default_image

4 years ago

September 1, 2021

न्युजिल्यान्ड ६० रनमा अल आउट

150 views

0 Bookmark

एजेन्सी – बंगलादेशसँगको पाँच टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा न्युजिल्यान्ड ६० रनमा अल आउट भएको छ । शेरे बंगला राष्ट्रिय स्टेडियम ढाकामा टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्ड १६.५ ओभरमा ६० रनमा अल आउट भएको हो ।

दोस्रो रोजाईका खेलाडी सम्मिलित न्युजिल्यान्डका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान टम लाथम र हेनरी निकोलसले सर्वाधिक १८–१८ रन बनाए ।

खराब सुरुवात गर्नेक्रममा एक समय ४ ओभरमा ९–४ को कमजोर अवस्थामा पुगेको न्युजिल्यान्डलाई पाँचौं विकेटका लागि लाथम र निकोलसले ४१ बलमा ३४ रनको साझेदारी गर्दै इनिङ उकास्न खोजेका थिए । तर लाथम क्याच आउट भएसँगै न्युजिल्यान्डले लगातार विकेट गुमाउँदै आफ्नो टि२० आई इतिहासकै कम योगफल बराबर गरेको हो ।

न्युजिल्यान्डका ओपनर टम ब्लन्डेल २, रचिन रभिन्द्र शून्य, विल योंग ५, कोलिन डि ग्रान्डहोम १, अजाज पटेल ३ र डग ब्रेसवेल ५ रनमा आउट भए ।

बंगलादेशका तीव्र गतिका बलर मुश्ताफिजुर रहमानले २.५ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । नासुम अहमद, मोहम्मद सैफुद्दिन र सकिब अल हसनले २–२ विकेट लिए । माहेदी हसनले एक विकेट लिए । यसअघि टि२० आईमा २०१४ मा श्रीलंकाविरुद्ध न्युजिल्यान्ड ६० रनमै अल आउट भएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.