘साविक विजेता ललितपुरबाट इपिएल खेल्न निकै उत्साहित छु । मलाई अवसर दिएकोम धन्यावाद । नेपाली समर्थक सामू पुन खेल्न पाउँदा एकदमै खुसी र गर्व महसुस भएको छ’ , दोर्जीले भने ।

उनी आक्रामक ब्याटिङ गर्न रुचाउँछन् । भुटानबाट विदेशी लिग खेल्ने उनी पहिलो खेलाडी पनि बनेका छन् । दोर्जी भुटानका प्रमुख खेलाडी समेत हुन् । ललितपुरले पहिलो विदेशी खेलाडीको रुपमा श्रीलंका एलेक्स ब्लेकको नाम सार्वजनिक गरेको थियो । उनी भुटान क्रिकेटलाई नयाँ स्तरमा पुर्याउन सक्ने क्षमता भएका खेलाडी हुन् ।

साविक विजेता ललितपुरमा ज्ञानेन्द्र मल्ल, सन्दीप जोरा, पवन सरार्फ, कुशल भुर्तेल, सोनु तामाङ र योगेन्द्रसिंह कार्की लगायतका खेलाडी छन् । ट्यालेन्ट हन्टबाट बिभत्सु थापा र अरियो पौडेल छानिएका थिए । इपिएल असोज ९ देखि २३ सम्म टियुमा हुने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.