default_image

4 years ago

September 1, 2021

चितवनमा भारतीय प्रशिक्षक, प्रभु पे प्रमुख प्रायोजक

235 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) को फ्रेन्चाइज टोली चितवन टाइगर्सले आफ्नो प्रमुख प्रायोजक, प्रशिक्षक र विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ ।

चितवनले बुधबार एक कार्यक्रम गर्दै दिल्लीका पूर्वक्रिकेटर पुरु सिंहलाई सहायक प्रशिक्षक र टिम व्यवस्थापकको जिम्मेवारी दिएको जनाएको छ । पूरु सिंह लेभल टु गरेका प्रशिक्षक हुन् । प्रभु पे चितवनको मुख्य प्रायोजकको रहने छ । चितवनले आफ्नो पाँचै विदेशी खेलाडीको रुपमा अफगानिस्तानका तीव्र गतिका बलर करिम जन्नतलाई भित्र्याएको हो ।

चितवनको प्रमुख प्रशिक्षकमा सामसन जंग थापा रहने भएका छन् । टिम मेन्टर तथा सहयाक प्रशिक्षकको रुपमा पुरनेन्दु घोष रहेका छन् । चितवन टाइगर्सको मुख्य संस्था आइडीएस ग्रुप र सिल्क ग्रुपले बुधबार संयुक्त रुपमा आइडिएस सिल्क स्पोर्ट्स प्राइभेट लिमिटेडको सुरुवात गरेका छन् । आइडीएसका प्रमुख किशोर भट्टाई र सिल्क ग्रुपका प्रमुख रमेश शेर्पा र प्रभु व्यवस्थापनका कुसुम लामाले आइडीएस सिल्क प्रा.लिको सुरुवात गरेका हुन् । इपिएल असोज ९ देखि २३ सम्म टियु मैदानमा सुरु हुने छ ।


चितवनको टोली :

सोमपाल कामी (कप्तान), ललितसिंह भण्डारी, दीलिप नाथ, सन्दीप सुनार, साहब आलम, कमल सिंह ऐरी, भीम सार्की, सागर ढकाल, आदिल खान, ईशान पाण्डे, खडक बोहरा, गौतम केसी, हसिम अन्सारी, राजेश पुलामी मगर, देवराज खनाल, शेकेगु प्रशन्न (श्रीलंका), मोहम्मद शाहजाद (अफगानिस्तान), करिम जन्नत (अफगानिस्तान), दासिन अजिज ( पाकिस्तान), विरनदीपसिंह (मलेसिया) ।


प्रमुख प्रशिक्षक : सामसन जंग थापा

टिम व्यवस्थाप तथा सहायक प्रशिक्षक : पुरु सिंह

टिम मेन्टर तथा सहायक प्रशिक्षक : पुरनेन्दु घोष

टिम चिकित्सक : प्रकाश पौडेल

फिजियोथेरापिष्ट : सौगत श्रेष्ठ

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.