default_image

4 years ago

September 1, 2021

रुट विश्व वरीयताको शीर्षस्थानमा

222 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका कप्तान जो रुट अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टेस्ट वरीयता शीर्षस्थानमा उक्लिएका छन् । रुट ६ वर्षपछि टेस्टको शीर्षस्थानमा फर्किएका हुन् ।

रुटले न्युजिल्यान्डका कप्तान केन विलियम्सनलाई पछि पार्दै ६ वर्षपछि टेस्टमा शीर्ष स्थानमा फर्किएका हुन् । पछिल्लो एक वर्ष उत्कृष्ट प्रदर्शन गर्दै आएका रुट ९ सय १६ रेटिङ अंकका साथ शीर्षस्थानमा छन् । रुटको करीअरको उत्कृष्ट रेटिङ अंक २०१५ मा ९ सय १७ रहेको थियो ।

विलियम्सन ९ सय १ रेटिङ अंकका साथ दोस्रो स्थानमा छन् । अष्ट्रेलिया ब्याट्सम्यान स्टिभ स्मिथ तेस्रो र मार्नस लाबुसेन चौथो स्थानमा छन् । रोहित शर्मा पाँचौ स्थानमा उक्लिएका छन् । भारतीय कप्तान विराट कोहली भने एक स्थान खस्किदै छैटौं स्थानमा पुगेका छन् ।

पाकिस्तानका कप्तान बाबर आजम सातौं स्थानमा रहँदा अष्ट्रेलिया ओपनर डेविड वार्नर आठौं, दक्षिण अफ्रिका क्विन्टन डि कक नवौं र न्युजिल्यन्डका हेनरी निकोलस १० औं स्थानमा छन् । टेस्टको बलिङतर्फ अष्ट्रेलिया तीव्र गतिका बलर प्याट कमिन्स शीर्षस्थानमा यथावत छन् ।

इंग्ल्यान्डका सर्वाधिक सफल तीव्र गतिका बलर जेम्श एन्डरसन पाँचौं स्थानमा उक्लिएका छन् । भारतका तीव्र गतिका बलर जस्प्रित बुमराह दशौं स्थानमा छन् । अलराउन्डर तर्फ वेस्टइन्डिजका जेसन होल्डर शीर्ष स्थानमा छन् ।

रुटले भारतसँग तीन खेलमा लगातार शतक प्रहार गरेपछि शीर्ष स्थानमा उक्लिएका हुन् । पाँच टेस्ट सिरिज अन्तर्गत रुटले पहिलो टेस्टको दोस्रो इनिङमा १ सय ९ रनको इनिङ खेलेका थिए । दोस्रो टेस्टको पहिलो इनिङमा १ सय ८० र तेस्रो टेस्टको पहिलो इनिङमा १ सय २१ रनको शतकीय इनिङ खेलेका थिए । रुटले यो वर्ष ११ टेस्ट खेल्दा कुल ६ शतक सहित १ हजार ३ सय ९८ रन बनाएका छन् । जसमा श्रीलंका र भारतविरुद्ध दुई दोहोरो शतक पनि छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.